AnonymousUser

Logout

छात्रवृत्ति पाएका विद्यार्थीसँग मनोमानी शुल्क, जनकपुरधाम उपमहानगरबाट अनुगमन न कारबाही

जनकपुरधाम उपमहानगरले निजी विद्यालयमा कक्षा ११ र १२ पढ्न छात्रवृत्तिका लागि परीक्षा लिएरै विद्यार्थी छनोट गरेर पठाउँछ। तर ती विद्यार्थीसँग समेत पूरै शुल्क लिइरहँदा मेयर भन्छन्– निजी विद्यालयले टेरेनन्।

जनकपुरको साढे ७ दशक पुरानो विद्यालय: पूर्वविद्यार्थीको पहलमा साख फर्काउने प्रयास

पूर्वराष्ट्रपति डा.रामवरण यादव, पूर्वगभर्नर सत्येन्द्रप्यारा श्रेष्ठलगायतले पढेको सरस्वती माविमा अहिले पूर्वाधार बनेका छन् तर व्यवस्थापन भद्रगोल नै छ। ७ वर्षपछि बल्ल व्यवस्थापन समिति गठन हुने तयारी छ।

त्रिविमा २०५८ यता भर्ना भएकाहरूले मौका परीक्षा दिन पाउने

त्रिविबाट सञ्चालन हुने जुनसुकै परीक्षामा एआईको प्रयोग गरेको भेटिए त्यस्ता विद्यार्थीको परीक्षा नै रद्द गरिने पनि त्रिविले जनाएको छ।

एक्लै विधान संशोधन गरेर यसरी गरियो हरिखेतान सामुदायिक क्याम्पस ‘कब्जा’

वीरगन्जको हरिखेतान क्याम्पसमा तीन वर्षका लागि २०७५ असार १ गते सञ्चालक समिति अध्यक्ष भएका प्रेमप्रकाश खेतानले आफ्नो मात्र हस्ताक्षरले विधान संशोधन गरेर आफैलाई अध्यक्षमा निरन्तरता दिइरहेका छन्।

विद्यालय तहमै पढाइँदै कोरियन भाषा, के छ नीतिगत व्यवस्था?

वैदेशिक रोजगारीमा कोरिया जाने क्रम बढेसँगै यसको प्रभाव विद्यालयको पाठ्यक्रममा पनि देखिएको छ। पछिल्लो समय केही विद्यालयले कक्षागत पाठ्यक्रममै समावेश गरेर कोरियन भाषा सिकाइरहेका छन्।

फालिएका बोतल बेचेर विद्यार्थीलाई शैक्षिक सामग्री

तुलसीपुर बजार सफा गर्ने क्रममा भेटिएका बोतल बेचेर बालकल्याण प्रावि डाँडापातुका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। 

स्नातकमा ‘हेरिटेज कन्जर्भेसन’ पढाउँदै काठमाडौँ विश्वविद्यालय

काठमाडौँ विश्वविद्यालय र आरपी फाउन्डेसन फर कन्जर्भेसनको संयुक्त सहकार्यमा आगामी नोभेम्बरदेखि स्नातक तहमा ‘हेरिटेज कन्जर्भेसन’ अध्यापन हुने भएको छ। 

त्रिविमा सुरक्षा विवादः भएको के हो, किन भइरहेको छ?

त्रिवि पदाधिकारीलाई धम्की दिइएको भनेर शिक्षामन्त्रीले नै सामाजिक सञ्जालमा लेखेपछि यो विषय विवादित बन्यो। तर त्रिवि पदाधिकारी र प्राध्यापकमाथि अभद्र व्यवहार अहिले मात्र हुन थालेको होइन।

भोजपुर नगरपालिकाले बनायो स्थानीय पाठ्यपुस्तक

स्थानीय पाठ्यक्रमभित्र कुन विषय पठनपाठन गराउने भन्ने अन्योलमा रहेका शिक्षकलाई अब सहज हुने नगरपालिकाले जनाएको छ।

मइन्टोलको उज्यालोमा पढाइ शुरू भएर देशकै ठूलो आंगिक क्याम्पस बनेको ‘पीएन’

सानो छाप्रोबाट शुरू भएको पीएन कलेजको संरचना यसको ख्यातीसँगै ७२१ रोपनी क्षेत्रफलमा फैलिएको छ। जम्मा ३० जना विद्यार्थी भर्ना लिएर थालिएको क्याम्पसमा अहिले ११ हजार विद्यार्थी छन्।

