स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। उनी चिकित्सकको निगरानीमा रहेको अस्पतालले जनाएको छ।
मिटरब्याज पीडितको समस्या अहिले पनि समाधान नभए कहिल्यै नहुने प्रधानमन्त्री दाहालले बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न पीडितहरू शनिबार बिहान बालुवाटार पुगेका छन्।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ।
सरकारले गठन गरेको वार्ता समिति र संघर्ष समितिबीच गृह मन्त्रालयमा वार्ता शुरू भएको हो। यसअघि बिहीबार भएको वार्ता बिनानिष्कर्ष टुंगिएको थियो।
दिउँसो देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङहित वर्षाको सम्भावना छ। हिमाली भूभागमा हिमपातसमेत हुने महाशाखाले जनाएको छ।
सरकारी टोलीले 'टालटुले प्रस्ताव'मा सम्झौता गराएर तत्काललाई आन्दोलन रोक्न खोजेको पीडितका तर्फबाट वार्तामा सहभागीहरूको भनाइ छ। स्थायी समाधानको सहमति नभएसम्म आफूहरूले काठमाडौँ नछाड्ने पीडित बताउँछन्।
'काठमाडौँले न्याय दिन्छ भन्ने सुनेका थियौँ। न्याय दिन सकिँदैन भने हामीलाई बरु यहीँ मार्नु, तर हामी यत्तिकै फर्कँदैनौँ।'
सिर्सिया नदी दुर्गन्धित बनाउने पाँच उद्योगलाई तीन लाखका दरले जरिबाना गरिएको छ भने स्थानीय तहले अन्य उद्योगलाई पनि कारबाहीको दायरामा ल्याउने प्रक्रिया अगाडि बढाएका छन्।
दिउँसो पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने तथा साँझपख हावाहुरी चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मिटरब्याजका पीडितहरू हरेकको अलग–अलग पीडा छ। कसैले कोभिडको लकडाउनमा बच्चाको उपचार गर्न ऋण लिएका थिए भने कोहीले वैदेशिक रोजगारमा जान। यहाँ हामीले आन्दोलनमा रहेका २८ जना पीडितका कथा–व्यथा समेटेका छौँ।
रोजगारीका अवसर नहुनु, कृषि पेसाले मात्रै गुजारा नचल्नु, शिक्षा र स्वास्थ्यको राम्रो प्रबन्ध नहुनुलगायत कारणले जनसंख्या घट्दो क्रममा रहेको बागलुङको जैमिनी नगरपालिकाले जनाएको छ।
पशुपति क्षेत्रमा फोहोरमैला र प्रदूषण बढेपछि कोषले ‘स्वच्छ पशुपति सफा पशुपति’ भन्ने नारासहित सरसफाइ अभियान थालेको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित स्याओ केन्द्रबिन्दु भएर चार दशमलव छ म्याग्निच्युडको भूकम्प गएको छ।
दिउँसो देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
कोशी प्रदेश नामकरणविरुद्ध विराटनगरमा प्रदर्शनका क्रममा पहिचानवादी र प्रहरीबीच झडप भएको छ।
आफू सरकारमा हुँदा मिटरब्याज पीडितको मागलाई प्राथमिकतामा राखेर काम थालेको र यसलाई समाधान गर्न ठूलो समस्या नरहेको लामिछानले बताएका छन्।
यसअघि सरकारले गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै विभिन्न जिल्लाबाट भेला भएर मिटरब्याज पीडितहरू काठमाडौँ आएका छन्।
हावाहुरी र चट्याङ पर्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
बर्दिबासबाट पैदलयात्रा गरेर १२ दिनमा काठमाडौँको खुलामञ्च आइपुगेका मिटरब्याज पीडितहरूलाई नगरप्रहरीले गेटमा नै रोक्यो। भित्र धर्ना बस्न नपाएपछि उनीहरूले खुलामञ्चको गेटमा नै रात बिताउने बताएका छन्।