आदर्श बालिका माध्यमिक विद्यालय मतदानस्थलमा सुरक्षाकर्मीसहित सम्पूर्ण महिला कर्मचारीले निर्वाचन गराउने मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी हेम बुढाथोकीले जानकारी दिए।
प्रमुख निर्वाचन आयुक्त थपलियाले लोकतन्त्रको आडमा कसैको पनि चरित्रहत्या गर्ने कार्य स्वीकार्य नहुने बताए। घृणा फैलाउने अभिव्यक्तिप्रति आयोग गम्भीर हुने उनको भनाइ छ।
काठमाडौँका विभिन्न क्षेत्रमा उम्मेदवारहरू घरदैलो कार्यक्रममा व्यस्त हुँदा पुरानाप्रति मतदाता रुष्ट देखिएका छन् भने नयाँ उम्मेदवारप्रति आशा देखाइरहेका छन्।
नागरिकता समस्याको हल र मधेश आन्दोलनमा संलग्नमाथि चलाइएको मुद्दा फिर्ताको विषय पनि लाेसपाकाे घोषणपत्रमा छ।
निर्वाचन आयोगले आचारसंहिता पालनामा सबै इमानदार देखिनुपर्नेमा जोड दिएको छ। आयोगले आचारसंहिता सबैको सहमतिमा निर्माण गरिएको भन्दै पालना गर्नैपर्ने बताएको हो।
सुर्खेतमा १ सय ३९ मतदान स्थल रहेको निर्वाचन आयोगले जनाएको छ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले सञ्चारमाध्यमले निर्वाचन आचारसंहिता पालना गरे-नगरेको अनुगमन गर्ने काम आयोगको नभई प्रेस काउन्सिलको भएको बताए।
आन्तरिक किचलोका कारण २०५६ सालमा कृष्णप्रसाद भट्टराईको जमानत जफत भएको काठमाडौँ–१ मा २०६४ सालको संविधानसभा निर्वाचन जितेर प्रकाशमानले पहिलोपटक कांग्रेस झन्डा गाडेका थिए।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आयोगले अग्रजको अनुभवलाई आत्मासात् गरेर अघि बढनेसमेत बताए।
यसअघि सांसद बनेका व्यापारी र ठेकेदारले आफ्नो स्वार्थपूर्ति हुने खालका विधेयक बनाउन दबाब दिएका थिए। यसपटक पनि दलहरूले व्यापारी र ठेकेदारलाई महत्त्व दिँदा मतदाताको मत सदुपयोग हुने सम्भावना कति होला?
प्रधानमन्त्री देउवाले डडेल्धुराका जनताले मत दिएर जिताए आलिताल भित्रिमधेसको विकास, सडक पूर्वाधार निर्माण र तटबन्ध निर्माणको काम गर्ने प्रतिबद्धता जनाए।
प्रमुख आयुक्त थपलियाले निर्वाचनको स्वच्छतासँगै लोकतन्त्र र अभिव्यक्तिगत स्वतन्त्रतालाई भरपूर उपभोग गराई यो निर्वाचनलाई सम्पन्न गराउन आयोग अघि बढेको जानकारी दिए।
काठमाडौँ महानगर–१६ का वडाध्यक्ष मुकुन्द रिजाल कांग्रेसको प्रचारप्रसारमा संलग्न भएको पाइएपछि निर्वाचन आयोगले पाँच हजार जरिवाना गराएको हो ।
६ वटा महानगरमा एमाले शून्य हुँदा गत स्थानीय निर्वाचनमा पोखराको मेयर एकीकृत समाजवादीले जित्नु ‘चमत्कार’जस्तै थियो। कास्की–२ मा त्यही चमत्कार दोहोरिएला?
कैदीबन्दी, सुरक्षाकर्मी र निजामती कर्मचारीले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मात्र मत दिन पाउनेछन्।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन सबैको भूमिका रहने बताउँदै आयुक्त जबराले आचारसंहिता कडाइका साथ लागू गरिने बताए।
निर्वाचन आयोगको सातबुँदै निर्देशिकाअनुसार राजनीतिक दल तथा उम्मेदवारले आयोगबाट तोकिएको मापदण्डका आधारमा सम्पर्क कार्यालय खोल्नुपर्ने भएको छ।
चुनाव प्रचारप्रसारमा निर्वाचन आचारसंहिताविपरीत बालबालिकाको प्रयोग गरेको भन्दै कोमल वलीसँग निर्वाचन आयोगले स्पष्टीकरण माग गरेको छ।
निर्वाचन आयोगले काठमाडौं-१६ का वडाध्यक्ष मुकुन्द रिजाललाई जरिवाना गरेको छ।
काठमाडौंका शहरी मतदाताको ‘मूड’ आकलन गर्न सहज छैन। तर, बाहिरी काठमाडौंका बस्तीहरूको मनोविज्ञान पनि यसपालि पहिलेको जस्तो देखिँदैन।