AnonymousUser

Logout

बहराइनको प्रतिष्ठित इसा अवार्ड डा. सन्दुक रुइतलाई

आँखासम्बन्धी ख्यातिप्राप्त चिकित्सक डा. सन्दुक रुइतलाई बहराइनको प्रतिष्ठित इसा अवार्ड दिने घोषणा भएको छ। उनले अवार्डसँगै १० लाख डलर (करिब १३ करोड रुपैयाँ) पाउने छन्।

‘टाउकैमाथि जहाज खस्यो, भाग्यले बाँचे’

“केही सोच्नै नपाउँदै एकाएक ढुङ्गाहरु खस्न थाले, खसेका ढुङ्गा पिठ्युँ र खुट्टामा बजारिए।”

यती विमान दुर्घटना : ४८ शव काठमाडौँ ल्याइयो

नेपाली सेनाको दुईवटा हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका शवको परीक्षण बुधबारबाट मात्रै हुने भएको छ।

जसको जहाँ स्वार्थ, त्यही मन्त्रालयको जिम्मेवारी

ठेक्कापट्टा गर्ने ‘क’ श्रेणीको कम्पनीका मालिक विक्रम पाण्डे निर्माणको काम गर्ने शहरी विकास र जापान श्रमिक पठाउने मात्र नभई रेमिट्यान्स कम्पनीसमेत चलाइरहेका डोलप्रसाद अर्याल श्रममन्त्री भएका छन्।

तनहुँ जिल्ला अदालतले दियो पल शाहलाई सफाइ, तत्काल जेलमुक्त नहुने

न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले मंगलबार उनलाई बलात्कार अभियोगमा दाबी नपुगेको भन्दै सफाइ दिएको हो।

सांसद महतो 'भूमिगत', पक्राउ गर्ने गृहमन्त्रीको निर्देशनबारे महोत्तरी प्रहरी भन्छ- आदेश छैन

हत्याका फरार अभियुक्त लक्ष्मी महतो कोइरीले उम्मेदवार भएर चुनाव जितेपछि संसद् भवनमै पुगेर सांसदको सपथ मात्र गरेनन्, प्रधानमन्त्रीलाई विश्वासको मत पनि दिए। तर त्यति गर्दासमेत उनलाई प्रहरीले पक्राउ गरेन।

आजको मौसम : तराईमा हुस्सु र कुहिरो, हिमाली क्षेत्रमा हिमपात

सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश-१ को उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको छ।

विमान दुर्घटना : पोखरामा पहिचान नभएका शव काठमाडौँ लगिँदै

यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव मंगलबार हेलिकप्टरमार्फत काठमाठौँ लगिँदै छ।

मन्त्रिपरिषद् विस्तार र शपथको तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन्। मंगलबार नै नयाँ नियुक्त भएका मन्त्रीहरूलाई शपथ गराइने तयारी छ।

नेपाली आकाशको सुरक्षामा विश्वको चासो, अन्तर्राष्ट्रिय मिडियामा प्रमुख समाचार बन्यो यती एयर दुर्घटना

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नेपालको हवाई सुरक्षा चुनौती, चिनियाँ लगानीको विमानस्थलमा चासो, अन्तर्राष्ट्रिय छविमा नेपाललाई पुग्ने असरबारे विश्लेषण गरेका छन्।

यतीको विमान दुर्घटना : २४ शवको परीक्षण पोखरामा हुने

यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये २४ शवको परीक्षण पोखरामा हुने भएको छ। बाँकी शवको परीक्षण भने काठमाडौँस्थित शिक्षण अस्पतालमा हुने जनाइको छ।

यती विमान दुर्घटना : सरकारले दिएको शोक–बिदाको किन भयो आलोचना?

सरकारले सोमबार अचानक सार्वजनिक बिदा घोषणा गर्दा धेरै नागरिकको तत्काल गर्नुपर्ने काम सरकारी तथा सार्वजनिक कार्यालयबाट हुन सकेन। यसरी बिदा दिइनु गलत भएको पूर्वप्रशासकहरूसमेत बताउँछन्।

विमान दुर्घटनाका विषयमा अनावश्यक नबोल्न प्राधिकरणको निर्देशन

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले विमान दुर्घटनाका विषयमा अड्कल, अनुमान गर्नु वाञ्छनीय नहुने बताएका छन्।

हवाई दुर्घटनाको क्षति मूल्यांकन गर्न विदेशी टोली नेपालमा

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हवाई यात्रुको २० हजार अमेरिकी डलर बराबरको बीमा गरिएको हुन्छ। चालक दलका सदस्यको भने एयरलाइन्स कम्पनीअनुसार फरक–फरक हुने प्राधिकरणले जनाएको छ।

बाँकेबाट काठमाडौँ आएर न्यायको लडाइँ लडिरहेकाहरूलाई २४ घण्टा पछ्याउँदा (तस्वीर कथा)

यसपटक उनीहरू १४ जना आन्दोलनका लागि काठमाडौँ आएका छन्। काठमाडौँको चिसो र थकानले केही भने बिरामी पर्न थालेका छन्। तर निर्मला कुर्मीका 'हत्यारा'लाई कारबाही गराइछाड्ने दृढता छ।

'विमान दुर्घटना नदोहोरिने सुनिश्चिततासहित सरकारले काम गरोस्'

एमालेका उपमहासचिव विष्णु रिमालले विज्ञहरूले दिएका सझावसहितका प्रतिवेदन कार्यान्वयन नगरे सर्वसाधारण विमानमा चढ्दा मर्छु कि बाँच्छु भन्ने स्थितिका बीच यात्रा गर्न बाध्य हुने बताए।

यती विमान दुर्घटना : पोस्टमार्टम भइसकेका शव आफन्तलाई बुझाइँदै

नागरिक उड्डयन प्राधिकरणले पोखरामा शव बुझ्न चाहने आफन्तजनलाई पोस्टमार्टमप्रश्चात् शव बुझाउन शुरू गरिएको जनाएको छ।

विमान दुर्घटना जाँच आयोगले थाल्यो अनुसन्धान

सरकारले आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पूर्वसचिव नागेन्द्र घिमिरे संयोजक रहेको पाँच सदस्यीय जाँच आयोग गठन गरेको थियो।

प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित

मौसम खराबीले भिजिविलिटी कम हुँदा आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।

पोखरा विमान दुर्घटना : २६ जनाको शव पहिचान

पोखरामा आइतबार भएको विमान दुर्घटनामा परी मृत्यु भएकामध्ये २६ जनाको सनाखत भएको छ।