AnonymousUser

Logout

तराईमा बिहानैदेखि बाक्लो हुस्सु, उच्च पहाडमा हिमपातको सम्भावना

दिउँसो उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काभ्रेको बेथानचोकस्थित सडक आयोजनाका मजदुरले १ वर्षदेखि पाएनन् ज्याला

पूर्वाधार विकास कार्यालय धुलिखेलका इन्जिनियर विकास गोलेले ६० जना मजदुरले १७ लाख ४० हजार रुपैयाँ पाउन बाँकी रहेको बताए।

नाबालिकालाई अपहरण गरी बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजाय

जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले निजलाई कैद सजायसँगै पीडितलाई रु ३० हजार क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो।

राहदानी सेवा पूर्ववत् सञ्चालनमा, सहज प्रक्रियाका लागि गृहकार्य हुँदै

राहदानी विभागले सूचना जारी गर्दै विद्युतीय राहदानी वितरणमा देखिएको समस्या समाधान भएको जनाएको छ।

समन्वय गर्नुपर्ने रोल्पा नगरपालिकाले नै गर्‍यो कृषि ज्ञानको जग्गा र भेटेनरीको भवन कब्जा

रोल्पा नगरपालिकाले लिवाङस्थित कृषि ज्ञान केन्द्रको जग्गा र भेटेनरी अस्पतालको भवन कब्जा गरेको जानकारी जिल्ला प्रशासन कार्यालय र कृषि मन्त्रालयलाई भए पनि फिर्ताका लागि पहल गरेका छैनन्।

सिक्लेसमा केवलकार निर्माण गर्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट, पुस २६ लाई तोकियो पेसी

सरकारले अन्नपूर्ण संरक्षण क्षेत्रभित्र व्यापारिक घरानालाई गैरकानूनी रूपमा केबलकार सञ्चालन गर्न दिने निर्णय गरेको भन्दै सर्वोच्चमा रिट परेको छ।

राष्ट्रपतिले साझा बस चढ्दा किन राखियो पिर्का?

ब्लड क्यान्सरको उपचारका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको कम्मरको जोर्नीका हड्डी प्रत्यारोपण गरिएको थियो। त्यहीकारण, खुट्टा धेरै खुम्च्याउन नमिल्ने हुँदा गाडी चढ्दा र ओर्लिँदा पिर्का राखिएको हो।

नेपाल आइपुगे नयाँ चिनियाँ राजदूत साेङ 

नेपालका लागि नयाँ चिनियाँ राजदूत छन् सोङ पुस १२ मै आउने तालिका भए पनि करिब दुई हप्ता ढिला आएका छन्।

निर्वाचनले लोकतन्त्रलाई संस्थागत गरेको छ : प्रमुख निर्वाचन आयुक्त 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निष्ठा, सिद्धान्त र विचारका आधारमा मात्र निर्वाचन जितिने भएकाले कानुन विपरीतका हर्कतलाई समर्थन गर्न नसकिने बताएका छन्।

तुइनबाट महाकाली नदीमा खसेर बालक बेपत्ता

भारत जाने क्रममा तुइनबाट महाकाली नदीमा खस्दा  व्यास गाउँपालिका–४ डोकटका १० वर्षीय दीपेन्द्र विष्ट बेपत्ता भएका छन्। 

हटेन तराईमा शीतलहर , चिसाेले जनजीवन प्रभावित

तराईका धेरै क्षेत्र हुस्सु र कुहिरोले ढाकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राष्ट्रपति भण्डारीद्वारा मदन पुरस्कार पुस्तकालय र पिम्बहा: पोखरीको अवलोकन

राष्ट्रपति भण्डारीले शनिबार ललितपुरको पाटनढोका पुगी मदन पुरस्कार पुस्तकालय र ललितपुरमै रहेको पुरातात्त्विक तथा ऐतिहासिक महत्त्वको पिम्बहा: पोखरीको अवलोकन गरेकी छन्।

भुटानी शरणार्थीका समस्यामा गम्भीर भइदिन नेपाल सरकारसँग आग्रह

इन्ट्रा–नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनले गृहमन्त्री रवि लामिछानेलाई बुझाएको ज्ञापनपत्रमा ससम्मान भुटान फर्काउन, नेपालकै नागरिकता दिलाउन वा तेस्रो मुलुक पठाउन पहल गरिदिन आग्रह गरिएको छ। 

तराईमा शीतलहर कायमै, पहाडी भेगको मौसम सफा रहने

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण चिसो बढेपछि हप्ता दिनयता तराईको जनजीवन प्रभावित भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

६ पुस्तादेखि सत्तलमा बसेको परिवारलाई महानगरको पत्र– अब नहटे कानूनी कारबाही

पटको सत्तल पुनर्निर्माण गर्न भन्दै ललितपुर महानगर-१६ ले ६ पुस्तादेखि त्यहाँ बस्दै आएका गोविन्द दर्शनधारीको परिवारलाई बासस्थान छाड्न पत्र पठाएको छ। तर, संस्कृतिविद्हरूले यसरी हटाउन नमिल्ने बताएका छन्।

हुम्लामा बिहीबारदेखि हवाई सेवा अवरुद्ध

हुम्लामा बिहीबारदेखि हवाई सेवा सञ्चालन हुन सकेको छैन। उडान ठप्प हुँदा आवतजावतदेखि खाद्यान्न र कार्गोका सामान ढुवानी सेवा प्रभावित भएका छन्।

पाल्पा दुर्घटना : मृतक र घाइतेकाे पहिचान खुल्यो

बस दुर्घटनामा एकै गाउँका ६ जना महिलाको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ। घाइते १८ जनाको बुटवलको लुम्बिनी प्रादेशिक र एडमन सिटी अस्पतालमा उपचार भइरहेको छ।

तराईमा ५ दिनदेखि शीतलहर, सावधानी अपनाउन आग्रह

सिमराभन्दा पूर्वमा न्यूनतम तापक्रम घटेर चिसो अत्यधिक बढेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु

रुपन्देहीको सालझण्डिबाट खुर्सानेतर्फ गइरहेको बस पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ मा बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ।

कम्बाेडियामा ज्यान गुमाएका निराकारको परिवारलाई सहयोग गर्ने सरकारको प्रतिबद्धता 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बाेडियामा ज्यान गुमाएका निराकार पाण्डेका बुवा अग्नि पाण्डेसँग बिहीबार भेट गरेका छन्।