AnonymousUser

Logout

सरकारविरुद्ध अदालतको अवहेलना मुद्दा, पुस १२ गते सुनुवाइ हुने

परमादेशबमोजिम अहिलेसम्म जलवायु परिवर्तनसम्बन्धी कानून नबनाएको भन्दै सरकारविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ।

दलित समुदायले उत्पादन गरेको दूध संकलन नगरे कारबाही

गाउँमा दूध संकलन गर्ने सहकारी तथा विभिन्न संस्थाले दलित समुदायले उत्पादन गरेको दूध नउठाइदिने गुनासो बढिरहेको छ।

नेपाल र श्रीलंकाका विदेशमन्त्रीबीच क्षेत्रीय संगठनहरू बलियो बनाउनेबारे छलफल

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र श्रीलंकाली समकक्षी मोहम्मद उवैस मेहम्मद अली साब्रीबीच क्षेत्रीय संगठनहरू सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारेमा छलफल भएको छ।

२ वर्ष निर्माण अवधि भएको योजना १ वर्षमै पूरा

म्याग्दीको बेनी–८ कालीपुलबाट गलेश्वर जोड्ने बेनी–गलेश्वरखण्ड कालोपत्र गर्ने आयोजना लक्ष्यभन्दा एक वर्षअघि सकिएको छ। यो सडक उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत पर्छ। 

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना: ५ जनाको मृत्यु , ९ घाइते 

दुर्घटनामा आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया चुकी शाहीसहित पाँच जनाको मृत्यु भएको छ। 

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली, तराईमा बिहानैदेखि हुस्सु

देशभरको तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

मर्यादित कामका लागि आईएलओको देशीय कार्यक्रम

मर्यादित कामको पहुँच अभिवृद्धि तथा रोजगारीका उपयुक्त अवसर सिर्जना गर्ने उद्देश्यका साथ आईएलओको साझेदारीमा पाँचवर्षे ‘मर्यादित कामका लागि देशीय कार्यक्रम’ कार्यान्वयनमा आएको छ। 

राष्ट्रपति र प्रधानमन्त्री निवास वरपर २ महिना निषेधाज्ञा

अति विशिष्ट पदाधिकारीको सुरक्षा संवेदनशीलता र सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको प्रशासनको भनाइ छ।

द्रुतमार्ग सक्नुपर्ने मिति गुजारिसकेपछि सेनाको तर्क– ‘२०८३ मा पनि फास्ट ट्रयाक बन्दैन’ 

प्रधान सेनापति प्रभुराम शर्माले बुधबार संसदीय समितिमा भने– ‘यस्तै अवस्था र काम गराइले त २०८३ मा पनि फास्ट ट्रयाक बन्न सक्दैन। काठमाडौँदेखि निजगढसम्म गाडी चल्ने बनाउन सके पनि उपलब्धि मान्नुपर्छ।’ 

अध्यागमन विभागद्वारा त्रिभुवन विमानस्थल निरीक्षण

अध्यागमन विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आफू मातहतको अध्यागमन कार्यालयको निरीक्षण गरेको छ।

श्रीलंकाका विदेशमन्त्री साब्री नेपाल भ्रमणमा

नेपाल–श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री नेपाल आएका परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाली समाजले बुझ्नै बाँकी ‘एलजीबीटीक्यूआईए प्लस’को पहिचान

समाजमा महिला र पुरुष मात्र नभई त्यसबाहेकको लैंगिक पहिचान पनि हुने विषय नेपाली समाजमा चर्चा हुन थालेको करिब दुई दशक भयो। 'एलजीबीटीक्यूआईए प्लस' भनेर चिनिने यो समुदायप्रति अझै लाञ्छना र भ्रम बाँकी छन्।

नेपाली सेनाभित्र जन्ममितिमा विवाद नभएको प्रधानसेनापति शर्माको दाबी

नेपाली सेनालाई कमजोर बनाउन खोज्ने गिरोहले सेनाभित्रका व्यक्तिहरूको जन्ममितिमा विवाद झिकिदिएको शर्माको भनाइ छ।

उदयपुर र हेटौँडा सिमेन्ट उद्योगको अवस्थाबारे अध्ययन गरी प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन

प्रतिनिधिसभा अन्तर्गतकोे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बुधबार सरकारलाई यस्तो निर्देशन दिएको हो।

राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा छ जना न्यायाधीश नियुक्त

यसअघि बुधबार बिहान संसदीय सुनुवाइ समितिले उनीहरूको नाम अनुमोदन गरेको थियो।

आठ वर्षसम्म उद्योग सञ्चालन नगरेपछि सम्झौता रद्द

हेटौँडा औद्योगिक क्षेत्रका चारवटा उद्योग सञ्चालनका लागि गरिएको सम्झौता लामो समयसम्म कार्यान्वयन नभएपछि रद्द गरिएको हो।

द्रुतमार्ग निर्माणमा ढिलाइबारे प्रधानसेनापति शर्माले भने– ४ वटा रुख काट्न ९ महिना लाग्ने झन्झट छ

बुधबार बसेकाे समितिको बैठकमा प्रधानसेनापति शर्माले निर्माण कार्य ढिलाइ हुनुमा सबै निकाय जिम्मेवार रहेको बताए।

सरकारका नियामक निकायलाई अख्तियारका ४८ सुझाव

आयोगले सरकारका सचिव तथा विभागीय प्रमुखहरूलाई पनि विभिन्न ४६ वटा सुझाव दिएको छ।

डलर साटिदिने बहानामा लुटपाट: ८ आरोपित पक्राउ

डलर साट्ने नाममा लुटपाटका घटना भएको जानकारी आएपछि केही दिनअघिदेखि टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। लुटपाटमा सक्रिय रहेको आरोपमा आठ जनालाई पक्राउ गरिएको छ।

बारामा बस र ट्रक ठोक्किँदा चालकसहित ३ जनाको मृत्यु, २७ घाइते

दुर्घटनामा ट्रक चालक तनहुँका २८ वर्षीय पूर्ण गुरुङ, बसका चालक हेटौँडाका ४० वर्षीय हरि शमशेर र अर्का एक पुरुषको मृत्यु भएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।