AnonymousUser

Logout

पूर्वनिर्वाचन आयुक्त भन्छन्- दलहरूले मतदाताको स्वतन्त्र विवेकमाथि अंकुश लगाउने काम गरे

पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले राजनीनिक दलहरूले गठबन्धन गरेर मतदाताको 'स्वतन्त्र विवेक'माथि अंकुश लगाउन खोजेको आरोप लगाएका छन्।

आचारसंहिता उल्लंघन गर्ने ३५ उम्मेदवारलाई कारबाही गर्ने आयोगको तयारी

निर्वाचन आयोगले ३५ जना उम्मेदवारलाई कारबाही गर्ने तयारी गरेको छ। आचारसंहिता उल्लंघनको प्रकृति गम्भीर खालको देखिएकाले उनीहरूलाई कारबाही गर्ने तयारी गरेको आयोगले जनाएको छ।

आयोगको सातबुँदे निर्देशन : आचारसंहिता पालना नभए उम्मेदवारी खारेज गर्ने चेतावनी

निर्वाचन आयोगले बुधबार सातबँदे निर्देशन जारी गर्दै आचारसंहिता उल्लंघन गरेको भेटिए कानूनबमोजिम जरिवाना तथा उम्मेदवारी खारेजसम्मको सजाय हुने भन्दै दल र उम्मेदवारलाई सचेत गराएको छ।

आयोगले मेटासँगको सहकार्यमा उम्मेदवारले फेसबुकमा गर्ने खर्चको अनुगमन गर्ने

निर्वाचन आयोगले फेसबुकमा हुने निर्वाचनकेन्द्रित गलत सूचना प्रवाहलाई मेटासँगको सहकार्यमा निगरानी गर्ने भएको छ। फेसबुकमा प्रचार-प्रसार गर्दाको खर्च विवरण पनि संकलन गर्ने भएको छ।

कांग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने

नेपाली कांग्रेसले सातै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ। चुनाव प्रचारप्रसारलाई प्रभावकारी बनाउन कांग्रेसले प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्न लागेको हो।

कुन निर्वाचन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन्?

आयोगले निर्वाचन क्षेत्रअनुसार २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बमलाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका पुकार बमलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ।

सीडीओलाई आयोगको निर्देशन- आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्न हात नकमाउनूस्

आयुक्त भण्डारीले घरदैलो कार्यक्रममा दलहरूले आचारसंहिता उल्लंघन गरेको उजुरी आएकोतर्फ ध्यानाकर्षण गराउँदै त्यसलाई तत्काल नियन्त्रण गर्न निर्देशन दिए।

तीन प्रदेशमा समानुपातिकतर्फको मतपत्र ढुवानी

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र प्रदेश १, मधेस र बागमती प्रदेशका सबै निर्वाचन क्षेत्रमा पठाइसकेको जनाएको छ।

'आफू राम्रो र अरू नराम्रो भनी प्रचार-प्रसार गर्न पाइँदैन'

आयोगले उम्मेदवारले आफू राम्रो र अरू दल तथा स्वतन्त्र उम्मेदवार नराम्रो भनी प्रचार-प्रसार गर्न नपाइने बताएको छ। आयोगले आफ्नो घोषणापत्रअनुरूप र आफूले गर्ने कामको मात्रै प्रचार-प्रसार गर्न सुझाएको छ।

प्रतिनिधिसभा निर्वाचन :  कुन दलका कति उम्मेदवार?

आसन्न निर्वाचनका लागि देशैभरबाट २५२६ जनाको उम्मेदवारी परेको छ। जसमध्ये २२९१ जना पुरुष रहेका छन् भने २३५ जना महिला रहेको निर्वाचन आयोगले जनाएको छ।

प्रत्यक्षतर्फ ४४ हजार मतपत्र छापियो

निर्वाचन आयोगले प्रत्यक्षतर्फ ४४ हजार मतपत्र छापिसकेको छ। समानुपातिकतर्फको मतपत्र छापेर २८ वटा जिल्लामा ढुवानी भइसकेको पनि आयोगले जनाएको छ।

कांग्रेसको घोषणापत्रमा आर्थिक सुशासन प्राथमिकतामा : स्वर्णिम वाग्ले

वाग्लेले घोषणापत्रमा जलवायु परिवर्तन, वन, वातावरण, विपद् व्यवस्थापन, सार्वभौमिक समानता र सशक्त अन्तर्राष्ट्रिय भूमिकाबारेका विषयवस्तु समेटिने बताए।

पत्रकार आचारसंहिताको नियमित अनुगमनबारे काउन्सिललाई आयोगको पत्राचार

निर्वाचनको समयमा पालना गर्नुपर्ने आचरणको पालनाका सम्बन्धमा सम्बन्धित सञ्चारमाध्यम स्वयंले स्वनियमनसम्बन्धी कार्यविधि बनाइ लागू गर्न सबै सञ्चारमाध्यमलाई आह्वान गर्ने निर्णय पनि आयोगले गरेको छ।

कार्यकर्ताकै साथ नपाउने भएपछि प्रत्यक्ष निर्वाचनबाट ‘ब्याक’ भएका हुन् निधि?

पार्टीभित्रको आन्तरिक विवादका कारण जित सुनिश्चित नहुँदा कांग्रेस नेता विमलेन्द्र निधि प्रत्यक्षतर्फ उम्मेदवार नबनेको कांग्रेसकै स्थानीय नेता बताउँछन्।

प्रत्यक्ष निर्वाचनतर्फ उपेक्षामा महिला, सत्ता र प्रतिपक्षी गठबन्धनबाट २५ उम्मेदवार

प्रत्यक्ष निर्वाचनमा महिला सहभागिताबारे बाध्यकारी कानून नहुँदा दलहरूले उनीहरूलाई उपेक्षा गरेको देखिएको छ।

जसले फरक मत राखे, तिनले टिकट गुमाए

एमालेले घनश्याम भुसाललाई आगामी निर्वाचनमा उम्मेदवार बन्न नदिँदा उनी स्वतन्त्र उम्मेदवार भएका छन्। कांग्रेस र माओवादी केन्द्रमा पनि नेतृत्वको कोपभाजनमा परेर टिकट पाउनबाट बञ्चित धेरै नेता असन्तुष्ट छन्।

जसले फरक मत राखे, तिनले टिकट गुमाए

एमालेले घनश्याम भुसाललाई आगामी निर्वाचनमा उम्मेदवार बन्न नदिँदा उनले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका छन्। कांग्रेस र माओवादीमा पनि नेतृत्वको कोपभाजनमा परी टिकट नपाउने धेरै नेता असन्तुष्ट छन्।

स्वतन्त्र उम्मेदवार बन्न सजिलो, जित्न मुश्किल!

आगामी आमनिर्वाचनमा उम्मेदवार भएका स्वतन्त्रहरूमाथि धेरैको चासो छ। तर उनीहरूलाई उम्मेदवार बन्न जति सजिलो छ, जित्न उति नै मुश्किल हुने राजनीतिक विश्लेषकहरू बताउँछन्।