AnonymousUser

Logout

गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्थाबारे टिकटकका प्रतिनिधिसँग गृह मन्त्रालयको छलफल

सरकारले सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने सामग्री स्वतः हट्ने व्यवस्था गर्नेबारे भिडियो शेयरिङ एप टिकटकका प्रतिनिधिसँग छलफल गरेको छ।

नक्कली कागजात बनाउने गिरोहमा संलग्न १० जना पक्राउ

काठमाडौँ उपत्यकाको अपराध अनुसन्धान कार्यालयले भिजिट भिसामा विभिन्न देशमा पठाउने प्रलोभन देखाएर नक्कली कागजपत्र बनाइदिने गिरोहमा संलग्न १० जना पक्राउ गरिएको जानकारी दिएको छ।

लुम्बिनीका तत्कालीन प्रदेशसचिव अधिकारीसमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले लुम्बिनी प्रदेशका तत्कालीन प्रदेशसचिव अधिकारीसहित चार जनाविरुद्ध गैरकानूनी लाभ तथा हानि पुर्‍याइ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ।

चेम्बरले भूकम्प प्रभावितलाई खाद्यान्नलगायतका सामग्री सहयोग गर्ने

चेम्बरको विपद् व्यवस्थापन कोषअन्तर्गत भूकम्प प्रभावितलाई अत्यावश्यक सामग्री सहयोग गर्न लागिएको अध्यक्ष राजेन्द्र मल्लले बताए।

भूकम्पका घाइतेका लागि रगत संकलन गर्दै नेपालगन्जवासी

भेरी अस्पतालमा उपचारार्थ भर्ना भएका भूकम्पका घाइते बिरामी र बिरामीको कुरुवा तथा भेट्ने आफन्तका लागि निःशुल्क खानाको समेत व्यवस्था गरिएको छ।

राहतको पर्खाइमा छन् जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित

भूकम्पले जाजरकोट सदरमुकाम खलंगामा धेरै भौतिक क्षति पुर्‍याएको छ। बस्ती उदांगो देखिएका छन्। क्षतिको किन तथ्यांक नभए पनि पूर्णरूपमा क्षति भएका घर पनि धेरै छन्।

भूकम्पबारे अध्ययन गर्न विज्ञको टोली जाजरकोटमा

वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी सहितको टोली जाजरकोट पुगेको हो। टोलीले भूकम्पका बारेमा समग्र अध्ययन तथा अनुसन्धान गर्ने खानी तथा भूकम्प विभागले जनाएको छ।

खुला आकाश मुनि रात बिताउँदा…

जाजरकोटका पाँचवटा पालिकाका अधिकांश घर सग्ला छैनन्। नलगाड नगरपालिका–१ बाट ८ सम्म, भेरी–१, ३ र ४ का अधिकांश घरमा क्षति भएको छ। त्यस्तै छेडागाड, कुशे र बारेकोटमा समेत क्षति पुगेको छ।

नेपालगन्जमा उपचाररत ३८ घाइतेको अवस्था सुधारोन्मुख

भेरी अस्पतालमा शनिबार राति थप ६ जना बिरामी एम्बुलेन्सबाट उपचारको लागी पुगेका थिए। जसमा दुई जना भेरी नगरपालिका जाजरकोटका र चार जना सानिभेरी रुकुम पश्चिमका छन्। 

धनगढीबाट बाजुरा जाँदै गरेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ घाइते

जिपमा चालकसहित १० जना सवार थिए। घाइतेको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

भूकम्प अपडेट: रुकुम पश्चिममा उद्धार सकियो, आइतबारदेखि राहत वितरण गरिने

भूकम्पमा परी रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ। अधिक प्रभावित आठबीसकोट नगरपालिकामा ४२ र सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको हो।

भूकम्पका घाइतेको उपचारमा सरकारकै विभेद, ‘पहुँचवाला’का आफन्त रूकुमबाट सिधै काठमाडौँ

जाजरकोट र रूकुमपश्चिमको भूकम्पका घाइतेहरूको सम्बन्धित जिल्ला अस्पताल, प्रदेश अस्पताल सुर्खेत र भेरी अस्पताल नेपालगन्जमा उपचार हुँदै गर्दा ‘पहुँचवाला’ सामान्य घाइतेलाई काठमाडौँ ल्याइएको छ। 

‘बिरामी हेर्न नेता मात्र आउँछन्, डाक्टर आउँदैनन्’

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएका जाजरकोट भूकम्पका घाइतेहरूले शनिबार रातिसम्म पनि उपचार गर्ने डाक्टर भेट्न नपाएको, नेताहरू भने छिनछिनमा आइरहेको गुनासो गरेका छन्।

रुसी राष्ट्रपति पुटिनद्वारा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गएराति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

गोदावरी मेलाको टिकटबाट संकलित ५० प्रतिशत रकम भूकम्पपीडितलाई दिइने

गोदावरी मेलामा आइतबार बिक्री हुने टिकटबाट संकलन भएको ५० प्रतिशत रकम जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितलाई उपलब्ध गराइने भएको छ।

भूकम्पले तहसनहस क्षेत्रमा प्रधानमन्त्री र नेताहरूको दौडाहा: घाइतेको उद्धार र उपचार प्रभावित

शुक्रबार रातिको भूकम्पले तहसनहस जाजरकोट र रुकुमपश्चिम पुगेर प्रधानमन्त्रीदेखि नेताहरूले के योगदान भन्ने त प्रष्ट छैन, सुरक्षा र स्वास्थ्य अधिकारीहरूले भने उद्धार, उपचार प्रभावित भएको गुनासो गरेका छन्।

भूकम्पमा अस्ताएका दिदीबहिनी: एमबीबीएस पढ्न जुटेकी थिइन् ऊर्जा, अस्ट्रेलिया जाँदै थिइन् उपासना

भूकम्पले घर भत्काउँदा उनीहरू भग्नावशेषमा पुरिए। समयमै उद्धार भएको भए ज्यान जोगाउन सकिने आफन्त बताउँछन्।

भूकम्प प्रभावित क्षेत्रमा १ करोडको राहत सामग्री लिएर जाँदै एनआरएनए

यसअघि संघले पहिलो चरणमा सरकारको राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने जनाएको थियो।

जाजरकोट भूकम्पमा १५७ को मृत्यु, ३७५ जना घाइते : गृह मन्त्रालय

अझै विस्तृत विवरण आउने क्रम जारी रहेको गृह मन्त्रालय अन्तर्गत विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जनाएको छ।

सरकारले बिदा बसेका भूकम्प प्रभावित जिल्लाका कर्मचारीलाई काममा बोलायो

सामान्य प्रशासन मन्त्रालयले भूकम्प प्रभावित जिल्लाका कर्मचारीलाई यथाशीघ्र कार्यालयमा हाजिर हुन निर्देशन गरेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।