AnonymousUser

Logout

नगरप्रहरी प्रमुख पाण्डेले शारीरिक हिंसा नगरेको छानबिन समितिको ठहर

छानबिन समितिले काठमाडौँ महानगरपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले महिला प्रहरीमाथि शारीरिक हिंसा नगरेको ठहर गरेको छ।

‘बालेनविरुद्ध’ सुमन सायमिको आन्दोलन : ‘महानगर पीडित’लाई भर कि चर्चाको भोक!

काठमाडौँ महानगरको कार्यशैलीप्रति असन्तुष्ट स्थानीयको नेतृत्व गर्दै आन्दोलनमा उत्रिएका सुमन सायमि चर्चा मात्र बटुल्न खोज्दैछन् वा ‘पीडित’लाई भर दिएका हुन् भन्नेमा अभियन्ताहरू नै स्पष्ट छैनन्।

अरू सबैमा ठीकठाक छ पोखरा, तर उपचार र उच्च शिक्षामा काठमाडौँकै भर

सरसफाइ, रोजगारी, आर्थिक गतिविधि, विद्यालय शिक्षा र अन्य दैनन्दिनको जीवनमा पोखरेलीलाई असहज छैन। समृद्ध शहर भएर पनि जटिल रोगको उपचार र उच्च शिक्षाका लागि पोखराबासीलाई काठमाडौँकै भर गर्नुपर्ने बाध्यता छ।

त्रिभुवन विमानस्थलबाट ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ

क्यानडेली नागरिकले कम्मरमा फल्स बटन बनाएर आठवटा बिस्कुट र एउटा डल्लो आकारको सुन ल्याएका हुन्। 

भद्रपुर–सलकपुर सडक : डेढ वर्षमा ३ किलोमिटर मात्रै कालोपत्र

भद्रपुर–सलकपुर सडक कालोपत्र दुई वर्षभित्र सक्ने गरी कनकाई मोती जेभी काठमाडौँले २०७८ भदौमा ठेक्का सम्झौता गरेको हो।

तराईमा हल्का हुस्सु, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली हुने

राति प्रदेश १, बागमती र गण्डकी बाहेकका स्थानको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

टुकुचा उत्खनन् कानूनविपरीत रहेको उच्च अदालतको ठहर

टुकुचा उत्खननका विषयमा परेको रिटमा उच्च अदालत पाटनले जग्गाधनीका पक्षमा फैसला दिएको छ। योसँगै काठमाडौँ महानगरले टुकुचा खोज्न डोजर चलाउन नपाउने भएको छ।

अपांगता भएका डिल्लीबहादुर भन्छन्- झुक्याएर ट्रकमा राखे, जबर्जस्ती लिएर गए

फुटपाथमा व्यवसाय गरेर जीवन धानिरहेका डिल्लीबहादुर कार्कीलाई व्हिलचेयरसहित जबर्जस्ती उठाएर महानगर प्रहरीले टेकु पुर्‍याइ चार घन्टा राखेको घटना काठमाडौँ महानगरपालिकाको पछिल्लो विवादास्पद कदम हो।

मालपोत र नापीका कर्मचारीको मूल्यांकनमा सेवाप्रवाह पनि जोडिने

अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा ‘हेलो सरकार’मा परेका उजुरी को सङ्ख्या र सेवाग्राहीका गुनासा फर्छ्योटका आधारमा नापी र मालपोतलाई चार श्रेणीमा विभाजन गरी कार्यसम्पादन मूल्यांकन गर्ने नीति लिइएको छ।

मध्यमाघसम्म हिउँ न वर्षा, हिमाली जनजीवन प्रभावित

मौसमअनुसार हिउँ र पानी नपर्दा बालीनालीको उब्जनी र गुणस्तर खस्कने कृषि ज्ञान केन्द्र मुस्ताङका निमित्त प्रमुख प्रकाश बस्ताकोटीले बताएका छन्।

प्रदेश १, बागमती र गण्डकीमा हिमपातको सम्भावना

हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक 'फास्ट ट्र्याक'मा अघि बढाइने

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आइतबारसम्म विधेयकको मस्यौदालाई मन्त्रिपरिषद्मा पेस गर्ने र मन्त्रिपरिषद्ले फास्ट ट्र्याकमा संघीय संसद्मा पठाउने बताए।

विश्वमा भ्रष्टाचारविरुद्धको प्रगति न्यून, दक्षिण एसियामा नेपाल चौथो भ्रष्ट मुलुक

यस वर्ष सामान्य सुधार भए पनि नेपाल भ्रष्टाचारले व्याप्त मुलुककै श्रेणीमा परेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले बताइन्।

सन्दीपलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

बलात्कार अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको छ।

पोखरा हवाई दुर्घटना : ६ शवको पहिचान गर्न ‘डीएनए’ परीक्षण शुरू

नेपाल प्रहरीको डीएनए प्रयोगशालामा शव पहिचान शुरू गरिएको त्रिवि शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपालकुमार चौधरीले जानकारी दिए।

मधेशमा सवारी दुर्घटना : ६ महिनामा गुमाए २८१ जनाले ज्यान

चालु आर्थिक वर्षको ६ महिनामा मधेश प्रदेशमा २ सय ८१ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्।

स्याङ्जाको आँधीखोलामा एकैरात १३ ठाउँ चोरी, सीसीटीभीसमेत चोरियो

स्याङ्जाको पञ्चमूलमा एक रातमा १३ स्थानमा चोरी भएको छ। चोरले धनमालका साथै सीसीटीभी क्यामेरा र फुटेज स्टोर हुने हार्डडिस्कसमेत चोरेर लगेका छन्।

६ दशकसम्म छाप्रो र ठेलामा चिया बेचेका रामकृष्णलाई जब ‘महानगर लाग्यो’

डिल्लीबजारको चौतारीमा काठमाडौँबाहिरबाट आएकाहरू बास बस्थे। रामकृष्ण शाहीले त्यहीँ चिया पसल चलाए। यसरी नै जीवन धानिरहेको ६ दशकपछि काठमाडौँ महानगरले उनको खानेमेलो नै बन्द गर्न ताकेता गरिरहेको छ।

विद्युतीय राहदानीको अग्रिम अनलाईन आवेदन खुला

दैनिक एक हजार ५०० जनाले विद्युतीय राहदानीका लागि आवेदन दिनसक्ने राहदानी विभागले जनाएको छ।

पोखराका मुख्य सडक छेउमा ‘पार्किङ’ निषेध

पोखरा महानगरपालिकाले सूचनामार्फत मुख्य स्थानका सडक छेउमा माघ २३ देखि पूर्णरूपमा पार्किङ निषेध गरेको जनाएको छ।