AnonymousUser

Logout

निर्वाचन लक्षित सुरक्षा तयारी पूरा

गृहमन्त्रालयले मंसिर ४ गते हुने निर्वाचनका लागि आवश्यक सुरक्षाप्रबन्ध मिलाइएको बताएको छ। निर्वाचनमा निर्धक्क भई मतदान गर्न समेत मन्त्रालयले आग्रह गरेको छ।

मतपत्रको गोपनीयता भंग गरे कारबाहीः निर्वाचन आयोग

निर्वाचन आयोगले मतपत्रको गोपनीयता भंग गर्ने व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको छ। साथै, गोपनीयता भंग गरिएको मतपत्र गणना नहुने पनि बताएको छ।

कास्की–३ का माओवादी उम्मेदवार बरालविरुद्ध उजुरी

कास्की–३ का उम्मेदवार रामजीप्रसाद बरालविरुद्ध माछापुच्छ्रे सञ्चार सहकारीको रकम हिनामिना गरेको भन्दै उजुरी परेको छ।

स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारप्रति किन बढ्यो आकर्षण?

उम्मेदवारी दर्ता हुँदासम्म आफूलाई ‘थ्रेट’रहित ठानिरहेका प्रमुख पार्टी र नेता एक–डेढ महिनामै नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारसँग त्रसित बन्ने अवस्थामा पुग्नुका पछाडि एउटा होइन, धेरै कारण जोडिएका छन्।

उम्मेदवारसँग उद्यमी बन्ने योजना माग्दै पाल्पाका किसान

पाल्पाका किसानले मत माग्न आउने उम्मेदवारलाई कृषिकाे आधुनिकीकरण गर्ने र व्यावसायीक बनाउने कार्यक्रम ल्याउन अनुरोध गरेका छन्।

उम्मेदवार र जनप्रतिनिधिलाई आयोगले सोध्यो स्पष्टीकरण, बैंकको साधारणसभा रोक्न निर्देशन

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघनको उजुरीका आधारमा उम्मेदवार, जनप्रतिनिधिसँग स्पष्टीकरण माग गरेको छ।

‘राजावादी’ ज्ञानेन्द्रको त्रासमा सत्तागठबन्धन, ‘क्रस भोटिङ’ रोक्न अनेक ‘प्रपञ्च’

पार्टी–संगठनको आधार नभएको राप्रपाका ज्ञानेन्द्र शाहीले ‘हायलकायल’ पारेपछि जुम्लामा सत्तागठबन्धनका नेताहरू गठबन्धनबाट उनलाई जानसक्ने मत रोक्न केन्द्रित भएका छन्।

मतदान केन्द्रमा जाँदा मोबाइल बोक्न नपाइने

आयोगले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई आएको पाइएमा प्रचलित कानूनबमोजिम तत्काल कारबाही गर्ने चेतावनीसमेत दिएको छ।

कैलाली-१ : सातौँपटक पनि नयाँ अनुहार जिताउने निश्चित

२०४८ सालको आम निर्वाचनदेखि २०७४ को पछिल्लो निर्वाचनसम्म नयाँ अनुहारलाई विजयी गराउँदै आएको कैलाली-१ ले हालसम्म कुनैपनि दललाई निरन्तर रूपमा जिताएको छैन।

कैलाली-१ : सातौँपटक पनि नयाँ अनुहार जिताउने निश्चित

२०४८ सालको आमनिर्वाचनदेखि २०७४ को पछिल्लो निर्वाचनसम्म नयाँ अनुहारलाई विजयी गराउँदै आएको कैलाली-१ ले हालसम्म कुनैपनि दललाई निरन्तर रूपमा जिताएको छैन।

स्थिर समयमा चुनाव प्रचार गरे कारबाही हुन्छ : निर्वाचन आयुक्त भण्डारी

निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मंसिर १ गते राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसारसम्बन्धी सम्पूर्ण कामहरू निषेध हुने बताए।

