AnonymousUser

Logout

'ख' श्रेणीमा घटुवा हुनबाट जोगियो मानव अधिकार आयोग

ग्लोबल एलायन्स अफ नेशनल ह्युमन राइट्स इन्स्टिच्युसन (गानरी)ले आयोगलाई ‘क’ श्रेणीमा नै राख्ने निर्णय गरेसँगै आयोग घटुवा हुनबाट जोगिएको हो। 

राप्तीमा सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाइँदै

सिँचाइ विभाग र हुलाकको नाममा रहेको उक्त जग्गामा २०५० सालदेखि घरटहरा निर्माण गरिएका थिए। 

उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातकाे सम्भावना

बिहीबार दिउँसो देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

बाढीले उजाडेको कागबेनी कहिले होला पुनर्निर्माण?

अनपेक्षित वर्षासँगै कागखोलामा आएको बाढीले छिनमै हिन्दु र बौद्ध समुदायको तीर्थस्थल कागबेनीलाई बगरमा परिणत गरिदिएको थियो। बाढीको पूर्वसूचना पाएका कारण मानवीय क्षति भने हुन नपाएको स्थानीय बताउँछन्।

बाराका शिक्षकको हत्याको कारण विवाहेत्तर सम्बन्ध, पाँच आरोपी सार्वजनिक

स्वर्णकारलाई हत्या गर्ने योजना विद्यालयकै पूर्वकर्मचारी राधाले बनाएको र त्यसमा उनका प्रेमी भारतीय नागरिक मनोजले भूमिका खेलेको प्रहरीको भनाइ छ।

गोठाटारमा प्रहरीको गोलीबाट १ घाइते, २ जना नियन्त्रणमा

गोठाटारमा लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ गर्ने क्रममा आत्मरक्षाका लागि गोली चलाइएको प्रहरीले जनाएको छ।

क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालबारे उजुरी आह्वान

संसदीय समितिको बैठकले प्रस्तावित राजदूत पौड्यालउपर उजुरी आह्वान गरेको हो।

डब्ल्यूएचओको क्षेत्रीय निर्देशकमा बांग्लादेशकी वाजेद निर्वाचित, आचार्यले दिए बधाई

वाजेद विश्व स्वास्थ्य संगठनको मानसिक स्वास्थ्यसम्बन्धी सल्लाहकार तथा बांग्लादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरीसमेत हुन्।

गुटेरेसको सुरक्षार्थ खटिएका प्रहरीको लेक लागेर मृत्यु

हेलिकप्टरमार्फत आधार शिविर पुगेका ढुंगानालाई पैदल फर्कने क्रममा श्वासप्रश्वासमा समस्या देखिएको थियो।

चार दिने औपचारिक भ्रमण सकेर न्युयोर्क फर्किए गुटेरेस

उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरे।

नवनिर्वाचित एनआरएनए अध्यक्ष बद्री केसीद्वारा आर के शर्माको समूहविरुद्ध प्रहरीमा उजुरी

अभ्रद व्यवहार, वैयक्तिक गोपनियता तथा प्रतिष्ठा विरुद्धको कसूरमा कारबाहीका लागि माग गरेका छन्।

ऐतिहासिकस्थल मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान

माझकिरात भनेर चिनिने पर्यटकीयस्थल मझुवागढी आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेपछि उनीहरूको आवतजावतमा सहज पार्नका लागि फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ।

स्रोत नखुलेको झन्डै २२ लाख रुपैयाँसहित किशोर पक्राउ

मोटरसाइकलमा सवार रहेका १६ वर्षीय ती किशोरले झोलामा रकम बोकेको अवस्थामा प्रहरीले फेला पारेको थियो। 

यस्तो रहनेछ बुधबारको माैसम

उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

राष्ट्रसंघका महासचिवले द्वन्द्वपीडितलाई नभेटेकोमा नागरिक अगुवाहरूद्वारा दु:ख प्रकट 

मुख्य सरोकारवालाका रूपमा हिंसात्मक द्वन्द्वका पीडितहरूले वर्षौंदेखि एक्लो संघर्ष गर्दै आएको भन्दै पत्रमा महासचिव गुटेरेसलाई उनीहरूको  भूमिका र महत्वबारे स्मरण गराइएको छ।

जिल्लाबाहिर जान हुम्लावासीलाई सास्ती, पहुँचका भरमा हवाई टिकट बाँडेको गुनासो

तीनचार दिनको अन्तरालमा एउटा उडान गर्ने निजी जहाजले फोनका आधारमै टिकट बाँडफाँट गर्ने गरेको सिमकोट विमानस्थलमा भेटिएका सर्वसाधारण बताउँछन्।

उद्योगसचिव भन्छन्– भारतले प्रतिबन्ध नहटाएसम्म चिनीको समस्या समाधान गर्न कठिन

चिनीको समस्या समाधान गर्न आन्तरिक उत्पादन बढाउने उद्देश्यले सरोकारवालासँग छलफलको थालनी भएको उद्योगसचिव मुकुन्दप्रसाद निरौलाको भनाइ छ।

बुद्ध जन्मस्थलबाट संसारभर भइरहेका द्वन्द्व अन्त्य गर्न महासचिव गुटेरेसको आह्वान

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने, “बुद्धका सन्देश, पञ्चशीलको सिद्धान्त र राष्ट्रसंघको ‘मिसन’ मिल्दोजुल्दो छ। यो शान्तिको मुहान लुम्बिनी घुमौँ र यहाँबाट सबैले सिकौँ।”

संक्रमणकालीन न्याय प्रक्रिया तत्काल शुरू गर्न माग गर्दै द्वन्द्वपीडितको प्रदर्शन

द्वन्द्वपीडितले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण अल्झिरहेको संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सफल होस् भन्ने कामनासमेत गरेका छन्।

एम्बुलेन्सको ठक्करबाट वृद्धाको मृत्यु 

ठक्करले गम्भीर घाइते भएकी उनको उपचारका क्रममा भद्रपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।