AnonymousUser

Logout

गोरखामा प्रधानमन्त्री दाहालले शिलान्यास गरे पन्थहिटी–साहिलटार सडक

प्रधानमन्त्री दाहालले गोरखा– २ स्थित पन्थहिटी–कटहरे–हर्मी हुँदै साहिलटार जोड्ने २० मिलोमिटर सडक स्तरोन्नती कार्यको शिलान्यास गरेका हुन्। 

आठ महिनामा काठमाडौँमा मात्रै ५ लाख ६१ हजार सवारीसाधन कारबाहीमा

काठमाडौँ उपत्यकामा ट्राफिक नियमको उल्लंघन गर्ने ५ लाख ६१ हजार सवारीसाधन कारबाहीमा परेका छन्।

नागरिकता लिन शिविरको भर, ४० प्रतिशत स्थानीय नागरिकताविहीन

बझाङ सदरमुकाम चैनपुरबाट साइपालका न्युना, धुली, बलौडीलगायतका गाउँ पुग्न छ दिन पैदलयात्रा गर्नुपर्छ। आउन–जान २० हजारभन्दा धेरै खर्च लाग्छ। त्यसैले पनि नागरिकताप्रति स्थानीयलाई चासो छैन।

काठमाडौँ महानगरमा ७५ प्रतिशत उजुरी घर बहालका 

घर बहालका समस्या समाधानका लागि महानगरले घरधनी र भाडामा बस्नेबीच लिखित सम्झौता गरी उक्त सम्झौता सम्बन्धित वडा कार्यालयमा पनि जानकारी दिनुपर्ने व्यवस्था गरेको छ। 

कैलालीमा ट्याक्टर दुर्घटना : २ जनाको मृत्यु, २८ घाइते

दुर्घटनामा भजनी नगरपालिका–९ की ४६ वर्षीया दिलरानी चौधरी र १४ वर्षीया चाहना चौधरीको घटनास्ठलमा नै मृत्यु भएको छ। 

हावाहुरी र असिनासहित वर्षाको सम्भावना

मंगलबार दिउँसो पहाडी र तराईका विभिन्न स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

मौसम : बुधबारसम्म वर्षाको सम्भावना

सोमबार दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बग्दाबग्दैको खोला नै हराउँछन् काठमाडौँमा, कतै सडक त कतै घर निर्माण

निर्माणसम्बन्धी मापदण्ड विपरीत उपत्यकामा बग्ने खोला, खोल्सी र राजकुलो छोपेर सडक, पार्किङस्थल मात्र नभई घर नै बनाउँदा पनि न कारबाही भएको छ, न त काठमाडौँ महानगरले यस्ता निर्माण रोक्न नै सकेको छ।

कोशी प्रदेश : नामकरणको विरोधमा प्रदर्शन, मोरङका केही क्षेत्रमा सभा–जुलुस गर्न निषेध

कोशी प्रदेश नामकरण भएपछि असन्तुष्ट समूहबाट विरोध, धर्ना र जुलुस हुँदा सुरक्षामा असर पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले केही स्थानलाई निषेधित क्षेत्र घोषित गरेको छ।

सुदूरपश्चिममा सवारी दुर्घटना : ३ वर्षमा ५०३ जनाको मृत्यु

चालक तथा यात्रुले ट्राफिक नियम नमान्दा धेरै दुर्घटना हुने गरेका छन्। यसको न्यूनीकरणका लागि छड्के जाँच, जनचेतना फैलाउने, टाइम कार्ड र ‘रिफ्रेस सेन्टर’को व्यवस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

स्ववियु निर्वाचन आज : बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुँदै

काठमाडौँ उपत्यकामा ६६ हजार ५०० र उपत्यकाबाहिर ९५ हजार ५०० विद्यार्थी निर्वाचनमा सहभागी हुँदै छन्। दुई आंगिक र सयभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा निर्विरोध भइसकेको छ।

कस्तो छ आइतबारको मौसम?

पहाडी र तराईका विभिन्न स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

शहर पसेपछि दूषित बन्छ बागमती, बागद्वारदेखि टेकुसम्मको यात्रा (भिडियो)

काठमाडौँको जनसंख्या बढ्दै जाँदा २०२३ सालमा सुन्दरीजलबाट बागमतीको पानी ल्याएर वितरण थालिएपछि नदीको बहाव घट्यो। वस्ती बढ्दै जाँदा बागमतीमा पानी नभएर फोहोर मात्र बग्न थालेको धेरै वर्ष भइसकेको छ।

काठमाडौँबाट सुर्खेत उडेको बुद्ध एयरको जहाजमा समस्या, फर्काएर काठमाडौँ अवतरण   

उडेको केहीबेरमा जहाजको इन्डिकेटरमा समस्या देखिएपछि फर्काइएको नागरिक उड्‌डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। जहाजमा ६२ जना यात्रु थिए।

पहाडी भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना

देशमा स्थानीयसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले पहाडी भेगका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ।  

कृषि तथा वन विश्वविद्यालयका डिन दत्त निलम्बित 

जुम बैठकमा एक जनाको प्रस्तुति भइरहँदा डिनको कार्यकक्षमा आफ्नै कुर्सीमा बसेर महिला कर्मचारीसँग अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएपछि दत्तलाई निलम्बन गरिएको हो। 

नवलपरासी कारागारमा कोचाकोच कैदीबन्दी, सरुवा रोग फैलिने डर

नवलपरासी  जिल्ला कारागारमा १७७ कैदीबन्दी राख्ने क्षमता छ। तर, ७४ जना महिला, ४२१ पुरुष र तीन नाबालक कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको छ। 

गलकोटको प्रशासकीय भवन निर्माणमा ढिलाइ

बागलुङको गलकोट नगरपालिका–६ मजुवाफाँटमा प्रशासकीय भवन बनाउन २०७९ असारमा सम्झौता भएको थियो। तर, हालसम्म १० प्रतिशत मात्रै प्रगति भएको छ।  

कस्तो छ आजको मौसम? 

दिउँसो पहाडी तथा तराईका विभिन्न स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। 

बैतडीमा २ मिनेटको अन्तरमा २ भूकम्प

भूकम्पको केन्द्रबिन्दु बैतडीको शिखरपुर आसपास रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालले जानकारी दिए।