नेपालमा हाल भारतको पश्चिम बंगाल र बंगलादेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ।
कानूनीराज चल्नुपर्ने देशमा ‘नेताको राज’ हाबी हुँदा केसम्म हुन्छ भनेर देखाउने तस्वीर बनेको छ पछिल्लो आठ वर्षमा सत्ता–शक्ति दुरुपयोग गरेर ९ हजार ४३८ जनालाई दिएको माफी मिनाहा र कैद छुट।
महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारको विरोधमा फेसबुक स्ट्याटस लेखेका स्थानीय बद्रीनाथ झालाई प्रहरीले पक्राउ गरेर साइबर अपराधमा अनुसन्धान थालेको छ।
कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्षपछि दुई देशबीच श्रम क्षेत्रमा समेत थप सम्झाैता कायम भएको हाे। पछिल्लाे समय राेमानिया नेपाली श्रमिककाे लागि राेजाइकाे गन्तव्य बन्दै गएकाे छ।
बझाङ पुगेका प्रधानमन्त्री दाहालले भूकम्पबाट भएको क्षति अवलोकनपश्चात् राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि राहतको घोषणा गरेका हुन्।
प्रधानमन्त्री दाहालले भूकम्पले बढी क्षति गरेका स्थानको अवलोकन गर्नुका साथै पीडितलाई आवश्यक राहत पुर्याउन स्थानीय निकायलाई निर्देशनसमेत दिएका छन्।
बेँसीशहर–चामे सडकखण्डअन्तर्गत मनाङको खोत्रोडाँडाबाट सडकमा झरेको ढुंगा पन्छाउने क्रममा सडकबाट करिब १०० मिटर तल मर्स्याङ्दी नदी किनारमा खसेका थिए।
नेपालगन्जमा यसअघि दिउँसोको समयमा कर्फ्यु खुकुलो बनाइएको थियो।
बझाङमा गत मंगलबार ठूलो भूपम्प गएयता निरन्तर स–साना पराकम्पहरू भइरहेका छन्। भूकम्पमा एक जनाको मृत्यु भएको थियो।
दिउँसो कोशी, मधेश, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको मौसम सामान्यतया सफा रहनेछ।
जीतपुरसिमरा उपमहानगरको कार्यालयमा भएको छलफलपछि शिक्षक ब्रह्मदेव पासवानलाई साबिकै विद्यालयमा पठाउने निर्णय गरिएको हो।
मधेश प्रदेशका अन्य प्राथमिकतालाई पन्छाएर मुख्यमन्त्री सरोजकुमार यादवको ध्यान 'जनक दरबार' बनाउन केन्द्रित भएपछि उनीविरुद्ध आलोचनात्मक टिकाटिप्पणी शुरू भएको छ।
आयोगले सुन तस्करीसम्बन्धी विभिन्न विषयमा कात्तिक १६ गतेसम्म सूचना र सुझाव संकलन गर्ने जनाएको छ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विमानको ‘टिकास उपकरण’मा समस्या देखिएपछि काठमाडौँ फर्काइएको हो।
मुस्ताङमा पर्यटकको बढ्दो आकर्षणलाई आत्मसात् गर्दै सडक पूर्वाधारलाई सहज बनाउन स्थानीयले सरकारसँग माग गरेका छन्।
कोशी, बागमती र गण्डकीका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
बढ्दो सामाजिक सञ्जालको दुरुपयोगलगायत राष्ट्रिय सुरक्षासँग सम्बन्धित घटना तथा त्यसको समाधान र न्यूनीकरणका लागि अपनाउनुपर्ने भावी रणनीतिसम्बन्धी विषयमा छलफल भएकाे छ।
बिहीबार बिहानका लागि बोलाइएको बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनःस्थापनालगायतका विषयमा छलफल हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयले जनाएको छ।
सद्भाव बिथोलिनेखालका घटनाक्रम तीव्र बनेपछि मंगलबारदेखि कर्फ्यु लगाइएको नेपालगन्जमा सद्भाव बिथोल्न केही समूह सक्रिय रहेको सूचना साढे तीन महिनाअघि नै गृहमन्त्रालय पुगेको थियो।
राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिको बुधबार बसेको बैठकमा उनीहरूले दुई देशबीचको सीमा निर्धारण प्रक्रियालाई टुंगाेमा पुर्याइ आधिकारिकता दिनुपर्ने भनाइ राखे।