ओखलढुंगाबाट काठमाडौँ आइरहेको बस सिन्धुलीमा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ।
दिउँसो देशका अधिकांश स्थानको मौसम आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सडक र ढल बनाउने निकायबीच समन्वय हुन नसक्दा यस्तो समस्या भएको खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक रामकुमार श्रेष्ठकाे भनाइ छ।
उदयपुरको रौतामाई–८ पाखाटोल स्थित रामबहादुर मगरको घरमा आगो लाग्दा उनका २ वर्षीय छोरा रोजन र ६ वर्षीया छोरी जस्मिनको मृत्यु भएको छ।
कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।
शुक्रबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका पाँच जना डीआईजीहरूलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको छ।
रामचन्द्र पौडेल पशुपतिमा पूजा गर्न र त्यहाँबाट बीपीको सालिकमा माल्यार्पण गर्न सुन्दरीजल जाने क्रममा सडकको बायाँ लेन खाली गराइएपछि ट्राफिक जाममा फसेका सर्वसाधारणले हर्न बजाएर असन्तुष्टि पोखेका छन्।
बिहीबार श्री एयरलाइन्सको ८२१ विमानको इन्जिनमा फायर इन्डिकेसन देखिएपछि त्रिभुवन विमानस्थलमा आपतकालीन अवतरण गरिएको थियो।
दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम बदली हुने छ।
काठमाडौँ कट्ने बित्तिकै पाइलटले जहाजमा प्राविधिक समस्या आएकाले काठमाडौँ फर्काउनुपर्ने र त्यसका लागि करिब १२ मिनेट लाग्ने बताए। त्यसपछि त जहाजमा कोही रुन थाले, कोही 'केही हुँदैन' भनेर ढाडस दिन थाले।
काठमाडौँबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको ८२१ विमानमा फायर इन्डिकेसन देखिएपछि काठमाडौँमा आपतकालीन अवतरण गरिएको छ।
राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना छ।
अमेरिकाबाट दुबई हुँदै नेपाल ल्याइएको चकलेट र बालबालिकाको खेलकुद सामग्री उल्लेख गरिएको पार्सलबाट चार दशमलव पाँच किलो गाँजा बरामद भएको छ।
प्रत्येक वर्ष तामझामका साथ मनाइने अन्तर्राष्ट्रिय महिला दिवसले श्रमिक महिलालाई छुन सकेको छैन।
एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय बिहान ८ बजेदेखि नै खोल्ने तयारी गरिएको छ।
दिउँसो पहाडी भागमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
डा. रुइतले संसारभरका पर्यटकको मुख्य आकर्षण र गन्तव्यका रूपमा ताप्लेजुङलाई चिनाउने र विकसित गर्ने आफ्नो इच्छा रहेको बताएका छन्।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कतारकी राजकुमारी अल थानीले यसअघि सगरमाथा, धौलागिरि, कञ्चनजंगा, ल्होत्से, आमादम्बा, मनास्लु, केटु लगायतका हिमालको आरोहण गरिसकेकी छन्।
वन्यजन्तुको हैरानीबाट छुटकारा दिलाउन सरकारले विशेष निर्णय गरेर मकवानपुरको मनहरीस्थित रमौलीका ३६३ परिवारलाई १० वर्षअघि स्थानान्तरण गरे पनि न बाली जोगिएको छ, न त ज्यानको जोखिम नै टरेको छ।