AnonymousUser

Logout

संक्रमणकालीन न्यायसम्बन्धी ऐन पीडितमैत्री बनाउन मानवअधिकार आयोगको ध्यानाकर्षण

संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक सम्बन्धमा आयोगले सरकारलाई २०७९ साउनमा १२ बुँदासहितको सिफारिस गरेको स्मरण गराएको छ।

बाँकेमा डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी अभियान

बाँकेका नरैनापुर, राप्तीसोनारी, डुडुवालगायत वनमा धेरै डढेलो लाग्ने गरेको छ। डढेलो नियन्त्रणका लाथि वन कार्यालयले सामुदायिक वनसँगको समन्वयमा अभियान शुरू गरेको छ।  

सरकारले मलमा अनुदान कटौती गरेर किसानलाई बेवास्ता गर्‍यो : सीके राउत

किसानलाई साविकमा दिइँदै आएको अनुदान बढाउन र समयमै मल खादको सुलभ उपलब्धता सुनिश्चित गर्न जनमत पार्टीले माग गरेको छ। माग पूरा नभए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ।

काठमाडौँ महानगरका सबै वडामा निःशुल्क कानूनी परामर्श सेवा

महानगरले नेपाल ल क्याम्पससँगको सहकार्यमा कानून अध्ययनरत विद्यार्थीलाई प्रत्येक वडामा खटाउने भएको छ। उनीहरूले वडामा आउने सेवाग्राहीलाई आवश्यक कानूनी परामर्श दिनेछन्।

अपराह्नपछि मेघ गर्जनसहित वर्षाको सम्भावना

दिउँसो देशभरको मौसममा सामान्य बदली हुने र अपराह्नपछि पहाडी  तथा तराईका विभिन्न स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

दुई बर्से श्रम स्वीकृतिको प्रावधान हट्यो, अब सम्झौता अवधि तोकी स्वीकृति दिइने

सरकारले वैदेशिक रोजगारीका क्रममा लिनुपर्ने श्रम स्वीकृतिको दुई बर्से प्रावधान हटाएको छ।

प्राधिकरणको अभियानले घट्दै विद्युत् चुहावट

चालु आर्थिक वर्षको ७ महिनामा वितरणतर्फको विद्युत् चुहावट ७.९९ प्रतिशतमा सीमित भएको छ।

राजस्वमा लामो हात : भन्सारमा एउटा, बाहिर निस्किँदा अर्कै

भन्सारमा पामनट घोषणा गरिएको वस्तु बाहिर निस्किँदा सुपारी हुन्छ, चामल घोषण गरिएको वस्तु चिनी हुन्छ। कर्मचारीले तस्करसँग मिलेमतो गरेर खल्ती मोटो बनाउँदा सरकार लक्ष्यअनुसार राजस्व उठाउन सकिरहेको छैन।

पोखरा विमान दुर्घटना जाँच आयोगको म्याद थपियो

सरकारले यती एयरलाइन्सको विमान दुर्घटना अध्ययन गर्न गठित ‘विमान दुर्घटना जाँच आयोग’को म्याद ४५ दिन थप गर्ने निर्णय गरेको छ।

पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते 

चितुवाको आक्रमणमा परी रुपा गाउँपालिका–४ का २८ श्रीकृष्ण मल्ल र राजेश तिमिल्सिना घाइते भएको प्रहरीले जनाएको छ। स्थानीय र प्रहरीले चितुवा नियन्त्रणमा लिएर वन कार्यालयको जिम्मा लगाएका छन्।

पहाडी भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकी प्रदेशमा अपराह्नपछि मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। 

लघुवित्त र मिटरब्याज पीडितको माइतीघरमा विरोध प्रदर्शन [तस्वीरहरू]

प्रदर्शनकारीहरूले लघुवित्त र मिटरब्याजीहरूले ऋण मिनाहा गर्नुपर्ने, किसानलाई बिनाधितो ऋण प्रदान गर्नुपर्ने माग राखेका छन्। 

साप्सुखोला–विजयखर्क खानेपानी आयोजनामा लापरबाही

दिक्तेल रुपाकोट मझुवागढी–१५ विजयखर्कमा सञ्चालित लिफ्टिङ खानेपानी आयोजनामा ठेकेदार र उपभोक्ता समितिले लापरबाही गरेको पाइएको छ।  

बान्द्रेगाउँमा खानेपानीको हाहाकार

बागलुङ नगरपालिका–५ को बान्द्रेगाउँमा खानेपानीको अभावका कारण गाउँ छाडेर जानेको लहर नै चलेको छ। खानेपानी समस्याको दीगो समाधानका लागि पहल नभएको स्थानीयको भनाइ छ।

कस्तो छ मंगलबारको मौसम?

अपराह्नपछि लुम्बिनी प्रदेशसहित तराईका विभिन्न स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाको अनुमान छ।

४७ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय पानी सम्मेलन, स्रोत संरक्षणमा जलवायु परिवर्तन चुनौती

बढ्दो तापक्रमका कारण हिमाली क्षेत्रमा हिउँ पग्लिने क्रम तीव्र रूपमा बढिरहेकाले भविष्यमा पानीको स्रोतमै असर पुग्ने विज्ञहरूले बताएका छन्।

शिक्षण कार्यमा प्रभावकारी बन्दै ‘शैक्षिक संग्रहालय’

पाल्पा रामपुरस्थित सीताराम माध्यमिक विद्यालयले माना, पाथी, हलो, जुवाँ, डोको, नाम्लो, ठेका, ठेकीलगायतका पुराना सामग्री संग्रहित गर्न थालेको छ।

आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

सोमबार देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मिटरब्याज अपराधको केस–स्टडी : कर्जा लिएको २५ लाख, तिर्नुपर्ने १३ करोड

बिहाबारीका लागि तमसुक र ८ विघा जग्गा धितो राखेर १२ वर्षअघि साहुबाट २५ लाख कर्जा लिएको, वर्ष नपुग्दै चुक्ता गरेको सप्तरीको एक परिवारले जग्गा फिर्ता लिन १३ करोड तिर्नुपर्ने ‘उर्दी’ पाएको छ। 

सिन्धुली बस दुर्घटनामा ज्यान गुमाएका ६ मध्ये ३ को सनाखत

बस दुर्घटनामा परी घाइते भएका १६ जनालाई उपचारका लागि काठमाडौँ लगिएको प्रहरी उपरीक्षक सिलवालले जानकारी दिए।