बाजुरामा मंगलबार दिउँसो गएको भूकम्पले सबैभन्दा बढी बडीमालिका नगरपालिकामा क्षति पुगेको प्रहरीले जनाएको छ।
सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई राष्ट्रिय सूचना आयोगले १५ हजार रुपैयाँ जरिबाना गरेको छ।
पूर्वसचिव शरदचन्द्र पौडेल संयोजक रहेको कार्यदलले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गरेर प्रतिवेदन पेस गर्ने छ।
शुक्रबार राति प्रदेश १ मा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ।
महानगरलाई सुन्दर बनाइराख्ने लक्ष्यका साथ अनधिकृत बोर्ड हटाउन कामपाले दैनिक रूपमा नगर प्रहरीसहित चार टोली खटाएको छ।
प्रेमप्रसाद आचार्यले उठाएका विषयमा अध्ययन गर्न गृह मन्त्रालयका सह-सचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ।
विभागको सफ्टवेयरमा आउने समस्यादेखि अन्य विविध कारणले घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता अझै कायमै रहेको सेवाग्राहीको गुनासो छ।
बनेपा, धुलिखेल र पनौती नगरका करिब ९३ हजार नागरिकलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले करिब १२ वर्षअघि काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको प्रक्रिया शुरू गरिएको थियो।
दर्ता नभई सञ्चालनमा रहेका १६ वटा वेब पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन प्रेस काउन्सिलले दूरसञ्चार प्राधिकरणमा पत्राचार गरेको छ।
दिनभर वर्षा र हिमपातको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको शंखरापुर–३ स्थित लप्सीफेदीमा निर्माण गर्न लागेको सब–स्टेसनको विरोधमा भइरहेको आन्दोलनमा सत्तारुढ राप्रपाको दोहोरो भूमिकाले काम गरेको छ।
मंगलबार संसद् भवन अगाडि आफैँलाई आगो लगाई मृत्युवरण गरेका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमतीले देशमा भ्रष्टाचार भएकाले आफ्नो मान्छेको ज्यान गएको बताएकी छन्।
मंगलबार संसद् भवन अगाडि आफैँलाई आगो लगाई मृत्युवरण गरेका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमतीले नानुका आचार्यले देशमा भएको भ्रष्टाचारका कारण आफ्नो मान्छेले ज्यान गुमाउनु परेको बताएकी छन्।
इलामका प्रेमप्रसाद आचार्यको न्यायका लागि भन्दै युवाहरूले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन्।
काठमाडौँ ल्याइएका ४८ मध्ये ४२ शवको पहिचान फरेन्सिक र फिङ्गर प्रिन्टबाट गरिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।
डोल्पाको जुफाल, हुम्ला सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हिउँ जमेका कारण हवाईसेवा दुई दिनदेखि ठप्प छ।
सरकारले आर्थिक वर्ष २०७२/७३ देखि मध्यपहाडी लोकमार्ग आसपासका बुर्तिबाङसहित १० बजारलाई नमुना शहर बनाउने योजना शुरू गरेको थियो।
बोतल, जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनबमोजिम हदैसम्मको कारबाही हुने प्रहरीले जनाएको छ।
इलामको सूर्योदय नगरपालिका घर भएका प्रेमप्रसाद आचार्यले मंगलबार संसद् भवनअगाडि शरीरमा पेट्रोल हालेर आगो लगाएका थिए।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।