भौगोलिकरूपमा विकट यी ठाउँमा पैदल हुँदै पुग्न चार दिनसम्म लाग्ने भएकाले हेलिकप्टरमार्फत मतपेटिका ओसार्नुपर्ने बाध्यता रहेको हो।
मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएका निर्वाचनमा पनि मतगणना भने कहिल्यै विवादरहित बन्न सकेको छैन, किन?
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतदान सकिएसँगै मतपेटिका उठाउन थालिएको छ
मतदानका क्रममा देशका केही स्थानमा हवाई फायर भएका छन् भने केही स्थानमा मतपेटिकामा हानी पुग्नेगरी आक्रमण भएका छन्।
जिल्ला निर्वाचन कार्यालय काठमाडौँका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार १० वटै क्षेत्रको मतगणना फरक–फरक स्थानमा हुने भएको छ।
निर्वाचन आयोगका अनुसार दिउसो १ बजेसम्म ३२ प्रतिशत मत मात्र खसेको छ।
आयोगले सामान्य विवादकै कारण मतदान नै स्थगित नगर्न देशभर खटिएका मतदान अधिकृतहरूलाई निर्देशन दिइसकेको छ।
आयोगले पत्रकार सम्मेलन मार्फत् अहिलेसम्म ३२ प्रतिशत मतदान सम्पन्न भएको जानकारी दिएको हो।
आयोगले सञ्चालनमा ल्याएको कल सेन्टरमा निर्वाचनका विषयमा जानकारी लिन सकिन्छ।
आयोगले साँझ ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले निर्देशन दिएको हो।
बागलुङको मतदाता नामावलीमा नाम नभएपछि केसीले मतदान गर्न नपाएका हुन्। उनी रुपन्देही बस्न थालेपछि आफ्नो नाम पनि उतैको मतदाता नामावलीमा सारेका थिए।
यसपटकको निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ।
हिमाली जिल्लामा मतपेटिका आज नै जम्मा गर्न नसकिने भएकाले भोलि बिहान ५ बजेबाट मतगणना शुरू गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन्।
बिहानैदेखि मतदान केन्द्रमा पुगेर लाइनमा बसेका मतदाताले ७ बजेदेखि मतदान गर्न थालेका हुन्।
निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन्। उनीहरूले देशभरका १० हजार ८९२ मतदानस्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्रबाट मतदान गर्दैछन्।
फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पुर्जा, सवारी अनुमति पत्र वा राष्ट्रिय परिचयपत्रका माध्यमबाट मतदान गर्न सकिने आयोगले जनाएको छ।
राजनीतिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिको स्वार्थ वा प्रभावमा परेर कुनै कार्य नगर्न निर्वाचनमा खटिने कर्मचारीलाई आयोगले निर्देशन दिएको छ।
भोलि हुने निर्वाचन (मतदानका)का लागि वसन्तपुरस्थित मतदानस्थललाई अशक्तमैत्री बनाइएको छ। नव आदर्श माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा ५ वटा मतदान केन्द्र रहेका छन्।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन सम्पूर्ण तयारी पूरा भइसकेको बताएका छन्।
राष्ट्रपति भण्डारीले आम निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण कायम गरी सफल बनाउन निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक तथा सम्बद्ध सबैमा आह्वान गरेकी छन्।