बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका बद्री पाण्डेले २४ सय मतले अग्रता लिएका छन्।
अहिलेसम्म एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाएको आयोगले जनाएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर २६ गतेसम्ममा निर्वाचनसम्बन्धी सम्पूर्ण कामहरू सकिने बताएका छन्।
बाजुरामा रोकिएको मतगणना पुनः शुरू भएको छ। मुचुल्कामा भन्दा ४० वटा बढी मतपत्र भेटिएपछि शुक्रबार बिहान ८ बजेबाट मतगणना रोकिएको थियो।
निर्वाचन अधिकृत ढाकाराम पौडेलले बाजुरामा मतगणना पुनः शुरू गर्नका लागि दलहरूसँग छलफल भइरहेको बताएका छन्।
बाजुरामा बिहान ८ बजेदेखि रोकिएको मतगणना अझै शुरू हुन सकेको छैन।
बाजुरामा मतदान अधिकृतले मुचुल्का गरेभन्दा ४० वटा मतपत्र बढी भेटिएपछि मतगणना रोकिएको छ।
बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका बद्री पाण्डले अग्रता लिएका छन्।
मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको बताए। उनले ५० प्रतिशत मत खसेको जानकारी दिए।
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ १ करोड ३ लाख ५९ हजार ५५० मत गणना हुँदा २७ लाख ६६ हजार ९७६ मत प्राप्त गरी एमाले सबैभन्दा अगाडि देखिएको छ।
दोलखाका १० मतदान केन्द्रमा बिहीबार बिहान ७ बजेदेखि मतदान जारी छ।
मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले चार वटा बुथमा करिब आठ हजार मतदाता रहेको जानकारी दिए।
स्याङ्जा क्षेत्र नं २ मा मतगणनाको विषयलाई लिएर विवाद भएसँगै रोकिएको मतगणना निर्वाचन आयोगको निर्णयसँगै आज राति ९ बजेदेखि गणना हुने भएको छ।
हालसम्मको एक करोड एक लाख ७१ हजार दुई सय ७३ सदर मतमध्ये एमालेले २७ लाख २० हजार छ सय ३९ मत प्राप्त गरेको छ।
लुम्बिनी प्रदेशसभाका प्रत्यक्ष निर्वाचित हुने ५२ सदस्यमा एक जना मात्र महिला निर्वाचित भएका छन्। प्रतिनिधिसभाका २६ क्षेत्रमा पनि एक जना मात्र महिला निर्वाचित भए।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी-४ मा जारी मतगणनामा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीलाई नेकपा एमालेका जगदीश कुसियैतले झिनो मतान्तरले पछ्याइरहेका छन्।
पूर्वी नवलपरासीमा प्रत्यक्ष र समानुपातिक गरेर ३० हजार ९२५ मत बदर भएका छ। धेरैजसो बदर भएका मत एउटै मतपत्रमा रहेका दुई वा दुईभन्दा बढी चुनाव चिह्नमा स्वस्तिक छाप लगाएको भेट्टिएको छ।
निर्वाचन आयोगको प्रारम्भिक विवरणमा ६१ प्रतिशत अर्थात् एक करोड नौ लाख ७३ हजार २७ मत खसेकामा अब करिब नौ लाख मतगणना बाँकी रहेको छ।
२ दिनसम्म स्थगित भई मंगलबारदेखि पुनः मतगणना शुरू भएको सुनसरी-४ मा कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तीन सय २८ मतको अग्रता कायम राखेका छन्।
प्रदेशसभाको समानुपातिकतर्फ राप्रपाले उल्लेख्य मत ल्याएको छ। जारी मतगणनामा राप्रपा २ प्रदेशमा तेस्रो स्थानमा पुगेका छ।