AnonymousUser

Logout

इजरायलमा ज्यान गुमाएका थप एक विद्यार्थीको शव नेपाल आइपुग्यो

हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना विद्यार्थीमध्ये अहिलेसम्म नौ जनाको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

जाजरकोट भूकम्प : मृतकको संख्या १४३ पुग्यो, १६६ जना घाइते

प्रहरीका अनुसार शनिबार दिउँसो साढे तीन बजेसम्म जाजरकोट र रूकुमपश्चिममा भूकम्पका कारण मृत्यु हुनेको संख्या १४३ पुगेको हो भने १६६ जना घाइते रहेको छन्।

लुम्बिनीले भूकम्प प्रभावितको कोषमा डेढ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

भूकम्पमा घाइते भएका ७ जनालाई काठमाडाैँ ल्याइयाे, त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

गम्भीर घाइते भएका ७ जनालाई नेपाल वायुसेवा निगमको जहाजबाट काठमाडाैँ ल्याइएको हो।

भूकम्पपीडितको उद्धार र राहत एकद्वार प्रणालीबाट : गृहमन्त्री

गृहमन्त्री श्रेष्ठले भूकम्पमा परी घाइते भएकाहरूको सम्बन्धित स्थानमै उपचारको व्यवस्थालाई पहिलो प्राथमिकतामा राख्दै खोजी, उद्धार र उपचारलाई प्रमुख नीति बनाएको बताए।

भूकम्पमा घाइते भएकाको प्रभावकारी उपचारका लागि मानवअधिकार आयोगको अपिल

मानवअधिकार आयोगले भूकम्प प्रभावितलाई राहत एवं उद्धारमा जुट्न सरकार, राजनीतिक दललगायत सम्बद्ध सबै पक्षलाई अपिल गरेको छ।

कस्तो हो जाजरकोट भूकम्प, पश्चिम पहाडमा कति छ ठूलो भूकम्पको जोखिम?

पछिल्लो एक वर्षयता पश्चिम नेपालका पहाडी जिल्लामा पटक–पटक भूकम्प गइरहे पनि विनाशकारी भूकम्प, त्यसमा पनि महाभूकम्पकै खतरा यथावत् छ।

भूकम्पमा परी घाइते एक जनाको नेपालगन्ज ल्याउँदै गर्दा मृत्यु, दुईको अवस्था गम्भीर

भूकम्पमा परी घाइते भएका एक जनाको उपचारका लागि नेपालगन्ज ल्याउने क्रममा मृत्यु भएको छ भने भेरी अस्पतालमा उपचाररत दुईको अवस्था गम्भीर रहेको छ।

भूकम्पले क्षति पुर्‍याएका बाहेकका स्थानमा विद्युत् सुचारु

जाजरकोट र रूकुम पश्चिमका धेरै भौतिक संरचना क्षति भएका क्षेत्रमा मात्र लाइन काटिएको र अन्य स्थानमा विद्युत् नियमित रूपमा आपूर्ति भइरहेको नेपाल विद्युत् प्राधिकरणले‍ जनाएको छ।

भूकम्प प्रभावित क्षेत्रमा सुदूरपश्चिम सरकारको सहयोग: १ करोड रुपैयाँ र २० चिकित्सकको टोली

प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल कर्णाली प्रदेश सरकारको कोषमा सहयोग गर्ने निर्णय गरेको हो।

उद्धार तथा राहतका लागि जाजरकोट र रुकुम पश्चिममा सरकारले तत्काल ५/५ करोड रुपैयाँ पठाउँदै

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षमा बसेको बैठकले उक्त रकम पठाउने निर्णय गरेको हो।

भूकम्प प्रभावित क्षेत्रमा सशस्त्रका ३६७ जनशक्ति परिचालन

सशस्त्र प्रहरी बल नेपालले प्रभावित क्षेत्रहरूमा विपद् उद्धारमा दक्ष जनशक्ति परिचालन गरेको छ भने अन्य युनिटहरूबाट समेत फौज परिचालनका लागि तयारी हालतमा राखिएको जनाएको छ।

भूकम्पका कारण ठाउँ–ठाउँमा पहिरो, आवतजावतमा समस्या

पहिरोका कारण रुकुम पश्चिमको कालेखोलास्थित सडकमा अवरोध भएको छ। यद्यपि, यसले घाइतेको उद्धारमा भने समस्या नभएको प्रहरीले जनाएको छ।

भूकम्प अपडेट: १३३ जनाको मृत्यु, १८५ घाइते

भूकम्पका कारण जाजरकोटमा ९५ जनाको तथा रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ। घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगन्ज तथा अन्य ठाउँमा लैजाने क्रम जारी छ। 

‘भागेर धन्न बाचेँ’

भूकम्प गएको बेला हामी भर्खर निदाएका थियौँ। एक्कासि घर हल्लाउन थाल्यो। सबै जना उठेर कराउन थाले। करिब पाँच सेकेन्डको धक्काले सबै ध्वस्त बनायो।

सेना भन्छ– प्रभावित क्षेत्रमा खोज र उद्धार तीव्र बनाएका छौँ, ४ मेडिकल टिम परिचालित छ

शनिबार एक विज्ञप्ति जारी गर्दै सेनाले रातिबाटै प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरेको बताएको छ ।

जाजरकोट भूकम्प पीडितको राहत कोषमा कांग्रेसले ५० लाख दिने

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्तिमार्फत सहयोगको घोषणा गरेका हुन्। 

नालगाडका ७ घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लगियो

घाइतेको सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

वीर र एपीएफ अस्पतालका १३ जना स्वास्थ्यकर्मी भूकम्प प्रभावित क्षेत्रतर्फ

रुकुम पश्चिमको भूकम्पमा परी घाइते भएकाको उपचार गर्न वीर अस्पताल र सशस्त्र प्रहरी बल (एपीएफ) अस्पतालका १३ जना स्वास्थ्यकर्मीको टोली त्यसतर्फ गएको छ। 

जाजरकोट भूकम्पप्रति दुःख व्यक्त गर्दै मोदीले भने– सहयोग गर्न तयार छौँ

नेपाली जनताको दुःखको बेला साथमा रहेको र हरसम्भव सहयोग गर्न तयार रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइ छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।