हाल पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ महानगरको स्वास्थ्य विभागका अनुसार मंसिर २७ गतेदेखि सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न पाइने छैन। कसैले बिक्री गरेको भेटिए नगर प्रहरीमार्फत त्यस्ता सामग्री जफत गरिने छ।
झापाको गौरादह–२ मा मंगलबार सिटी रिक्सा र पिकअप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
काठमाडौँवासीले एक हप्ताभित्र मेलम्चीको पानी काठमाडौँ ल्याउने व्यवस्था नगरे सरकारविरुद्ध आन्दोलन थाल्ने बताएका छन्।
सडकको सौन्दर्य गुमेको, दुर्घटना बढाएको र मानवीय तथा भौतिक क्षतिका घटना बढेपछि नगरभित्रका सडक किनारमा जथाभाबी खन्न प्रतिबन्ध लगाइएको गौर नगरप्रमुख शम्भु साहले जानकारी दिए।
आगलागीमा परी घाइते भएका उर्लाबारी–७ का ४३ वर्षीय रामनरेश मरिताको सोमबार राति उपचारका क्रममा मृत्यु भएको छ।
प्रत्येक वर्ष मानिसको डुबेर मृत्यु हुन थालेपछि चितवनको माडीस्थित वैकुण्ठ तालमा पौडी खेल्न रोक लगाइएको छ।
२०५८ सालमा सञ्चालनमा आएको भुर्षा सिँचाइ नहर मर्मतमा पछिल्लो समय सरकारले बजेट विनियोजन गरेको छैन। त्यसैले किसान आफैँ मर्मत तथा सरसफाइमा जुटेका छन्।
भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन्। स्वास्थ्य संस्थामा उपचारका लागि पुग्ने बिरामीको भीड नै लागेको छ।
देशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ।
प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा बढुवा भएका सहायक रथी नारायण सिलवाललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
६ महिना रहने गरी उपलब्ध गराइएको स्थानमा पक्की घर निर्माण, टहरा बनाउने, वन अतिक्रमण गर्ने, खेतीबाली लगाउने जस्ता कार्य भएकाले हटाउन लागिएको डिभिजन वन कार्यालय, चितवनले जनाएको छ।
गुजरात टाइटन्सले आईपीएलका लागि शुभमन गिललाई कप्तान नियुक्त गरेको छ। २४ वर्षीय गिलले २०१८ मा कोलकाता नाइट राइडर्सबाट आईपीएल करियर शुरू गरेका थिए।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले डिजिटल राइटको नाममा डिजिटल हिंसा बढ्दा राज्य, प्रविधि र कानूनबीच असन्तुलन देखिएको बताएका छन्।
आयोगले सुनसरीको रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत संखुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको हो।
दुई जनालाई आक्रमण गरेर ज्यान लिएको बाघलाई आइतबार राति डार्ट गरी नियन्त्रणमा लिइएको हो।
१० लाख रुपैयाँ लागतमा बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा यस्तो प्रविधिको जेब्रा क्रसिङ राखिएको हो।
मकवानपुरगढी गाउँपालिकाले विद्यालयमा रैथाने बालीको खाजालाई अनिवार्य मात्र गरेको छैन, खेती गर्ने किसान र बजारीकरण गर्ने सहकारीलाई अनुदान पनि दिएको छ। जसकारण बाँझो जोतेर पनि कोदो लगाउन थालिएको छ।
नर्सको छनोटका लागि आईएलटीएसमा सात अंक ल्याउनुपर्ने, २ वर्षको कार्यानुभव भएको हुनुपर्ने लगायतका मापदण्ड तोकिएको थियो।