AnonymousUser

Logout

भूकम्पबाट प्रभावित पत्रकारलाई महासंघको राहत

महासंघका महासचिव रोशन पुरीले भूकम्पबाट दुईवटा सञ्चार संस्थाको भवन पूर्णरूपमा क्षति भएको जनाउँदै दर्जनौँ पत्रकारले बास गुमाएका बताए।

चीनद्वारा भूकम्पपीडितलाई प्रदान गरिएको राहत सामग्री ग्रहण

चीनले पीडितका लागि प्रदान गरेका ब्ल्यांकेट, टेन्टलगायत सामग्री चीनको छेन्दु विमानस्थलबाट दुईवटा विमानमार्फत बुधबार पोखरा विमानस्थलमा ल्याइएको हो।

भूकम्पपीडितले अझै पाएनन् त्रिपाल, डेरा बसेकालाई बढी समस्या

राहतस्वरुप त्रिपाल र अन्य सामग्री घरधनीका नाममा आउने गरेपछि सदरमुकामभन्दा बाहिर ठेगाना भएका पीडित सबैभन्दा बढी मारमा परेका छन्। 

भूकम्प प्रभावित क्षेत्रमा भग्नावशेष हटाउँदै सेना

सेनाको टोलीले जाजरकोटमा २३४ र रुकुम पश्चिममा २८४ घरबाट भग्नावशेष उत्खनन गरेर पीडितका आवश्यक सामग्री निकाल्ने काम गरेको छ।

राष्ट्रपतिसँग भूकम्प पीडितको प्रश्न– गाँस र बासको व्यवस्था पहुँचवालालाई मात्रै हो?

दुई वर्षको छोरा च्यापेर सडक छेउमा बसिरहेका भूकम्पपीडित विष्णु थापाले भने, “राष्ट्रपति आएर पनि के भयो र? हामीलाई हेलिकप्टरको धूलो होइन चामल चाहिएको हो। न्यानो कपडा चाहिएको हो।”

कस्तो रहनेछ बुधबारको मौसम?

पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने सम्भावना छ।

राहतमा राजनीति, घण्टौँ कुर्दा पनि पाएनन् पीडितले

भूकम्प प्रभावितलाई बाँड्नुपर्ने राहत सामग्री जाजरकोटको भेरी नगरपालिकामा थन्किएको छ। तर भेरी-३ का भूकम्पपीडितले वडा कार्यालयमा घण्टौँ कुर्दा पनि राहत पाएनन्।

आफैँले छापेको ढुंगाको छानोले परिवार पुर्‍यो, बाँचेकालाई परकम्पले तर्साइरहन्छ

चिउरीगाउँमा अधिकांश घर ढुंगामाटोले बनेका छन्। पटकपटक गइरहेको परकम्पले ठाडै रहेका घर पनि भत्काइरहेको छ। सोमबारको परकम्पले गाउँका थप चार घर मात्र भत्काएन, बाँचेकालाई पनि त्रसित बनायो।

चिकित्सकमाथि कुटपिटको विरोधमा पाटन अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प

चिकित्सकमाथि आक्रमण गर्नेहरूलाई कानूनबमोजिम कारबाही नगरेसम्म आन्दोलन जारी रहने चिकित्सक डा. दीक्षान्त आचार्यले चेतावनी दिए।

बाजुरा केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुरालाई केन्द्रबिन्दु बनाएर मध्यान्ह १२:५८ मा ४ म्याग्निच्युडको धक्का गएको हो।

जाजरकोट भूकम्प: भेरी नगरपालिकामा १४ विद्यालय भवनमा पूर्ण क्षति

भूकम्पबाट ४७ वटा कक्षाकोठा, नौ वटा शौचालय, चारवटा घेराबार पूर्ण क्षति भएको नगरपालिकाले जनाएको छ। 

जाजरकोटमा १ जना घाइतेलाई भेटेर फर्किए राष्ट्रपति

भेरी नगरपालिका–३ की भूकम्पपीडित ६३ वर्षीया शितली कामीले राष्ट्रपति पौडेलसँग गाँस, बास र कपासको प्रबन्ध गरिदिन आग्रह गरिन्।

आरती साह प्रकरण: हेडक्वार्टर तानिए धनुषाका एसपी खड्का 

आरतीको मुद्दा कमजोर बनाउन प्रहरीले भूमिका खेलेको भन्दै उनका परिवार असार एक गतेदेखि माइतीघरमा धर्ना बसिरहेका छन्। 

१९ वर्षीया जमुना: जसले भूकम्पमा श्रीमान् र गर्भको शिशु गुमाइन्

भूकम्पमा परी ज्वाइँ नवीन बुढाको घरले च्यापिएर मृत्यु भएको खबर सुनेपछि गर्भवती छोरीलाई उद्धार गर्न सानीभेरी गाउँपालिका–९ रुकुम पश्चिमबाट जमुनाकी आमा पवित्रा खड्का मगर र बुवा भागिराम जाजरकोट पुगेका थिए।

भूकम्पबाट मृत्यु हुनेको संख्या १५३ कायम, सोमबारको परकम्पमा १३ घाइते

सोमबार अपराह्न जाजरकोटकै रामीडाँडा केन्द्रबिन्दु भई गएको ५.८ म्याग्निच्युडको परकम्पबाट रुकुम पश्चिममा ११ र जाजरकोटमा दुई जना घाइते भएका छन्।

ढोरपाटनमा ट्याक्सी दुर्घटना, २ जनाको मृत्यु

दुर्घटनामा ढोरपाटन–२ पाखुटेका होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका अस्विन परियारको मृत्यु भएको छ।

गोरखाको स्तुल खोलामा बेलीब्रिज, आवतजावतमा सहज

पुल बनेपछि आरुघाट–७, ८ र ९ तथा आरुपोखरी, बारपाक सुलिकोट गाउँपालिकाको तीनखण्डे, बालुवा, गैरीछापलगायतका बासिन्दालाई बजार आवतजावत गर्न सहज भएको छ।

पहाडी भूभागमा हल्का वर्षा तथा हिमपातको सम्भावना

पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

भूकम्पमा पुरिएर बाँचेकालाई चिसोबाट बालबालिका र गर्भवती जोगाउने चिन्ता

भूकम्पका कारण छेपारे टोलका ३९ वटै घर बस्न नमिल्ने गरी क्षतिग्रस्त बनेका छन्। स्थानीयले चिसो मौसमका कारण बालबालिका, गर्भवती, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्ति समस्या परेको बताएका छन्।

क्षतिको सूक्ष्म अध्ययन गर्न भूकम्प प्रभावित क्षेत्रतर्फ लाग्यो विज्ञ टोली

सरकारले भूकम्पले पुर्‍याएको भौतिक क्षतिको सूक्ष्म अध्ययन गर्न १० जना विज्ञको टोली जाजरकोट र रूकुमपश्चिमतर्फ पठाएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।