‘मौलिकता संरक्षणको चुनौतीमा हिमाली बौद्ध शिक्षा’

विश्वविद्यालयका प्राज्ञ र राज्यको नीतिनिर्माण तहमै हिमाली बौद्ध शिक्षाको इतिहास र महत्वबारे ज्ञान नहुँदा राष्ट्रको प्राचीन सम्पदा उपेक्षित अवस्थामा पुगेको सरोकारवालाहरूको टिप्पणी छ। 

सामुदायिकमा अब्बल माछापुच्छ्रे मावि, विद्यार्थीले पनि गर्छन् शिक्षकको निगरानी

माछापुच्छ्रे माविको शिक्षण विधि मात्र होइन अतिरिक्त क्रियाकलाप गर्ने शैली पनि फरक छ। अतिरिक्त क्रियाकलापकै लागि हरेक शिक्षक आफ्नो जन्मदिन विद्यालयको ‘जन्मदिन कोष’मा हजार रुपैयाँ दान गरेर मनाउँछन्।

सीटीईभीटीको पाठ्यक्रम पुनरावलोकन र पुनर्संरचनाका लागि छुट्टाछुट्टै समिति गठन

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले आफ्नो पाठ्यक्रम पुनरावलोकन र पुनर्संरचनाका लागि छुट्टाछुट्टै समिति गठन गरेको छ। 

त्रिभुवन विश्वविद्यालय सभामा नीति तथा कार्यक्रमको विवाद : कमजोरी कसको? 

त्रिभुवन विश्वविद्यालयका कुलपति र उपकुलपतिबीच देखिएको समझदारी र समन्वयको अभावले विश्वविद्यालय सभा (सिनेट) मा नीति तथा कार्यक्रमको विषय विवादको कारण बनेको देखिएको छ। 

काभ्रेमा ‘उड्डयन व्यवस्थापन’ विषयमा शिक्षण गराइँदै

धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) स्कुल अफ म्यानेजमेन्टअन्तर्गत सिम्रिक भेन्चर र सिद्धार्थ वनस्थली विद्यालयको साझदारीमा  पहिलोपटक यहाँ उक्त विषयमा शिक्षण हुने भएको हो।

त्रिविका ३९ क्याम्पस भवन जीर्ण, एक्जिम बैंकको शर्तले पुनर्निर्माणमा अन्योल

भारतीय एक्जिम बैंकसँग भएको सम्झौतामा निर्माण कम्पनी, आधा जनशक्ति र निर्माण सामग्री भारतीय हुनुपर्ने, खरिद प्रक्रिया बैंकले तोकेअनुसार हुनुपर्ने लगायतका शर्त छन्। यही कारण पुनर्निर्माण अड्किएको छ।

कक्षा १२ को नतिजा सार्वजनिक, ५२.९१ प्रतिशत उत्तीर्ण

नियमिततर्फका तीन लाख ९० हजार ८६८ विद्यार्थीमध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन्।

कैलालीमा प्राविधिक विषय पढ्ने विद्यार्थी पाउनै मुस्किल

केही वर्ष पहिलेसम्म प्राविधिक विषयमा मागभन्दा चारगुणा बढी आवेदन पर्ने गरेकामा अहिले विद्यालय तथा ‘इन्स्टिच्युट’लाई कोटा पुरा गर्नै मुस्किल हुन थालेको छ।

मेलाको आम्दानीले विद्यार्थीलाई पोसाक र यातायात सुविधा

बनौँ युवा क्लबले विद्यालयमा अध्ययनरत १४५ विद्यार्थीहरूका लागि एक लाख ५० हजार रुपैयाँमा ‘ट्र्याकसुट’ वितरण र ३ लाख बराबरको यातायात व्यवस्था मिलाएको छ।

सर्वोच्चको फैसलाबाट बीएन्डसीले सम्बन्धन पाएसँगै अरू मेडिकल कलेज पनि दौडधुपमा

झापास्थित दुर्गा प्रसाईंको बीएन्डसी मेडिकल कलेजले सर्वोच्चको फैसलाबाट सम्बन्धन पाएपछि मनसायपत्र लिएर बसेका अरू व्यवसायी पनि दौडधुपमा लागेका छन्। त्यसमा चिकित्सा शिक्षा ऐन बदल्नेसम्मको जोडबल चलिरहेछ।