यस वर्षको नतिजाअनुसार एक लाख २३ हजार ३९६ विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन्। जसमध्ये एक विषयमा मात्र एनजी आउने ७९ हजार ५८४ जना छन्।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ।
देशभरका एक हजार ४५७ परीक्षा केन्द्रबाट चार लाख ६७ हजार ३८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए।
विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा रहेका प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालयका सञ्चालकले माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।
भरतपुर महानगरपालिका–१० मा अवस्थित क्याम्पसमा अध्ययनरत विद्यार्थीको संख्या एक हजार ६०० भन्दा बढी छ। धेरै विद्यार्थी चितवनसहित नवलपरासी, गोरखा, लमजुङ, तनहुँका छन्।
शिक्षा विधेयकमा भएका निजी विद्यालयसम्बन्धी प्रस्तावमा असन्तुष्टि जनाउँदै निजी विद्यालयका सञ्चालकहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।
ज्ञानोदय माविले २०५२ सालदेखि एसएलसीमा शतप्रतिशत नतिजा ल्याउन थालेको थियो। यो परम्परा एसईईमा पनि कायम छ। व्यवहारिक र प्राविधिक शिक्षामा जोड दिएको विद्यालयका कक्षाकोठा आधुनिक प्रविधियुक्त छन्।
चिकित्सकले कोभिड–१९ झैँ हातको सरसफाइ, सामाजिक दूरी कायम गर्न सके आँखा पाक्ने रोगबाट बच्न सकिने सुझाव दिएका छन्।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले राष्ट्रिय शैक्षिक क्यालेन्डरअनुसार त्रिविलगायत सबै विश्वविद्यालयले तोकिएको समयमा अध्यापन, परीक्षा र परीक्षाफल प्रकाशन गर्नुपर्ने बताए।
बागलुङको गलकोट नगरपालिकामा आजभोलि विद्यार्थी लिन गाडी घर–घरमा पुग्छन्। गाडी घरमै लिन आएपछि विद्यार्थी पनि उत्साहित भएका छन्।
शिक्षा क्षेत्रमा विद्यालय शिक्षा ऐन, उच्च शिक्षासम्बन्धी छाता ऐन र प्राविधिक शिक्षासम्बन्धी ऐन हुनुपर्ने मान्यताका आधारमा शिक्षा विधेयक प्रस्ताव गरिएको शिक्षा मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा. अमर यादवलाई राजर्षि जनक विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका छन्।
महानगरले २०७९/८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको संख्या र विवरण असार मसान्तभित्र पठाउन पनि सूचित गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार कुल परीक्षार्थीमध्ये २.०० देखि २.४० जीपीए ल्याउने विद्यार्थी सबैभन्दा धेरै छन्।
राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले विसं २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाफल प्रकाशित गरेको छ।
बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गर्ने निर्णय गरिसकेको छ। जसअनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अंक ल्याए पनि विद्यार्थी उत्तीर्ण हुनेछन्।
काठमाडौँका मेयर बालेन शाहले सामुदायिक विद्यालयको तलब स्केल सार्वजनिक गर्दै संस्थागत विद्यालयका शिक्षकलाई पनि त्यहीअनुसार तलब दिन निर्देशन दिएका हुन्।
बाढीपहिरोले बाढीपहिरोले बाटो, सडक र पुल बगाएपछि ताप्लेजुङको सिरिजंघा र सिदिङ्वा गाउँपालिकाका सबै विद्यालय बन्द गरिएका छन्।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेको नेतृत्वमा प्रहरी र अधिकारी मेलास्थलमा गएर मेला बन्द गराएका थिए।
राजनीतिक संगठनको नाममा सक्रिय आपराधिक समूहको उद्दण्डताले संरक्षण पाउँदा विश्वविद्यालयजस्तो प्राज्ञिक थलोमै प्राध्यापक र कर्मचारीमाथि आक्रमणका घटना रोकिएका छैनन्।