AnonymousUser

Logout

ठगी अभियोगमा कुश्माका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

उनी कास्कीको सहकारी रजिस्ट्रारको कार्यालयमा सेवारत हुँदा एक करोड भन्दा धेरै रकम ठगी प्रकरणमा मुछिएका थिए।

८४ पूजाको खर्च कटाएर विद्यालयलाई ४ लाख सहयोग

म्याग्दीको मालिका गाउँपालिका–४ च्युरीबोटका घनमाया पुन र उनका परिवारले ८४ पूजामा हुने खर्च कटाएर गाउँको विद्यालयलाई चार लाख रुपैयाँ सहयोग गरेका छन्। 

नदी तर्न काठे पुलकै भर, शुल्क तिर्नुपर्ने बाध्यता

काठे पुलको भरमा रहेका लालझाडीवासी बर्खामा ट्युबमार्फत जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। पक्की पुल निर्माण गर्ने चर्चा वर्षौंदेखि चलेको भए पनि बन्ने सुरसार छैन।

कस्तो रहनेछ बुधबारको मौसम?

कोशी, बागमती र गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

फलाम उत्खनन गर्दै सरकार

उद्योगका लागि पूर्वी नवलपरासीको कावासोती र देवचुली नगरपालिकाको लोकाहा क्षेत्रमा जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाइसकिएको धौवादी फलाम कम्पनीका सीईओ डा. जनकबहादुर चन्दले बताए।

चीनका विश्वविद्यालयमा नेपाली पढिरहेका चिनियाँको नेपाल साइनो

चीनका विभिन्न विश्वविद्यालयबाट हरेक वर्ष चिनियाँ विद्यार्थीहरू एक सेमेस्टर नेपाली भाषा पढ्न नेपाल आउँछन्। यहाँ पढ्दा आफ्नो नाम नेपालीमै राख्छन्। उनीहरूका लागि हप्ताको दुई दिन मात्र कक्षा हुन्छ।

श्रीलंका टापु जोड्न सप्तकोशीमा ५ किलोमिटर लामो झोलुंगे पुल बनाइँदै

सुनसरीको बराहक्षेत्र–६ र ९ तथा उदयपुरको बेलका नगरपालिका–२ र ३ वडा श्रीलंका टापु क्षेत्रमा पर्दछ । उक्त क्षेत्र १४ किलोमिटर लम्बाइ र पाँच किलोमिटर चौडाइसम्म फैलिएको छ।

जाजरकोट भूकम्प: ११ हजार घर पुन:निर्माण

जाजरकोटमा पाँच हजार २०२, रुकुम पश्चिममा पाँच हजार ७९८, सल्यानमा १९३, बझाङमा १३ र बाजुरामा १३० घर निर्माण सम्पन्न भइसकेका छन्।

पोखरामा कारको ठक्करबाट २ जनाको मृत्यु

कारले ठक्कर दिँदा पोखरा–३ नदीपुरका २० वर्षीय ढोलन्द्र छन्त्याल र परिचय नखुलेका अर्का एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तराईमा बिहानैदेखि हुस्सु, पहाडी भूभागमा आंशिक बदली

देशभरको तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

२६४ स्थानमा बस बिसौनी बनाउँदै काठमाडौँ महानगर

कुन रुटको बस कहाँ आइपुग्यो र यात्रुले कति समय पर्खनुपर्छ बन्नेबारे समेत जानकारी लिन सकिने व्यवस्थासहित निर्माण गर्न लागिएको बस बिसौनीमा एक पटकमा तीन वटासम्म बस रोक्न मिल्ने काठमाडौँ महानगरको भनाइ छ।

‘घोल गाड्ने’ अपराधमा नेपालीः भारतमा ‘चौकीदार’को परिचय चोरमा बदलिँदै

पश्चिम नेपालको प्रमुख रोजगार गन्तव्य भारतमा नेपालीले सजिलै काम पाउने कारण उनीहरूले गरिदिने व्यक्तिगत सम्पत्तिको रखबारी पनि हो। केही नेपाली त्यहाँ चोरी–लुटपाटमा लागेकाले यो पहिचान नै संकटमा पर्दैछ।

भोजपुरका किसानले बेचे एक हजार ५०० मन चिराइतो

भोजपुरका टेम्केमैयुङ–१ तिम्मा र सुम्लिखाका १७ घरबाट मात्र एक करोड ६५ लाख रुपैयाँको चिराइतो उठाएको चिराइतो व्यवसायी संगम राईको भनाइ छ।

चिसोबाट बच्न सतर्कता अपनाउन मौसमविद्को अनुरोध

महाशाखाका मौसमविद् सरोज पुडासैनीले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि चिसो बढिरहेकाले आवश्यक सतर्ककता अपनाउन सबैमा अनुरोध गरे।

आरती साह मृत्यु घटनाः श्रीमान् मोतीबाबु पुनः पक्राउ

सर्वोच्च अदालतले गत मंसिर २० मा आरतीका श्रीमान् मोतीबाबुलाई पुनः पक्राउ गरी थुनामा पठाउन आदेश दिएको थियो।

बसको ठक्करले मोटरसाइकलमा सवार २ जनाको मृत्यु

घटनापछि मृतकका आफन्तले बसमा आगजानी गर्दै बीपी राजमार्ग अवरुद्ध पारेका छन्। 

बदलिएका बाटाघाटामा नबदलिएको जीविका (तस्वीरहरू)

दूरदराजसम्म सडकको पहुँच पुगेसँगै स्थानीय जनजीवन सहज भएको छ। पहिले पैदल हिँड्नुपर्ने गाउँठाउँमा पक्की सडक बनेसँगै आवतजावत गर्न साना सवारी प्रयोग हुन थालेका छन्।

जंगलमा घाँसदाउरा लिन गएका सासूबुहारी मृत भेटिए

शव परीक्षणपछि शरीरमा लागेको चोटलगायतका आधारमा बाघको आक्रमणबाट मृत्यु भएको अथवा अन्य कारणबाट भन्ने पुष्टि हुने प्रहरीले जनाएको छ।

चेपाङ गाउँमा घरबास सञ्चालन

चितवनको दुर्गम पहाडी भेगमा विदेशी पर्यटक भित्र्याउन चेपाङ घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ।

‘क्रिसमस डे’ले सामाजिक सद्भावलाई बलियो बनाउन भूमिका खेल्नेछ: प्रधानमन्त्री

२१औँ शताब्दीको भूमण्डलीकरणको आधुनिक युगमा सिंगो मानव जाति नै गहिरो अन्तर्घुलनतर्फ उन्मुख भइरहेको प्रधानमन्त्री दाहालले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।