AnonymousUser

Logout

बल्खुचोकमा बिहीबार दिनभर जे देखियो…

बल्खुबाट कालीमाटीतिर जान रोकिएपछि भिडबाट प्रहरीतर्फ ढुंगा प्रहार हुन थाल्यो। जवाफमा प्रहरीले पनि दर्जनौँ टियर ग्यास प्रहार गर्‍यो। एकैछिनमा भागाभाग शुरू भयो।

देशका विभिन्न स्थानमा ७ जना मृत अवस्थामा फेला

प्रहरीले काठमाडौँ, उदयपुरसहितका जिल्लाका विभिन्न स्थानमा सात जना मृत फेला परेको जनाएको छ।

ऋणबाट मुक्ति पाइने ठानेर प्रसाईंको ‘आन्दोलन’मा आएका महिला 

बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको सावाँ या ब्याज मात्र भए पनि मिनाहा हुने आशामा सयौँ महिला प्रसाईं नेतृत्वको ‘आन्दोलन’मा सहभागी हुन काठमाडौँ आएका छन्। 

त्रिविका उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्षको जेल सजाय

काठमाडौँ जिल्ला अदालतले त्रिविका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद सजाय र २० हजार जरिबाना तिराउने फैसला सुनाएको छ। 

सुन्तला अड्किएर तीन वर्षीय शिशुको मृत्यु

गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय बालकको मृत्यु भएको छ। 

माटो खोतलेर निकालिएकी प्रेमकलाको डाक्टर बन्ने सपना

स्थानीय नेपाल राष्ट्रिय प्राविमा कक्षा तीनमा पढिरहेकी प्रेमकलाले अहिले सिंगो चिउरी गाउँ छटपटाइरहेको देखेकी छन्। तर उनको डाक्टर बन्ने सपना भने अडिग र अविचलित छ।

बल्खुमा प्रदर्शन उग्र बनेपछि प्रहरीले हान्यो टियर ग्यास

दुर्गा प्रसाईं समूहले आयोजना गरेको प्रदर्शन अनियन्त्रित बनेपछि प्रहरीले टियर ग्यास प्रहार गरेको छ।

काठमाडौँका सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति (तस्वीरहरू)

बिहानैदेखि काठमाडौँका चोक–चोकमा हतियारसहितका सुरक्षाकर्मी परिचालन गरिएको छ। सादा पोशाकसहितका प्रहरी पनि खटिएका छन्।

मोटरसाइकल आपसमा ठोक्किँदा सिरहामा ३ जनाको मृत्यु

दुर्घटनामा मृत्यु हुनेमा अर्नामा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह छन्।

काठमाडौँमा युवा संघ र दुर्गा प्रसाईं समूहले छुट्टाछुट्टै प्रदर्शन गर्दै, सुरक्षा व्यवस्था कडा

प्रसाईंको समूहले भक्तपुरको सानोठिमी, गोंगबु चोक, स्वयम्भु, कलंकी, जावलाखेल, सातदोबाटो, कीर्तिपुर र चाबहिलबाट र्‍याली निकाल्ने जनाएको छ। युवा संघको जुलुस भक्तपुरको सल्लाघारीबाट शुरू हुनेछ।

श्रमदान र सहयोग जुटाएर पक्की पदमार्ग

स्थानीय मिलेर थालेको श्रमदान अभियानमा प्रवासीले पनि सहयोग गरेका छन्। पदमार्ग निर्माणका लागि १३ लाख रुपैयाँभन्दा बढी नगद सहयोग जुटिसकेको छ।

कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा हिमपातको सम्भावना

देशभर तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट बच्न सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।

मकवानपुर केन्द्रबिन्दु भएर भूकम्पको धक्का

मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ।

भारतबाट नेपाल आइपुगे उच्च प्रजनन क्षमताका मुर्रा राँगा

प्रधानमन्त्री दाहालको पछिल्लो भारत भ्रमणका अवसरमा मुर्रा राँगा नेपाललाई प्रदान गर्ने घोषणा भएको थियो।

प्रदर्शनीको विषयलाई लिएर अफवाह फैलाउने मिडियालाई प्रेस काउन्सिलको स्पष्टीकरण

विभिन्न प्रदर्शनीको विषयलाई लिएर प्रायोजित एवं जनमानसलाई उत्तेजित, त्रसित पार्ने भाषाशैलीमा हिंसा, आतंकलाई प्रश्रय पुग्ने सामग्री सम्प्रेषण गरेको भन्दै आचारसंहिताबमोजिम कारबाही गरेको काउन्सिलले जनाएको

बोरामा बाँधेर फालेको अवस्थामा दुई शव फेला

भरतपुर महानगरपालिका–१२ मिलनचोक नजिक रहेको कलभर्ट मुनि दुई वटा जुटको बोराभित्र शव फेला परेको हो।

मंसिर ७ गते अत्यावश्यक कामका लागि मात्र गाडी चलाउन ट्राफिक प्रहरीकाे आग्रह

विभिन्न समूहले बिहीबारको लागि आह्वान गरेका प्रदर्शनका कारण काठमाडाैँ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न समस्या हुने भएकाले अत्यावश्यक कामका लागि मात्र गाडी लिएर निस्किन आग्रह गरेको हो।

मानव अधिकार आयोगले मंसिर ७ को जनप्रदर्शन अनुगमन गर्ने

आयोगका अध्यक्ष तपबहादुर मगरले जनप्रदर्शनको निरीक्षण गर्न मानव अधिकार आयोगले विभिन्न स्थानमा टोली खटाउने बताए।

लामाबगर फलाक नाकाबाट ३३ किलो सुन तस्करी भएको पुष्टि, १२ जना अझै फरार

सुन तस्करको गिरोहले चीनको तिब्बतसँग सिमाना जोडिएको दोलखाको लामाबगरको फलाक नाकाबाट डोरीमा सुन बाँधेर खोला पार गरी तस्करी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

झापामा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

दमकस्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङ मंगलबार साँझ जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।