दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी स्थानको मौसम सामान्यतया सफा नै रहनेछ।
ललितपुर प्रशासनले यूएन हाउस र मन्त्रीनिवास क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै पुल्चोक क्षेत्रमा पाँच जनाभन्दा बढी भेला भई आन्दोलन तथा विरोधका कार्यक्रम गर्न निषेध गरिएको जनाएको छ।
छैटौँ लुम्बिनी प्रादेशिक महोत्सवको प्रवेशद्वारमा करिब पाँच लाख रुपैयाँको लागतमा भारतबाट कालिगड बोलाएर विमानको आकृति तयार हुँदैछ।
प्रधानमन्त्री पुष्पकमल दाहालले कयौँ सूचक सकारात्मक देखिए पनि अर्थतन्त्र दबाबमुक्त नरहेको बताउँदै समस्या समाधानका लागि गहन विमर्शको आवश्यकता औँल्याए।
राष्ट्रिय मानवअधिकार आयोगले संक्रमणकालीन न्याय र शान्तिप्रक्रियालाई शीघ्र टुंगोमा पुर्याई पीडितलाई न्याय दिन पुनः सरकारको ध्यानाकर्षण गराएको छ।
देशको समग्र शैक्षिक प्रणालीलाई कसरी सरल, सहज, वैज्ञानिक, जीवनोपयोगी र आत्मनिर्भर बनाउन सकिन्छ भन्ने सवाल अहिलेको महत्त्वपूर्ण सरोकारको विषय भएको प्रधानमन्त्री दाहालको भनाइ छ।
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो लागुऔषध कोकिनसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।
लाभग्राहीलाई पहिलो किस्ताबापत २५ हजार दिइने छ। पहिलो किस्ता पाएर निश्चित प्रक्रिया पुगेका र स्थानीय तहले बाँकी रकम दिन उपयुक्त छ भनेर सिफारिस गरेपछि अन्तिम किस्ता २५ हजार उपलब्ध गराइने छ।
खेतमा पानी लैजाने कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा ४६ वर्षीय भीमलाल सुनार र उनकी श्रीमती ४६ वर्षीया सावित्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।
क्यान्टिन बन्द गराउने विषयलाई लिएर उत्पन्न विवादले नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रको केन्द्रीय कार्यालयमा तालाबन्दी र झडपको स्थिति सिर्जना भएको छ।
काठमाडौँ प्रशासनले माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक क्षेत्रलाई एक महिनासम्मका लागि निषेधित घोषणा गर्दै ५ जनाभन्दा बढी भेला भई जुलुस, प्रदर्शन, धर्नाजस्ता विरोधका कार्यक्रम गर्न रोक लगाएको छ।
विज्ञहरूले जलवायु परिवर्तनबाट सबैभन्दा ठूलो असर पानीका स्रोतमा परिरहेको र त्यसले जनजीवनमा व्यापक असर पुर्याइरहेकाले नेपालले यो विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा बलियोसँग उठाउनुपर्ने बताएका छन्।
नेपालको वन्यजन्तु पर्यटनलाई विश्वव्यापी बनाउने काम झन्डै ६ दशकअघि बेलायती नागरिक जिम एडवार्डले गरेका थिए। त्यसबेला विदेशी पाहुनामाथि निर्भर पर्यटन व्यवसायको स्वरूप अहिले उल्टिएको छ।
गृह मन्त्रालयले मातहतका निकायमा सुधारको कार्ययोजना तयार पार्न पूर्वमुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा १० सदस्यीय अध्ययन समिति गठन गरेको छ।
पहिले स्थानीय ऊन कातेर घरमै हातले बुनेका फेटा बाँध्ने परम्परा थियो। तर त्यो जीवनशैली क्रमश: इतिहास बन्दै छ।
कांग्रेसले रूकुमपश्चिम र जाजरकोटका भूकम्पपीडितलाई अस्थायी आवास बनाउन २५ वटा स्वयंसेवक टोली पठाउने निर्णय गरेको छ।
इलामको रोङ गाउँपालिका–३ कोल्बुङमा भएको बस दुर्घटनाका ३३ जना घाइतेको हाल बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको र तीमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
टिकटक होइन भ्रष्ट्राचार नियन्त्रण गर्नु पर्ने, जाजरकोटमा ध्यान दिनु पर्ने जस्ता प्लाकार्ड लिएर युवाहरूले प्रदर्शन गरेका छन्।
चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीका अनुसार घाइते भएका अन्य पाँच जनाको अवस्था पनि गम्भीर छ।