AnonymousUser

Logout

आज शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

पोखरामा भएको यती एयरलाइन्सको एटीआर विमान दुर्घटनाको शोकमा सरकारले आज बिदा दिएको छ। 

नवलपरासी सुस्ता पश्चिमका थप ६ क्रसर उद्योग बन्द

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न गरेको परिपत्रअनुसार थप छ क्रसर उद्योग बन्द भएका हुन्।

पोखरा विमान दुर्घटना : शोकमा डुब्यो पर्वत

दुर्घटनामा परी ज्यान गुमाएका पर्वतका सबैको पहिचान भएकाले आज आफन्तलाई शव बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए।

दिवंगत श्रीमानको सपना साकार पार्न पाइलट बनेकी अञ्जु

पोखराको उडान सफल भएको भए को-पाइलट अञ्जु पाइलट बन्ने थिइन्। त्यसैले प्रशिक्षक पाइलट कमल केसीले उडान र अवतरण नियन्त्रण गर्ने बाँयातर्फको सिट उनैलाई छाडिदिएका थिए।

परिवारले आस नमार्दै सरकार हतारियो शोक–बिदा घोषणा गर्न 

आइतबार साँझ क्याप्टेन कमल केसी र को–पाइलट अन्जु खतिवडाको घरमा पुग्दा आफन्तजन उनीहरू सकुशल भेटिने आशामै थिए। सरकारले दिउँसै शोक–बिदा घोषणा गर्दा मर्माहत उनीहरू उत्तिकै आक्रोशित पनि थिए।

फोरेन्सिक जाँच र शव पहिचानका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

स्वास्थ्य मन्त्रालयले काठमाडौँ उपत्यकाका हव अस्पताललाई आगोले पोलेको, फोरेन्सिक जाँच र शव पहिचानका लागि सम्भावित आउने सक्ने ‘केस’ व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

यतीको विमान दुर्घटना : प्राधिकरणले उपलब्ध गरायो सम्पर्क नम्बर

प्राधिकरणले विमान दुर्घटनामा परेका यात्रुको परिवारका सदस्य या आफन्तले जानकारीका लागि सम्पर्क गर्नका लागि काठमाडौँ र पोखराका विभिन्न निकाय तथा कर्मचारीको नम्बर उपलब्ध गराएको छ।

अवतरणका लागि अनुकूल अवस्था हुँदाहुँदै किन भयो पोखरामा विमान दुर्घटना? 

अवतरणका लागि सबै परिस्थितिहरू अनुकूल हुँदाहुँदै यती एयरलाइन्सको विमान दुर्घटनाले नेपालको हवाई उडानको सुरक्षालाई लिएर बहस सिर्जना भएको छ। 

यतीको विमान दुर्घटना : बेपत्ताको खोजी राति पनि गरिने

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले यती एयरलाइन्सको विमान दुर्घटनामा बेपत्ता भएकाको राति पनि खोजी गरिने जानकारी दिए।

यतीको विमान दुर्घटनामा ६९ जनाको मृत्यु पुष्टि

यती एयरलाइन्सको विमान दुर्घटनामा मृतकको संख्या ६९ पुगेको छ। विमानमा चालकदलका चार सदस्यसहित ७२ जना सवार थिए।

हवाई दुर्घटनापछि छानबिन समिति बन्छन्, प्रतिवेदन कार्यान्वयन हुँदैनन्

सरकारले हवाई दुर्घटनालगत्तै उच्चस्तरीय छानबिन समिति बनाउने गरेको छ। तर, प्रतिवेदन कार्यान्वयन गर्नेतर्फ ध्यान दिन नसक्दा समस्या दोहोरिने गरेको छ।

चीन र अमेरिकाद्वारा पोखरा विमान दुर्घटनाप्रति दुःख व्यक्त

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति चीन र संयुक्त राज्य अमेरिकाले दुःख व्यक्त गरेका छन्।

पोखराको सेती खोँचमा विमान दुर्घटनापछिको खोजतलास र उद्धार (तस्वीरहरू)

दुर्घटनास्थलमा अहिले पनि खोजतलास र उद्धार जारी छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी र उद्धार गरिरहेका हुन्।

यती विमान दुर्घटना : ११ शवको सनाखत

पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका ११ जनाको पहिचान खुलेको छ।

यतीको विमान दुर्घटना : मृत्यु हुनेको संख्या ६८ पुग्यो

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६८ पुगेको छ।

विमान दुर्घटनाको खबरले स्तब्ध छु: राष्ट्रपति भण्डारी

राष्ट्रपति भण्डारीले ट्विट गर्दै दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेकी छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित

यती एयरको विमान दुर्घटनापछि स्थगित भएको हवाई उडान नियमित भएको पोखरा विमानस्थलले जनाएको छ।

विमान दुर्घटना : शीर्ष नेताहरूद्वारा दुःख व्यक्त

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आइतबार बिहान दुर्घटनामा परेको विमानमा चार जना चालक दलका सदस्यसहित कुल ७२ जना सवार थिए।

यतीको विमान दुर्घटना : ६२ शव भेटियो

भेटिएका मध्ये ३० जना यात्रुको शव गण्डकी अस्पताल पुर्‍याइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिए।

कर्णाली प्रदेशको सभामुखमा गुरुङ निर्वाचित

कर्णाली प्रदेशसभाको बैठकले सभामुखमा नन्दा गुरुङलाई बहुमतले निर्वाचित गरेको हो।