त्रिपालमा बसेका धेरै सुत्केरी र बालबालिकामा रुघाखोकी ज्वरो, निमोनियालगायत समस्या देखिन थालेको र पोसिलो खानेकुराको पनि कमी रहेको नलगाड नगरपालिका–१ पालीकी कल्पना विकले बताइन्।
पर्साको वीरगन्ज महानगरपालिका– १० स्थित घडीअर्वा पोखरीमा छठपूजाका लागि छठघाटको सम्पूर्ण तयारी पूरा भएको छ।
गत असोज २० गते हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो। विपिनलाई भने हमासले कब्जामा लिएको थियो।
धनगढीको मुख्य बजारमा भवनमा आगलागी हुँदा सारथि अस्पतालसहित ८ वटा पसलमामा क्षति पुगेको धनगढीका नगर प्रहरी निरीक्षक भूपेन्द्र खड्काले जानकारी दिए।
पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राष्ट्रिय विभूति भानुभक्त आचार्यको जन्मघर जलेको २० वर्ष बिते पनि अझै पुनर्निर्माण हुन सकेको छैन। घर भग्नावशेष अवस्थामा रहेको भानुभक्तका पनाति श्रीभक्त आचार्य बताउँछन्।
स्वास्थ्य संस्थाको भवनमा क्षति भएपछि अस्थायी टहराबाट सेवा प्रवाह भएको छ।दशैँ–तिहार बिदामा बन्द रहेका विद्यालय अब कसरी सञ्चालन गर्ने भन्ने चिन्ता विद्यालय व्यवस्थापन समितिमा छ।
कालापत्थरमा पाँच हजार ३१७ मिटर उचाइबाट स्काई डाइभ गरेर महाजनले महिलातर्फ नयाँ रेकर्ड कायम गर्दै गिनिजबुक अफ वर्ल्ड रेकर्डमा दर्ता गराएकी छन्।
नेपालमा टिकटकलाई प्रतिबन्धित गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दर्ता भएका छन्। सर्वोच्च प्रशासनले रिटको सुनुवाइ मंसिर ४ गतेलाई तोकेको छ।
जाजरकोटमा त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित छन्। बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको जाजरकोटका प्रजिअ सुरेश सुनारले बताए।
घाइतेको अवस्था बुझ्न अस्पताल पुगेका युवा तथा खेलकुदमन्त्री लिम्बूले अमेरिकाबाट थप चिकित्सकको टोली मगाएर उपचार गराउने प्रक्रिया शुरू गरिएको बताए।
काभ्रेको मैखुरे र आसपास सम्साँझै खेतबारी पस्ने बँदेलले बाली तहसनहस बनाउन थालेपछि किसानले खेत नै बाँझो छाड्न थालेका छन्। बँदेलकै कारण कतिपय त बसाइँ नै हिँडेको स्थानीय बताउँछन्।
पुल निर्माण भएको एक वर्ष नपुग्दै बाढीले भत्काएपछि स्थानीय बासिन्दा नदीमा अस्थायी काठेपुल निर्माण गरी ओहोरदोहोर गर्दै आएका छन्।
निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भाजवीर नेपालीको शुक्रबार बिहान करेन्ट लागेर मृत्यु भएको हो।
यस वर्ष निकुञ्जमा चोरी–सिकारीबाट पहिलो पटक गैँडा मरेका हुन्। प्राकृतिक कारणले पाँचवटा गैँडा मरेका छन्।
पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आवास, शुद्धपेय जल, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्यसम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्पपीडितलाई मानवीय सहायतास्वरूप २८ करोड ८० लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको ईयूले जनाएको छ।
मोरङको उर्लाबारीमा भएको आगलागीमा परी घाइते भएकाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यमन्त्री बस्नेतले आवश्यकताअनुसार उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
जलेश्वर नगरपालिकाका रामजी डोमले डालो, नाङ्लो र टालु टपरी बेचेर वर्षभरिकै लागि खर्च जोहो गर्ने गरेको बताए।
दरबारमार्ग र ठमेलको रात्रिकालीन व्यवसायमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौँले समयसीमा तोकेर रोक लगाएको हो। तोकिएको समयपछि व्यवसाय खोलेमा व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिने गरेका छन्।