कञ्चनपुर–२ : पुराना प्रतिस्पर्धी, आन्तरिक किचलो दुवैको चुनौती

कञ्चनपुर-२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका कांग्रेस नेता एनपी साउद र एमाले नेता नरबहादुर धामीलाई चुनावी प्रतिस्पर्धाका लागि पार्टीभित्रकै समीकरण मिलाउने चुनौती देखिएको छ।

आचारसंहिता कार्यान्वयनका ४८ दिनः आयोगमा एक सय ४९ उजुरी, एक सय १६ स्पष्टीकरण

राजनीतिक दल तथा सम्बन्धित पक्ष आफैँ सचेत र संयमित भएकाले विगतका निर्वाचनको तुलनामा यसपटक कमै मात्रामा उल्लंघनका घटना देखिएको निर्वाचन आयोगले जनाएको छ।

सधैँको विद्रोही जुम्लाले ज्ञानेन्द्र शाहीको अनुहारमा देखिरहेको ‘विद्रोह’

जुम्ला काठमाडौँको उपेक्षाबाट यति धेरै असन्तुष्ट छ, प्रत्येक निर्वाचनमा ‘विद्रोह’ गरेर नयाँ अनुहार पठाउँछ। यसपालि जुम्लाले राजावादी पार्टी, राप्रपाका उम्मेदवारमा पनि त्यस्तै ‘विद्रोह’ देखिरहेको छ।

बागलुङ–१ : राजमोले खातै नखोलेको क्षेत्र चित्रबहादुरलाई किन भयो 'सेफ जोन'? 

बागलुङमा तीन वटा क्षेत्र हुँदासम्म केसी क्षेत्र नं. २ मा उम्मेदवार बन्थे। यसअघिका दुई निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार नबनेका उनी कांग्रेसको मतले जित्ने विश्वासमा यसपटक क्षेत्र नं. १ तिर सरेका छन्।

ललितपुर–३ मा तोसिमाको उम्मेदवारी कायमै, सर्वोच्चले दियो आदेशलाई निरन्तरता

सर्वोच्चले तोसिमा कार्कीको उम्मेदवारी कायमै राख्ने यसअघिको आदेश निरन्तर राखेको छ। न्यायाधीशद्वय ईश्वर खतिवडा र तीलप्रसाद श्रेष्ठको इजलासले कार्कीको उम्मेदवारी कायम राख्न आदेश दिएको छ।

‘उम्मेदवारको पक्ष वा विपक्षमा उभिने स्थानीय प्रशासनलाई तत्काल कारबाही हुन्छ’

निर्वाचन आयोगले स्थानीय प्रशासनले आचारसंहिता पालना नगरे कडा कारबाही गरिने बताएको छ। आयोगले सबै कर्मचारीको सूक्ष्म निगरानी गरिरहेको बताउँदै बदमासी गरे जागिर नै धरापमा पर्नसक्ने चेतावनी दिएको हो।

मधेशमा के हो सीके राउतको शक्ति?

पृथकतावादी आन्दोलनको बाटो छाडेर चुनावी राजनीतिमा आएका राउत जनमत पार्टीलाई स्थापित गराउन मधेशका अन्य दलविरुद्ध आक्रामक भइरहेका छन्। उनी किन आफ्नो पार्टी जसपा र लोसपाभन्दा ठूलो हुने दाबी गरिरहेकाछन्?

'उम्मेदवारले भारतीय नम्बर प्लेट र सरकारी गाडीमा चुनाव प्रचार गरे'

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले चुनाव प्रचारमा निर्वाचन आचारसंहिताअनुसार सामाजिक सञ्जाल नियन्त्रण गर्न समस्या रहेको बताए।

दण्डको व्यवस्थाले निर्वाचन आचारसंहिता उल्लंघनमा कमी आयो : आयुक्त भण्डारी

निर्वाचन आयोगले आचारसंहितालाई दण्डात्मक रूपमा कार्यान्वयन गर्दा उल्लंघनका घटनामा उल्लेख्य कमी आएको बताएको छ। आयोगले यसअघि आचारसंहितालाई सुधारात्मक रूपमा कार्यान्वयन गर्दै आएको थियो।