२०७५ सालयता शिक्षकहरू चौँथो पटक आन्दोलनमा छन्। यसअघि तीन पटक भएका सम्झौता कार्यान्वयन नभएको भन्दै विद्यालय नै ठप्प पारिएका छन्। के हो आन्दोलन र शिक्षक–सरकार सहमतिको माखेसाङ्लो?
चिकित्सा शिक्षा आयोगको १८औँ बैठकले निजी मेडिकल कलेजमा एमबीबीएस र बीडीएसको सिट संख्या तथा शुल्क संरचना पुनरावलोकनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको छ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेलगायत माग गर्दै शिक्षक महासंघको नेतृत्वमा चैत २० गतेदेखि शिक्षकले सडक आन्दोलन गरिरहेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूका माग र आन्दोलनका सम्बन्धमा आज सम्बन्धित मन्त्री र सचिवहरूसँग छलफल गरेका छन्।
शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडतालको घोषणा गरेको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।
काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका कक्षाकोठामा ५० हजार घण्टा क्षमता भएको स्मार्ट बोर्ड जडान शुरू गरेको छ।
शिक्षकले शिक्षक महासंघको नेतृत्वमा विद्यालय शिक्षा विधेयक चाँडै पारित गर्नुपर्ने मागसहित काठमाडौँमा सडक आन्दोलन गरिरहेका छन्।
एसईई चलिरहँदा मधेशका कतिपय परीक्षा केन्द्रमा चिट चोराउनेको मेलै लाग्यो। परीक्षा शुरू भएको २० मिनेटमै प्रश्नपत्र बाहिरिने मात्र होइन, ह्वाट्सएप ग्रुप बनाएर उत्तर पठाउनेसम्म भयो। यो बेथितिको दोषी को?
शिक्षक आन्दोलन र सरकारसँग सहमतिको चक्र २०७५ सालदेखि चलिरहेको छ। स्थानीय तह मातहत नबस्ने शिक्षकको अडानबीच सरकारले गर्ने सहमति कार्यान्वयनमा कहाँ छ समस्या?
सुनसरी सदरमुकाम इनरुवा–९ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा गणित विषयको एसईई परीक्षा चलिरहँदा ‘ह्वाट्सएप’मार्फत चिट चोर्न सहयोग गर्ने गार्ड रंगेहात पक्राउ परेका छन्।
आईपीएलअन्तर्गत आइतबार भएको पहिलो खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ४४ रनले पराजित गरेको छ।
पहिलो दिन अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ।
विद्यार्थीहरूमा बाह्य परीक्षा केन्द्रबाट परीक्षा लेख्ने बानीको विकास भएपछि उनीहरूमा लगनशीलता र आत्मबल बढ्ने भएकाले ‘होम सेन्टर’ नपर्ने गरी परीक्षा लिन लागिएको महानगरको भनाइ छ।
विश्वविद्यालयका संस्थापक पदाधिकारी र सत्तारूढ दलले आ-आफ्ना मान्छेलाई उपकुलपति बनाउन खोजिरहेका छन्। यही स्वार्थको द्वन्द्वले उपकुलपति नियुक्ति प्रक्रिया थप पेचिलो बनेको छ।
केआईआईटीमा प्रत्येक वर्ष ३०० देखि ३५० नेपाली भर्ना हुन्छन्। कन्सल्टेन्सीबाहेक निजी क्याम्पस र त्यहीँ पढिरहेका विद्यार्थीले भर्ना सिफारिस गर्दा कमिसन पाउँछन्। कसरी पुग्छन् नेपाली विद्यार्थी केआईआईटी?
जसपा र जनमतले पार्टीका अध्यक्षहरूको स्वार्थमा मधेश कृषि विश्वविद्यालयमाथि राजनीति गर्दा स्नातकको नयाँ भर्ना नै रोकिएको छ। सतिशकुमार सिंह मुख्यमन्त्री भएसँगै विश्वविद्यालय संकटतर्फ धकेलिइरहेको हो।
स्थापनाकालदेखि ३५ शाखामार्फत सेवा दिँदै आएको र चार सयभन्दा बढी कर्मचारी रहने साझा प्रकाशन अहिले खुम्चिएर १३ वटा शाखा र ६७ जना कर्मचारीमा सीमित छ।
कर्णालीका दुई हजार ९३१ सामुदायिक विद्यालयमा १७ हजार ३८४ जना शिक्षकको दरबन्दी रहेकामा ११ हजार ८६५ मात्र कार्यरत छन्।
काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट समितिमाथि प्रश्न उठाउँदै उपकुलपतिका सात जना उम्मेदवारले प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीलाई पत्र बुझाएका छन्।
विद्यालय उमेरसमूहका बालबालिका अभिभावकको साथमा भारत जाँदा उनीहरूको शिक्षा पाउने अधिकारसमेत वञ्चित भएको भन्दै शिक्षाक्षेत्रका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।