AnonymousUser

Logout

रुकुम पश्चिमका २० हजार लाभग्राहीलाई अस्थायी आवास बनाउन पहिलो किस्ता

जिल्लाका छवटै स्थायीय तहका पीडितलाई पहिलो किस्ताबापत २५ हजारका दरले रकम प्रदान गरिएको छ।

पश्चिमी वायुको प्रभाव, गण्डकी र कोशीमा हिमपातको सम्भावना

हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा आंशिक बदली रहेको छ। साथै तराईका विभिन्न स्थानमा हुस्सु र कुहिरो लागेको छ।

प्रधानमन्त्रीसँग बालकुमारी घटनाका पीडित परिवारको भेट, दोषीलाई कारबाही गर्ने प्रतिबद्धता

प्रधानमन्त्री दाहालले बालकुमारी घटनालाई सरकारले गम्भीर रूपमा लिएको र प्रारम्भिक चरणमा दोषी देखिएकालाई निलम्बन गरिसकिएको पीडित पक्षलाई जानकारी गराएको उनको सचिवालयले जनाएको छ।

बालकुमारी घटना : गृहले ललितपुरका सीडीओ र प्रहरी प्रमुखलाई फिर्ता बोलायो

बालकुमारी घटनामा २ जनाको ज्यान गएपछि गृहमन्त्रीस्तरीय निर्णयबाट ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई मन्त्रालय र ललितपुर प्रहरी प्रमुखलाई प्रहरी प्रधान कार्यालय फर्काइएको गृह मन्त्रालयले जनाएको छ। 

बालकुमारीमा ज्यान गुमाएकाका परिवारलाई सरकारले १०/१० लाख राहत उपलब्ध गराउने

सरकारले बालकुमारी घटनामा ज्यान गुमाएकाका परिवारलाई जनही १०/१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ।

अत्यधिक चिसो बढेपछि बाँकेको जनजीवन प्रभावित

भेरी अस्पतालमा बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले बढेको अस्पतालका फिजिसियन डा. संकेत रिसालले बताए।

ठेकेदारको लापरबाहीले स्वास्थ्यचौकी भवन अलपत्र

भुइँतलाको पर्खालमा प्लाष्टर गरिसकिएको भवनको माथिल्लो तलामा भने पर्खाल नै निर्माण भएको छैन। २०७८ फागुनमा सक्नेगरी २०७७ मंसिरमा ठेक्का लागेको थियो। 

बालकुमारी घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन माग

भिड नियन्त्रण गर्न पानीको फोहोरा, रबरको गोली, अश्रु ग्याँसको विकल्प हुँदाहुँदै गोली प्रहार गर्नु सरकारको दमनपूर्ण कार्य भएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताएका छन्।

तराईमा बिहानैदेखि हुस्सु, उच्च पहाडमा हिमपातको सम्भावना

दिउँसो पनि पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णालीको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेछ। 

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर

अदालतले सजाय भने तोकिसकेको छैन। कैद, जरिबाना र क्षतिपूर्ति निर्धारण सोही इजलासमा हुने अर्को सुनुवाइबाट हुनेछ।

‘ईपीएस’ कार्यालयको खेलाँचीले निम्त्याएको बालकुमारी घटना

अदालतले गरेको अन्तरिम आदेशलाई ईपीएस कार्यालयले अपव्याख्या गरी रिट हालेकाहरूलाई मात्र फर्म भर्न दिने र अन्यलाई नदिने भनेपछि विद्यार्थी आन्दोलित भएका थिए। त्यही कारण बालकुमारीमा दुई युवकले ज्यान गुमाए। 

फागुन १ लाई 'जनयुद्ध दिवस' मान्ने र सार्वजनिक बिदा दिने सरकारको निर्णय सर्वोच्चद्वारा बदर

माओवादी नेतृत्वको गठबन्धन सरकारले गरेको फागुन १ गतेलाई 'जनयुद्ध दिवस' मान्ने र सार्वजनिक बिदा दिने निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ। 

बालकुमारी घटनाको छानबिन गर्न समिति गठन

समितिलाई सात दिनभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउने गरी जिम्मेवारी दिइएको छ । 

दूध किसानहरूको वक्यौता रकम तत्काल भुक्तानी गर्न सरकारलाई संसदीय समितिको निर्देशन

शुक्रबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले कृषि क्षेत्रमा लगानी बढाउन पनि सरकारलाई सचेत गराएको छ।

‘सीप बिल्डिङ’मा अनुत्तीर्ण भएका सबैलाई ईपीएस परीक्षामा सहभागी गराउन पाटन उच्च अदालतको आदेश

उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले सबैलाई आवेदन भर्न दिन र परीक्षा प्रक्रियामा सहभागी गराउन आदेश जारी गरेको हो।

बालकुमारी आन्दोलन अपडेट: मृत्यु हुनेको संख्या २ पुग्यो

पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको मृत्यु भएको प्रहरी प्रवक्ता कुवेर कडायतले बताए।

बालकुमारीमा प्रहरीको गोली लागेर एक जनाकाे मृत्यु, एकको उपचार हुँदै

मृत्यु हुनेमा दैलेखको महाबु गाउँपालिका ६ का २३ वर्षीय सुजन राउत रहेको ललितपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए।

बालकुमारीमा ईपीएस आन्दोलनकारीको प्रदर्शन, मन्त्री ज्वालाको गाडीमा आगजनी

प्रदर्शनमा उत्रिएका युवाहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले प्रयोग गरेको गाडीमा आगजनी गरेको ललितपुर प्रहरीले जानकारी दिएको छ। 

मैदानेका विद्यार्थीको पीडा: ३ घण्टा जंगलको बाटो छिचोलेर विद्यालय

रामेछापको लिखु तामाकोशी–२ मैदानेबाट सबैभन्दा नजिकको विद्यालय वडा कार्यालयसँगै रहेको चण्डेश्वरी मावि हो। गाउँबाट विद्यालय पुग्न साढे दुईदेखि तीन घण्टासम्म लाग्छ।

झापामा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

हात्तीको आक्रमणबाट शिवसताक्षी–११ दुधेका ४५ वर्षीय मेघराज राईको मृत्यु भएको छ। हात्तीले मध्यरातमा घर भत्काउन थालेपछि धपाउने क्रममा उनलाई आक्रमण गरेको थियो । 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।