शिक्षालयका धानखेत, च्याउ र तरकारी गरी आठ वटा ‘टनेल’सँगै व्यवस्थित कृषि फार्म भएकाले विद्यार्थीलाई उत्पादन र बिक्रीमा सहज हुने गरेको छ।
उनीहरूलाई जारी एसईईमा निरीक्षकका रूपमा बस्न नदिने गरी निष्कासन गरिएको शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख रामवृक्ष महतोले जानकारी दिए।
परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुनेछन्।
चालु आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि एक अर्ब विनियोजन भएको थियो।
श्रीमान् र विदेशमा रहेका छोराछोरीले पढाइमा साथ दिएपछि उमेरको पर्बाह नगरी विद्यालय आएको सुनाउँदै ५२ वर्षीया शोभा राईले पहिला कुरा काट्नेहरूले अहिले प्रशंसा गर्न थालेको बताइन्।
शिक्षा मन्त्रालयले सार्वजनिक विद्यालयमा माध्यमिक तहसम्म विद्यार्थी भर्नालगायतका शुल्क नलिन र निजी विद्यालयमा शुल्कसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयन गर्न स्थानीय तहहरूलाई आग्रह गरेको छ।
संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमला कतिपय प्रस्ताव संविधानमा रहेका तीन तहका सरकारका कार्यक्षेत्रसँग बाझिने किसिमका भएकाले पनि समितिले यति धेरै संशोधनलाई छिट्टै पार लगाउन कठिन हुने बताउँछन्।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तिका एवं अन्य सामग्री सातै प्रदेशमा पठाइसकेको छ।
मन्त्रीस्तरीय निर्णयबाट सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म अन्तरजिल्ला सरुवा रोक्का गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।
चैत १५ भित्र पाठ्यपुस्तक छपाइ सम्पन्न गरेर उपत्यकाबाहेक सातवटै प्रदेशमा रहेका नौवटा वितरण केन्द्रबाट चैत १६ गतेदेखि वितरण शुरू गर्ने केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले बताए।
इन्द्रायणी माविका विद्यार्थी तरकारी र फलफूल फलाएर विद्यालयलाई बेच्छन्। स्थानीय कृषक विद्यालयबाट बेर्ना लगेर खेती गर्छन्। तीन वर्षभित्रै फेरिएको यो विद्यालयका कारण गाउँको बोर्डिङसमेत बन्द भएको छ।
विद्यालय भवन आकर्षक बने पनि त्यहाँ अध्ययन गर्ने विद्यार्थीको संख्या न्यून हुँदै जाँदा ती संरचनाको उपयोग कम हुन थालेकामा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।
पातलो बस्ती र जनघनत्व पनि कम भएको लेकाली क्षेत्र जौबारी, मेघमा, कालपोखरीलगायत ठाउँमा विद्यालय नै बन्द भएपछि बालबालिकालाई पढाउन अभिभावक भारत गएर बस्न बाध्य छन्।
शिक्षा समितिको बैठकमा नयाँ विश्वविद्यालय थप्दै जाने कि भएका विश्वविद्यालयलाई गुणस्तरीय र व्यवस्थित बनाउने भन्नेमा सांसदहरूबीच मतान्तर देखिएको छ।
उपकुलपति प्राडा बरालले चारवर्षे स्नातक कार्यक्रम लामो हुन गएकाले विद्यार्थी र अभिभावकको लगानी बढ्नाका साथै त्रिविको कार्य सञ्चालनमा पनि असहजता थपेको बताए।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा केशरजंग बराल नियुक्त भएका छन्।
प्रस्तावित नेपाल विश्वविद्यालय पूर्वाधार विकास समितिका अध्यक्ष डा. अर्जुन कार्की मुलुकको समृद्धि र विकासका लागि विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप हुन नहुने बताउँछन्।
नुवाकोटको शहीद जगतप्रकाश जंग शाह संस्कृति माध्यमिक विद्यालय सञ्चालनको लागि आर्थिक स्रोत जुटाउन आयोजित सामूहिक व्रतबन्धबाट पाँच लाख रुपैयाँ संकलन भएको छ।
शिक्षा समितिले त्रिविको उपकुलपति छनोटका लागि ‘सर्टलिस्ट’मा परेका विवादित व्यक्तिबारे पुनर्विचार गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र उपकुलपति सिफारिस समितिको ध्यानाकर्षण गराएको छ।
रास्वपा सांसद सुमना श्रेष्ठले त्रिविका निमित्त उपकुलपति प्राडा. शिवलाल भुसाललाई तत्काल पदबाट हटाउन सरकारसँग माग गरेकी छन्।