विमानस्थलमा अनलाइन यूपीएस जडान गर्नका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बन्द गर्न लागिएको हो।
पेटको समस्यामा सुधार नआएपछि चिकित्सकको सल्लाहअनुसार राष्ट्रपति पौडेललाई नयाँदिल्ली लैजान लागिएको उनको सचिवालयले जनाएको छ।
निर्माण कार्य गर्दा तोकिएको सर्त पालना नगरे पाँच हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गरिने र अनधिकृत रूपमा राखिएका सामान उठाएर लगिने महानगरले जनाएको छ।
डढेलो र धुवाँ फाल्ने पुराना सवारी मात्र नियन्त्रण गर्दा काठमाडौँ उपत्यका श्वास लिनलायक बन्ने विज्ञहरू बताउँछन्। यति काम पनि नगर्दा बढ्दो प्रदूषण आयु छोट्याउने कारण बन्दैछ।
अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक आरोहीको मृत्यु भएको छ भने एक जना हराइरहेका छन्।
द्वन्द्वपीडित परिवारका सदस्य शोभा बीसीले टीआरसी विधेयक पीडकलाई उन्मुक्ति दिने किसिमको रहेकाले संशोधनको माग गर्दै आन्दोलन गरेको बताइन्।
चीन र नेपालका सुरक्षा निकायबीच भएको द्विपक्षीय बैठकमा कोरोना संक्रमणबाट सावधानी अपनाउँदै नाका खोल्ने सहमति भएको छ।
सुर्खेतको एसपीए सूर्य जेभीले २०७५ चैतमा सक्ने गरी २०७३ असोजमा १० करोड ५० लाख रुपैयाँमा पुल निर्माणकाे जिम्मा लिएको थियो।
भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु अन्नपूर्ण हिमाल आरोहण सफल नभएपछि आधार शिविर फर्कने क्रममा चिप्लिएर बेपत्ता भएको बताइएको छ।
प्रदर्शनमा उत्रिएकामध्ये ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको मिटरब्याज पीडितका एक सदस्यले बताए। आफूलाई लखेट्न पानीको फोहोरा र लाठीचार्जसमेत गरेको प्रदर्शनकारीको भनाइ छ।
रोल्पा गंगादेव गाउँपालिका–४ का वडाध्यक्ष कृष्ण वलीको घरमा अवैध हतियार भेटिएपछि प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान अगाडि बढाएको छ।
प्रहरी र मिटरब्याज पीडितबीचको झडपका कारण शान्तिवाटिका क्षेत्र तनावग्रस्त बनेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको शीर्ष तीन दलका नेताबीचको छलफलमा संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीश नियुक्त गर्न सहमति जुटेको छ।
जनगणना २०७८ अनुसार सम्पत्तिको स्वामित्व र रोजगारीको अवसरमा पुरुषकै वर्चस्व छ। ११.८ प्रतिशत परिवारका महिलाको नाममा घर र जग्गा छ। दक्षतामा आधारित रोजगारी र व्यवस्थापकीय काममा ९ प्रतिशत मात्र महिला छन्।
मिटरव्याज पीडितहरूले धर्ना दिइरहेको शान्तिवाटिकालाई सोमबार १० बजेदेखि प्रहरीले घेराबन्दी गरेर गेटबाट बाहिर निस्कन दिएको छैन। पीडितहरूले प्रदर्शनको तयारी गरेपछि प्रहरीले घेराबन्दी गरेको हो।
मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–६ बस्ने ३९ वर्षीय कुलबहादुर सुनार छन्। अन्य घाइतेको जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।
विराटनगर महानगरले सडकमा हुने पार्किङलाई हटाएर व्यवस्थित पार्किङ स्थल बनाउन शुरू गरेको छ। अब विराटनका मुख्य चोक तथा बजारका सडक किनारमा गाडी राख्न पाइने छैन।
काठमाडौँ विश्वकै बढी प्रदूषित हुने शहरमा परेपछि विज्ञहरूले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।
राजकुमारी थानीसहित अमेरिकाकी अन्ना गुटु र फ्रान्सकी अलस्डेयर स्कट म्याकेन्जी तथा नेपाली गाइडहरू मिङ्मातेन्जी शेर्पा, दोर्ची शेर्पा र तेजन गुरुङले अन्नपूर्णकाे आराेहण गरेका छन्।
तुलसीपुर उपमहानगरभित्र पर्ने ग्रामीण भेगका बस्ती अझै विकासको दृष्टिले पछि परेका छन्। त्यहाँका स्थानीयले पालिकाको सेवासमेत सहज रूपमा पाउन सकेका छैनन्।