AnonymousUser

Logout

दल तथा उम्मेदवारले सञ्चारमाध्यमबाट यसरी गर्न पाउँछन् चुनाव प्रचार

आचारसंहितामा विदेशी सञ्चारमाध्यमबाट निर्वाचनसम्बन्धी प्रचार सामग्री प्रकाशन तथा प्रसारण गर्न वा गराउन नहुने व्यवस्था गरिएको आयोगले जनाएको छ।

निर्वाचनमा मतदाताले चारवटा मतपत्रमा मतदान गर्नुपर्ने

हरेक मतदान केन्द्रमा व्यवस्था गरिने गोप्य कक्षमा राखिएको स्वस्तिक छापले मतदाताले मतपत्रमा मत सङ्केत गर्नुपर्ने व्यवस्था छ।

हरेक निर्वाचनमा नयाँ अनुहार चुन्ने पर्सा-१ मा रोचक प्रतिस्पर्धा

एमालेसँग गठबन्धन गरेको जसपाले यहाँ यादवलाई दोहोर्‍याएर टिकट दिएको छ भने लोसपाले पार्टीका नेता कर्णलाई उम्मेदवार बनाएको छ। द्विवेदीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

आयोगले सोध्यो- गठबन्धनका नेताहरू हेलिकोप्टर चढेको खर्च कुन दलले तिर्छ?

निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारको क्रममा हेलिकोप्टर प्रयोग गर्दा लाग्ने खर्च कुन दलबाट व्यहोरिने हो खुलाई पठाउन निर्देशन दिएको छ।

प्रचारप्रसारमा सरकारी स्रोतको प्रयोग रोक्न आयोगले गर्‍यो विशेष निर्णय

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिने राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन खर्चको सीमा असोज ३१ को नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ।

प्रत्यक्षतर्फ छापियो ३३ जिल्लाको मतपत्र

निर्वाचन आयोगले समानुपातिक निर्वाचनका लागि १ करोड ९३ लाख १३ हजार मतपत्र ढुवानी भएको जनाएको छ। अब ९ जिल्लामा मतपत्र ढुवानी गर्न बाँकी रहेको छ।

मुद्दा छाडेर भोटको राजनीति : मधेशकेन्द्रित दलको अर्को संकट

एमालेलाई ‘मधेशविरोधी’ बताउने जसपा त्यही पार्टीसँग चुनावी गठबन्धनमा छ। स्थानीय तहमा एमालेसँग मिलेको लोसपा भने सत्तारुढ गठबन्धनतिर छ। यी घटनाले मधेशमा मुद्दाभन्दा ‘भोट राजनीति’ प्रधान भएको देखिन्छ।

निर्वाचन आयोगले खानेपानीमन्त्री चौधरीसहित तीन जनालाई सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले खानेपानीमन्त्री उमाकान्त चौधरी, एकीकृत समाजवादीका नेता विरोध खतिवडा, नेपाली कांग्रेसका नेता इन्द्र बानियालाई स्पष्टीकरण सोधेको छ।

किन बनाइन्छ 'मान्नै नपर्ने' निर्वाचन आचारसंहिता?

आउँदो निर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी दिएकाहरूले भोट बटुल्न 'अनेकौँ हतकण्डा' अपनाउँदा निर्वाचन आयोगले स्पष्टीकरण सोध्नेबाहेकका कारबाही गर्न सकेको छैन।

चुनाव प्रचार सामग्री बनाउन बागबजारका प्रिटिङ व्यवसायीलाई भ्याइ-नभ्याई

काठमाडौँको बागबजारमा प्रिटिङ व्यवसायीलाई दलका झण्डा र अन्य प्रचार सामग्री बनाउन भ्याइ-नभ्याई छ।

कर्णालीका करिब ३०० मतदानस्थल अतिसंवेदनशील

सबैभन्दा बढी अतिसंवेदनशील मतदानस्थल कालीकोटमा रहेका छन्। कालीकोटमा ७४ वटा मतदानस्थल अतिसंवेदनशील मानिएको जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ।

रूपन्देही २ मा सत्ता गठबन्धनको उम्मेदवारी खारेज, एमालेका पौडेललाई सहज हुने अनुमान

सत्ता गठबन्धनका तर्फबाट रूपन्देही- २ मा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज भएको छ।

सुदूरपश्चिम कांग्रेस सभापति बलायरसहित ३ नेतालाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोग र आयोगका पदाधिकारीप्रति लाञ्छनापूर्ण अभिव्यक्ति दिएको भन्दै दलका नेता र उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ।

पञ्चायतका ‘शेरे धनुषा’ सम्झाउने रघुवीर र जुलीको उम्मेदवारी

‘शेरे धनुषा’ पञ्चायतकालका यस्ता नेता थिए, जसले २०४३ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा आफू मात्र नभइ श्रीमतीलाई समेत उम्मेदवार बनाएर जिताएका थिए।

विश्वप्रकाश शर्मालाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले कांग्रेस नेता विश्वप्रकाश शर्मालाई स्पष्टीकरण सोधेको छ। आगलागीपीडितलाई पैसा वितरण गरेको पाइएको भन्दै उजुरी परेकाले स्पष्टीकरण सोधेको आयोगले जनाएको छ।

भोलिसम्म जरिवाना नबुझाउने उम्मेदवारको नाम समानुपातिक सूचीबाट हट्ने

बिदाका दिन पनि उम्मेदवारले जारिवानाबापतको रकम बुझाउन सकिने निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार कार्यालय समयमा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा जरिवानाबापतको रकम बुझाउन सकिने छ।

काठमाडौँ- ५ मा तीन पदका लागि ५६ जनाको प्रतिस्पर्धा, २७ स्वतन्त्र उम्मेदवार

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौँ- ५ मा ३ पदका लागि ५६ जनाको प्रतिस्पर्धा हुने भएको छ। यहाँ २७ स्वतन्त्र उम्मेदवार छन्। ४३ हजार ३५२ गरी यो क्षेत्रमा ७० हजार ९१९ मतदाता छन्।

सरकारले अनुमतिका लागि पठाएका ३०० निवेदन आयोगले रोकिदियो

निर्वाचन आयोगले सरकार र मातहतका निकायले अनुमतिका लागि दिएको ३०० भन्दा बढी निवेदन रोकिदिएको छ।

कसुर पुष्टि भए माधव नेपाललाई हुनसक्छ २ वर्ष जेल र १ लाख जरिवाना

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भेटिए २ वर्ष कैद वा १ लाख जरिबाना तथा दुबै सजाय हुनसक्छ।

माधव नेपाललाई कारबाही गर्न निर्देशन दिँदै आयोगले प्रहरीलाई पठायो पत्र

निर्वाचन आचारसंहिता उल्लघंन गरेको भन्दै निर्वाचन आयोगले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कारबाही गर्न निर्देशन दिएको छ।