AnonymousUser

Logout

कस्तो रहनेछ शनिबारको मौसम?

कोशी, मधेश र बागमतीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाँडीगाउँमा पनि मनाइयो इन्द्रजात्रा (भिडियो)

हाँडीगाउँमा मनाइएको इन्द्रजात्रा महोत्सवमा देवीदेवताको पूजाआजासहित रथयात्रा, लोप हुन लागेका खेल प्रतियोगिताका साथै नेवारी खानाका स्टलसमेत राखिएका थिए।

काठमाडौँमा बढे डेंगीका बिरामी, अझै एक महिना जोखिम

काठमाडौँ महानगर स्वास्थ्य सेवा विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार विगतका वर्षको तुलनामा यस वर्ष असोजको पहिलो सातासम्म डेंगीका बिरामी नगण्य मात्रामा थिए, तर अहिले बिस्तारै बिरामी बढिरहेका छन्।

अभिनेता अनमोल केसी पक्राउ

केसीलाई आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी गरी भक्तपुरको साँगाबाट पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरूबीच पाँचबुँदे सहमति भएको छ।

खाद्यको सिमकोट शाखाले बेच्यो कुहिएको चामल

सिमकोट शाखाले हुम्लाको नाम्खा गाउँपालिका–५, मुचुगाउँका स्थानीयलाई कुहिएको चामल बिक्री गरेको पाइएको छ।

विद्युत् खम्बाको बत्ती निभाउने क्रममा करेन्ट लागेर मृत्यु

शुक्रबार बिहान रामग्राम नगरपालिका–७ का जयप्रकाश यादव खम्बाको बत्ती निभाउन गएका थिए। सोही क्रममा उनलाई करेन्ट लागेको थियो।   

एउटा धर्मशाला जसले खुट्टा गुमाएर घिस्रिन बाध्य भएका हजारौँलाई हिँडाइरहेको छ  (भिडियो कथा)

गौशालामा रहेको मारवाडी सेवा समितिको धर्मशालाले खुट्टा नहुनेहरूका लागि कृत्रिम खुट्टा निःशुल्क वितरण गर्दे आएको छ। २०५९ सालदेखि हालसम्म करिब ६ हजार जनाले यो सेवा लिइसकेका छन्।

म्याग्दीको महभीर गाउँ पहिरोको जोखिममा, खानेपानी अवरुद्ध

बस्तीमाथिको पाखोबाट खसेको पहिरोले दुई घर भत्किनुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुगेको छ। १३ घर जोखिममा छन्।

बिरामीको उपचारमा लापरबाही गर्ने २ जना मेडिकल सञ्चालक पक्राउ

व्यास नगरपालिका–३ पराशर टोलस्थित प्रजुन थापा मेडिकल हल सञ्चालक विष्णुकुमारी गरौजा र अनसनचौतारास्थित मित्रता स्वास्थ्य क्लिनिकका सञ्चालक चन्द्रबहादुर चौधरी पक्राउ परेका छन्। 

पहाडी भूभागमा चट्याङहित हल्का वर्षाको सम्भावना

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।

हुम्ला हुँदै मानसरोवर यात्राका लागि चीनसँग सैद्धान्तिक सहमति : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हुम्लाको बाटो भएर कैलाश पर्वत र मानसरोवर तालको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइने बताएका छन्।

सत्तासँग आमनागरिक रुष्ट छन् – पूर्वप्रधानन्यायाधीश कार्की 

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले देशमा सुशासन, विकास र समृद्धिको खाँचो रहेको तर सत्तामा बस्नेहरूले त्यसतर्फ ध्यान नै नदिएको बताइन्।

एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

एनआरएनएको अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छन्। एनआरएनएको ११औँ महाधिवेशन आउँदो असोज ३० गते काठमाडौँमा शुरू हुँदैछ।

अन्धाधुन्ध रूपमा भइरहेको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले राम्रो प्रयत्न गरेन : माधव नेपाल

एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले माइतीघर मण्डलमा आन्दोलनरत शिक्षकहरूको न्यायोचित र जायज मागहरू पूरा गर्नुपर्ने बताए।

इन्द्रजात्रा अवलोकन गर्न हिँडेर गद्दी बैठकसम्म पुगे राष्ट्रपति पौडेलसहितका उच्चपदस्थहरू (तस्वीरहरू)

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति, उपराष्ट्रपतिलगायत उच्चपदस्थहरू तथा जनप्रतिनिधिहरू जुद्ध सालिकदेखि हिँडेर हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक पुगेका थिए।

अछामको रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस

रामारोशनमा दर्जनौँ समथर फाँटहरू र यहाँ पुल्ने फूल यहाँका आकर्षण हुन्। पाटनमा डाँफे, मुनालजस्ता चरा, कस्तुरी र झारल पनि देख्न सकिन्छ।

प्रधानमन्त्री दाहालले गरे कैलाश पर्वत र मानसरोवरको अवलोकन

चीन भ्रमणमा रहे‍को प्रधानमन्त्री दाहालसहितको टोलीले बिहीबार कैलाश पर्वत र मानसरोवरको अवलोकन गरेको छ।

स्वास्थ्यसेवा बन्द नहुने वातावरण बनाउन मानवअधिकार आयोगको आग्रह

स्वास्थ्यसेवा बन्द गरी आन्दोलन नगर्न र नागरिकको स्वास्थ्योपचारको हक सुनिश्चित गर्न आयोगले सरकार, स्वास्थ्यकर्मी र सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ।

सर्लाहीमा चिताबाट शव बरामद, श्रीमान्‌सहित ३ जना पक्राउ

घटना शंकास्पद देखिएपछि प्रहरीले मृतक मृतकका श्रीमान् सुनिल साहसहित परिवारका तीन जनालाई पक्राउ गरेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।