हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। तापक्रम भने घटिरहेकाले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन
माैसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
राजनीतिले देशका विद्यमान समस्याहरूको निकास निकाल्न नसकेको पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको भनाइ छ।
तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनासाथ एशियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको काकरभिट्टा–लौकही सडकखण्ड एशियन हाइवे मापदण्डको बन्नेछ।
समितिले मीनबहादुरले दुबईमा अंकित अग्रवाल नाम गरेको व्यक्तिसँग सम्पर्क राखी नेपालमा सुन तस्करी गर्न चाँजोपाँजो मिलाउने गरेको निष्कर्ष निकालेको छ।
सशस्त्र प्रहरीका हवल्दार थमन विकको हत्या अभियोगबाट सफाइ पाएका एमाले सांसद लक्ष्मी महतो कोइरीको निलम्बन सभामुख देवराज घिमिरेको निर्देशनअनुसार संसद् सचिवालयले फुकुवा गरेको छ।
मुगुको सोरु गाउँपालिका–९, खनैयाँमा कार्यरत स्वास्थ्यकर्मी तुलसाकुमारी विकमाथि जातीय भेदभाव गरेको आरोपमा स्थानीय झापु शाही र धनबहादुर भट्ट पक्राउ परेका छन्।
बिहान चार बजेतिर शुरू भएको आगोले शरणार्थी शिविरका भीमबहादुर घिमिरेको बाँसको घर जलेको छ।
फिस्लिङबाट इच्छाकामना, उर्दाङगढी हुँदै सौराहा जाने पर्यटकलाई लक्षित गरी तोक्दाङमा सामुदायिक घरबास सञ्चालन गरिएको छ।
देशभर तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
काठमाडौँ, भक्तपुर, चितवन, बारा लगायतका स्थानमा भएका सवारी दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ भने दुई पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।
भिजिट भिसामा विदेश जान लागेका युवाको शंकास्पद कागजातसहित मोरङका विनोद कार्कीलाई काठमाडौँको बल्खुबाट प्रकाउ गरिएको प्रहरीले जनाएको छ।
चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन्। भिर भएको ठाउँमा पुल बनाउनुपर्ने र डाइभर्सन बनाउन सम्भव नभएपछि यातायात नै रोकेर काम गर्न लागिएको हो।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
नाबालिग जबरजस्ती करणी मुद्दामा पीडितको बयान, मेडिकल रिपोर्ट, घटना मुचुल्का, प्रहरीले सोधपुछ गरेकाहरूले गरिदिएको घटनाविवरण कागज र सरकारी वकिलको मागदाबी विपरीत अदालतबाट आदेश आएको छ।
केही समयअघि काम गरेका कर्मचारी पनि समायोजनपश्चात् सरुवा भएर अन्यत्र गएकाले वडा सचिवविहीन हुँदा वडाबाट हुने कामकाजमा अप्ठ्यारो भएको सेवाग्राहीले गुनासो गर्दै आएका छन्।
जनसंख्यासम्बन्धी पछिल्ला तथ्यांकले पहाडी क्षेत्रबाट तराई र शहरी क्षेत्रबाट विदेश बसाइँसराइ गर्ने तीव्र भएको देखाउँछ। यसरी बसाइँ सर्नेमा युवा र बालबालिकाको संख्या बढी छ।
स्थानीयले इलाका प्रहरी कार्यालय तोडफोड गर्न थालेपछि हंसपुर तनावग्रस्त बनेको छ। स्थानीयले प्रहरीको दुईवटा मोटरसाइकलमा आगजनी गरेका छन्।
कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ।
म्याग्दीमा नदीमा दुई जनाको शव फेला परेको छ।
परमादेशबमोजिम अहिलेसम्म जलवायु परिवर्तनसम्बन्धी कानून नबनाएको भन्दै सरकारविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ।