AnonymousUser

Logout

वैदेशिक राेजगारीकाे प्रलाेभन देखाएर ठग्दै आएका पाकिस्तानी र अजरबैजानी नागरिक पक्राउ

उनीहरूले ८० लाख रुपैयाँ ठगी गरेको खुल्न आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

जर्मनी र रोमानियासँग श्रम सम्झौता गर्न स्वीकृति

पछिल्लो समय युराेपेली देश नेपाली श्रमिकको रोजाइको गन्तव्य बन्दै गएका छन्।

नेपालगन्जमा सर्वपक्षीय बैठकको निर्णयः सामाजिक सद्भाव बिथोल्ने गतिविधि गर्नेलाई कारबाही गरिने

साथै शान्ति सुरक्षाको वर्तमान अवस्थालाई सामान्य अवस्थामा ल्याउँदै नेपालगन्ज क्षेत्रमा हाल जारी रहेको कर्फ्युलाई घटाउँदै लैजाने निर्णय भएको छ। 

चाडपर्व लक्षित सडक मर्मतका लागि पनि बजेट अभाव

बजेटको अभावका कारण दशैँअघि नै सडक मर्मतसम्भार र यातायात व्यवस्थापनको काम भनेजस्तो हुनसक्ने अवस्था नरहेको यातायातमन्त्री प्रकाश ज्वालाको भनाइ छ।

गोरखामा पहिलाेपटक दिइयाे आमाको नामबाट नागरिकता

 नेपाल सरकारबाट नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० जारी भएपछि गाेरखामा पहिलाेपटक आमाकाे नामबाट नागरिकता दिइएकाे हाे।

अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएपछि अवरुद्ध बनाइएकाे पृथ्वी राजमार्ग पीडित पक्ष र प्रहरीबीच सहमतिपछि खुलाइएकाे हाे।

बझाङमा भूकम्प जाने क्रम जारी, ४ म्याग्निच्युडमाथिका ११ भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूगर्भविद् डा. लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनसुकै बेला पनि भूकम्प जानसक्ने बताउँछन्।

मेलम्चीमा बाढी: अस्थायी पुल र सडकमा क्षति, यातायात अवरुद्ध

बाढीले पुलमा क्षति पुर्‍याएपछि मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाउँपालिका–२ र ३ तथा पाँचपोखरी–१ र २ वडाका बासिन्दा प्रभावित भएका छन्।

मलेखुमा ट्रकको ठक्करबाट २ विद्यार्थीको मृत्यु, यातायात बन्द

घटनापछि स्थानीयले पृथ्वी राजमार्गको मलेखु क्षेत्रमा यातायात बन्द गराएका छन्। ट्रक चालक रौतहट चन्द्रपुर–२ का ४१ वर्षीय अशोक बम्जनलाई प्रहरीले नियन्त्रण लिएको छ। 

बझाङ भूकम्प अपडेट: १ जनाको मृत्यु, १३५ घर भत्किए

भूकम्पबाट ११ जना घाइते भएका छन्। दुई जना उपचारपछि घर फर्किएका छन् भने नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। 

बुधबार कहाँ–कहाँ हुँदैछ वर्षा?

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा दिउँसो भारी वर्षा हुने महाशाखाले जनाएको छ।

चाडपर्वका बेला कृत्रिम अभाव सिर्जना गर्नेलाई कडा कारबाही गर्ने सरकारको चेतावनी

सरकारले चाडपर्वमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तु कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धि गर्दै वस्तु बिक्रीवितरण गर्नेजस्ता अनुचित कार्य गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।

यसपालिको दशैँको टीकाको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा

विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान ११ः२ बजे शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

बझाङ भूकम्प : तीन घाइते, एक जना बेपत्ता

बझाङ केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पमा परी तीन जना घाइते भएका छन्। 

बझाङमा ६.३ म्याग्निच्युडको भूकम्पः घरहरू भत्किए, राजमार्ग अवरुद्ध

म‌गलबार दिउँसाे आधा घण्टाकाे अन्तरमा बझाङमा गएका दुईवटा भूकम्पले त्यहाँका केही भाैतिक संरचनामा क्षति पुर्‍याएकाे छ

बाँकेको नेपालगन्जमा अनिश्चितकालीन कर्फ्यु

मंगलबार दिउँसो १ बजेदेखि लागू हुने गरी कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ। 

वैदेशिक रोजगारीः विदेशबाट फर्किंदा मोबाइल, टीभी र सुन के–कति मात्रामा ल्याउन पाइन्छ, थाहा पाउनुस्

सामाजिक सुरक्षा कोषमा सूचीकृत भएकाहरूले जुनसुकै आकार प्रकारको टीभी ल्याउँदा भन्सार तिर्नु पर्दैन।

रूपाताल जोगाउन शुरू भएको परियोजनाबाटै ताल जोखिममा, सडक बनाउन जथाभाबी चलाइयो डोजर

रूपाताल जोगाउन ६ वर्षदेखि चलिरहेको परियोजनाले सडक विस्तारका लागि जथाभाबी डोजर चलाउँदा ढुंगामाटो तालमै थुप्रिन थालेको छ। ठाउँठाउँमा पहिरो जाँदा तालको पानीको स्रोतसमेत सुक्नसक्ने विज्ञहरूको चिन्ता छ।

पर्सामा मिटर ब्याजसम्बन्धी ३८८ उजुरी फर्छ्यौट, २ मुद्दा दर्ता

मिटर ब्याजीविरुद्ध अनलाइनबाट दर्ता भएका उजुरीमा सबैभन्दा बढी लेनदेन र जग्गा–जमिनसम्बन्धी छ। कसै–कसैले थोरै रकम दिएर त्यसबापत बढीको कपाली तमसुक गरेको पनि पाइएको छ।

पाथीभरा सडकमा ठेकेदारको लापरबाही: तीर्थयात्रीलाई सास्ती

काठमाडौँको कन्टेक प्रालिले २०७८ पुसमा सुकेटारबाट काफ्लेपाटीसम्म १० किलोमिटर सडक कालोपत्र गर्ने ठेक्का लिएको थियो। निर्माण समय सकिन आठ महिना बाँकी हुँदा उसले ११ प्रतिशत मात्रै काम गरेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।