मंगलबार दिउँसो बाजुराको मेला केन्द्रबिन्दु भई गएको भूकम्पमा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।
फुटपाथ र ठेलागाडा व्यापारीलाई हटाउने बालेन शाहको नीतिविपरीत काठमाडौँका ६ वटा वडाका अध्यक्षले समय तोकेर नै व्यापार गर्न दिन थालेका छन्। अन्य १४ वडाका अध्यक्ष पनि वैकल्पिक व्यवस्थाको पक्षमा छन्।
कर्णालीका जुम्ला, मुगु, हुम्ला र डोल्पा र सुदूरपश्चिमका बझाङ, बैतडी, र बाजुरामा भारी हिमपात हुँदा त्यहाँको जनजीवन कष्टकर बनेको छ।
मंगलबार दिउँसो गएको भूकम्प पछि माथिबाट खसेको ढुंगा लागेर बाजुराको गौमुलेमा १ जनाको मृत्यु भएको छ।
क्रसर उद्योग र त्यससँग सम्बन्धित व्यवसायीको लापरबाहीले अनाहकमा कतिपय नागरिकको ज्यान गएको छ। तर त्यस्ता घटना पैसा र पहुँचको बलमा गुपचुप मिलाउने गरिएको छ।
मंगलबार दिउँसो बाजुरामा गएको भूकम्पमा परी हिमाली गाउँपालिकामा केही घर भत्किएका छन्।
इलामको सूर्योदय-११ केराबारी घर भएका प्रेम प्रसाद आचार्यले पेट्रोल खन्याइ आफैँलाई आगो लगाएको महानगरीय प्रहरी प्रमुख एआईजी दिवेश लोहनीले जानकारी दिए।
दिउँसो २ः४३ बजेको समयमा गएको भूकम्प सुदूरपश्चिमभरि महशुस गरिएको छ।
खानेपानीको चरम अभाव भएको बोधे गाउँका स्थानीयले बर्खामा संकलित पानी सकिएपछि प्रतिलिटर दुई रुपैयाँमा किनेर प्रयोग गर्दै आएका थिए।
झापाको कचनकवल–४ का २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशी मृत भेटिएका हुन्।
महानिरीक्षकको सचिवालयमा कार्यरत डीआईजी पोषराज पोखरेललाई प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही भागमा मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अख्तियारले अदुवाको बीउमा २ करोड रुपैयाँ भ्रष्टाचार गरेर गल्याङ नगरपालिकालाई हानि पुर्याएको अभियोगमा पूर्वप्रमुख, प्रमुख कार्यकारी अधिकृतलगायतका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल शाखा प्रमुख पूर्ण चुडाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ।
यती एयरलाइन्सका अनुसार सोमबारसम्म ७० शवको पोस्टमार्टम भइसकेको छ। तीमध्ये ६० शव पोखरा र काठमाडौँबाट सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ।
जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको घटनामा जिल्ला प्रहरी कार्यालय धनुषाले लापरबाही गरेको भन्दै स्थानीय आन्दोलित बनेका छन्।
बाँकेकी निर्मला कुर्मीको न्यायका लागि आन्दोलित रुबी खानसहितका अधिकारकर्मी बबरमहलबाट पक्राउ परेका छन्।
तराईमा बिहानीपख हुस्सु र कुहिरो लागेर जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ।
यसपालिको हिउँदमा बितेको ३० वर्षयताकै सबैभन्दा कम वर्षा भएको छ। विभागको तथ्यांकअनुसार सन् १९९१ पछि यो वर्षको हिउँदमा सबैभन्दा कम पानी परेको हो।
माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा पोखरा विमानस्थल नजिकै दुर्घटनाग्रस्त हुँदा ७२ जनाको मृत्यु भएको थियो।