दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएका थप तीन नेपाली विद्यार्थीको शव पहिचान भएको दूतावासले जनाएको छ।
उनीहरूले ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ईसेवाको आइडी, बैंक खातासँग लिङकअप गराई खाता नवीकरण, केवाइसी फारम अपडेट, सिस्टम भेरिफाई आदि गराई ठग्ने गरेको पाइएको प्रहरीले जनाएको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पाटन दरबार क्षेत्रको अवलोकन गरेका छन्।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक मानवअधिकारमैत्री बनाउनुपर्ने, ‘जनयुद्ध दिवस’ का नाममा बिदा दिने निर्णय खारेज गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शन गरिएको समाजका अध्यक्ष बरालले बताए।
इजरायली डिफेन्स फोर्स र हिजबुल्लाह समूहबीच भएको रकेट हमलामा परेर घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
आफ्ना श्रीमान हत्या गरेको आरोपमा थुनामा रहेका रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा सरकारले आम माफी दिएपछि भारती त्यसको विरोध गर्दै अनसन बस्दै आएकी छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले सडकमा गुडेका सवारीसाधनको गति लेजरयुक्त 'स्पिड गन' द्वारा टाढैबाट नाप्ने प्रविधिको प्रयोगमा तीव्रता ल्याएसँगै अत्यधिक गतिका सवारी साधन कारबाहीमा परिरहेका छन्।
चारैजनाको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याइएको हो। अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रहरीको अनुमान छ।
'दशैँमा जुटाएको दामले घर खर्च भ्याएन। तीस/चालीस हजार रुपैयाँ त ऋण नै खोज्नुपर्यो'
सुन्तला खेतीमा आवश्यक पर्ने मलका लागि तीनवटा जर्सी जातका गाई र एक साँढे पालिएको छ। गाईको दूध बेचेर एक जनाको तलब व्यवस्थापन गरिएको छ।
राष्ट्रसंघका महासचिवको करिब १५ वर्षपछि नेपालमा हुन लागेको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ।
देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राष्ट्रसंघका महासचिव गुटेरेसले आइतबार शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग र प्रधानमन्त्री दाहालसँग उनको कार्यालयमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा दशैँ, तिहार, छठ पर्वका अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान समारोहमा राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन्।
विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै यो क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको छ।
पर्वतको जलजला गाउँपालिका–८ नागलीवाङस्थित फर्सेमा रहेको शिवालय चौपारीघाटबाट वर्षायामको बाढीसँगै अवैधरूपमा बालुवा र ढुंगा उत्खनन् गरिएपछि घाटनै गायब भएको छ।
सक्षम र योग्य उम्मेदवार डा. आचार्यको पक्षमा प्रधानमन्त्री नै सार्वजनिक रूपमा एक शब्द नबोली मौन बसेपछि सरकार उदासीन देखिएको टिप्पणी निर्वाचनको अन्तिम घडीसम्म आइपुग्दा पनि भइरहेको छ।
३५ दिनभित्र संरचना नहटाए महानगरपालिका आफैँले हटाउने र संरचना हटाउन लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल्ने जनाएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सूतक शनिबार दिउँसो ४ः१९ बजेदेखि शुरू हुनेछ।
ती व्यक्तिले विभिन्न सरकारी कार्यालय तथा संघसंस्थामा पुगेर आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भन्दै ठग्ने र लाभ लिने गरेको प्रहरीले जनाएको छ।