AnonymousUser

Logout

काठमाडौँमा प्रहरीको निःशुल्क बस सेवा

दशैँको टीका लगाउन आवतजावत गर्नेको सहजताका लागि उपत्यकाका दुई वटा मार्गमा निःशुल्क बस सेवा सञ्चालन गरिएको प्रहरीले जनाएको छ। 

पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमतीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको समेत सम्भावना छ। 

राष्ट्रपतिले विशिष्टदेखि सर्वसाधारणलाई टीका लगाइदिने

राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्ने व्यक्तिले मर्यादित पोसाकमा १ नं प्रवेशद्वारबाट राष्ट्रपति कार्यालय प्रवेश गर्नुपर्ने छ।

पर्यटक बढाउन पदमार्ग निर्माण

मोटरबाटो तथा पदमार्ग निर्माण नहुँदा पर्यटकीयस्थल छायाँमा परेका छन्। कतिपय सडकले जोडिएका ठाउँमा पनि स्तरोन्नति गर्न नसक्दा पर्यटकलाई समस्या हुने गरेको छ। 

राष्ट्रिय एकताका पक्षमा सकारात्मक भाष्य निर्माण गर्ने अठोटका साथ दशैँ मनाऔँ: प्रधानमन्त्री दाहाल

राष्ट्रसामु विद्यमान चुनौतीको सामना गर्न राष्ट्रिय एकताका पक्षमा सकारात्मक भाष्यको निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाउन उनले आह्वान गरेका हुन्। 

चार वटा कानून दिएर झन्डै वर्षदिन गुजार्दै संघीय संसद्

निर्वाचनपछि गठित प्रतिनिधिसभाको बैठक बस्न थालेको ९ महिना पुगिसकेको छ। तर संसद्ले जम्माजम्मी चार वटा मात्र कानून बनाएर यो अवधि गुजारेको छ। 

टीकाको दिन प्रहरीले काठमाडाैँमा नि:शुल्क बस चलाउने

बिहान साढे ८ बजेदेखि साँझ ४ बजेसम्म विभिन्न दुई रुटमा बस सञ्चालन गरिने प्रहरीले जनाएको छ।

सहारा बनेको छोरो बाकसमा फर्किँदा…

छोराको मृत्युको खबरपछि अर्धचेत अवस्थामा दार्चुलाको लेकम गाउँपालिका–५ बाट महेन्द्रनगर झरेकी आमा पार्वती छोराको शव देखेपछि बेहोस भइन्। परिवार र आफन्त र टोलबासीका आँखा रसाए।

गाउँमा दशैँको रौनक: आफन्तसँगै फर्कियो खुशी

तनहुँका ग्रामीण भेगमा दशैँको उल्लास रहेको छ। देश तथा विदेशमा रहेका आफन्त र परिवारसँगै गाउँको खुशी नै फर्किएको भिमाद नगरपालिका–९ का शिवकुमार आलेले बताए।

कस्तो रहनेछ सोमबारको मौसम?

दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकीको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। 

पाल्पा दुर्घटना उपडेट : मृतक ६ जनाको सनाखत, चालक गम्भीर घाइते

मृत्यु हुनेमा पाँच जना नवलपरासी(बर्दघाट सुस्ता पूर्व) र एक जना लमजुङका रहेका छन्।

इजरायल घटनाका मृतकको शव आफन्तलाई बुझाइयो

नेपाली सेनाको स्काइ ट्रकमार्फत् शवलाई धनगढी विमानस्थलमा पुर्‍याइएको थियो।

इजरायलमा मृत्यु भएका ४ विद्यार्थीको शव धनगढी पुर्‍याइयो

फ्लाई दुबईको विमानमार्फत आइतबार नेपाल ल्याइएका चार वटै शवलाई आजै नेपाली सेनाकाे हेलिकोप्टरमार्फत धनगढी पुर्‍याइएको हो। 

एमसीए–नेपालको परियोजनामा परामर्शदाताबीच विवाद, नयाँ प्रविधिबाट बन्न लागेको सडकको भविष्यप्रति विज्ञको चिन्ता

विदेशी विशेषज्ञको कार्यप्रणालीलाई नेपालमा राम्रो मानिँदै आए पनि यस परियोजनाको मुख्य परामर्शदाता युरोपेली कम्पनी स्वेकाले आफूहरूसँग व्यावसायिक अविश्वास गरेको आरोप नेपाली साझेदार डेभटेकले लगाएको छ। 

पाल्पाकाे रानीमहल दरबार नजिकै जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

पर्यटकीय स्थल रानीमहल नजिकै बैकुण्ठे भीरबाट जीप खोलामा खसेको प्रहरीले जनाएको छ।

धार्मिक विद्यालयमा नमूना बन्दै 'मदरसा आधारभूत नुरुल हुदा'

उर्दू विषयका साथै नेपाल सरकारले निर्धारण गरेका सबै विषय नेपाली, अंग्रेजी माध्यममा एउटै विद्यालयमा पढाइ हुने भएकाले यो मदरसा मुस्लिम विद्यार्थीको रोजाइमा पर्ने गरेको छ।

इजरायलबाट थप एक विद्यार्थीको शव नेपाल ल्याइयो

योसँगै नेपाल ल्याइएका ४ वटा शव नेपाली सेनाको हेलिकोप्टरमार्फत आइतबार नै कैलालीको धनगढी लैजाने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

इजरायल–लेबनान सीमा क्षेत्रमा आक्रमण बढेसँगै त्यहाँ बस्ने नेपालीलाई सावधानी अपनाउन दूतावासको आग्रह

पछिल्लाे समय लेबनानसँगको सीमा क्षेत्रमा त्यहाँको विद्राेही समूह हिज्बुल्लाहको आक्रमण बढीरहेकाले दूतावासले त्यस क्षेत्रमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

राष्ट्रपति पौडेलले गरे पलान्चोक भगवतीको दर्शन

दशैँका अवसरमा महाअष्टमीको दिन राष्ट्र प्रमुखले पलान्चोकसहित नवदुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा छ। 

भूकम्पले धादिङमा भत्किए २० घर

भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका–५ कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।