AnonymousUser

Logout

बागमती प्रदेशका मुख्यमन्त्री र मुख्य सचिवसँग आयोगले माग्यो स्पष्टीकरण

निर्वाचन आचारसंहिता लागू भएपछि दुईवटा अध्यादेश ल्याएको भन्दै निर्वाचन आयोगले बागमती प्रदेशका मुख्यमन्त्री र मुख्य सचिवसँग स्पष्टीकरण माग गरेको छ।

राजनीतिलाई धमिलो हुन नदिन युवाले भूमिका खेल्नुपर्छ : प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगको आग्रहलाई अवहेलना गरी निर्वाचन गतिविधि नबिथोल्न अनुरोध गरे।

मोरङ-३ (क) का लागि नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक

नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि बुधबार आयोगले उक्त दलका लागि उम्मेदवार मनोनयनसहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो।

पर्सा–१ : दुई गठबन्धनका उम्मेदवारलाई स्वतन्त्र द्विवेदीको चुनौती

पर्सा क्षेत्र नं. १ मा सत्ता गठबन्धनका उम्मेदवार लक्ष्मणलाल कर्ण र विपक्षी गठबन्धनका प्रदीप यादवलाई स्वतन्त्र उम्मेदवारी दिएका पर्सा कांग्रेसका पूर्वसभापति अजय द्विवेदीले चुनौती दिइरहेका छन्।

आचारसंहिता उल्लंघन महँगो पर्नसक्छ : प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता र आयोगको निर्देशन पालना गर्न आग्रह गरेका छन्। उनले आचारसंहिताको अवज्ञा महँगो हुनसक्ने चेतावनी समेत दिएका छन्।

‘ठूला नेताले निर्वाचन जित्न म्याच फिक्सिङ गरे’

अधिवक्ता दिनेश त्रिपाठीले ठूला नेताले निर्वाचन जित्न ‘म्याच फिक्सिङ’ गरेको दाबी गरेका छन्। उनले गठबन्धनका नाममा मतदाताले आफूले रोजेको उम्मेदवारलाई मत हाल्न नपाएको बताए।

बैतडीमा गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा

दश पालिका रहेको बैतडीमा आसन्न निर्वाचनमा एक लाख ५० हजार एक सय ५६ मतदाताले मतदान गर्नेछन्। प्रतिनिधिसभाका लागि एकमात्रै निर्वाचन क्षेत्र रहेको यस क्षेत्रबाट ११ जना प्रतिस्पर्धामा छन्।

‘हेलिकप्टरबाट गाउँ पुग्ने देउवाले सडक हेरेनन्, पीडा बुझेनन्’

प्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा. आरजु राणाले केही दिनअघि ‘हेलिकप्टर चढेर आउनेलाई मात्र जिताउन’ दिएको विवादास्पद भाषणको अन्तर्य बुझ्न देउवाको जन्मथलो रुबाखोला पुग्नुपर्छ।

आचारसंहिता सबैका लागि समान हुन्छ : आयुक्त भण्डारी

निर्वाचन आयोगले दलका नेताहरूकै सहमतिमा आचारसंहिता बनेको बताउँदै पालना गर्नु सबैको कर्तव्य हुने बताएको छ।

निर्वाध प्रचारप्रसारको वातावरण बनाउन आयोगको निर्देशन

निर्वाचन आयोगले भयरहित वातावरणमा निर्वाचनमा सहभागी हुने अवस्था सिर्जना गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई नेपाल सरकारमार्फत निर्देशन दिएको छ।

परिचय खुल्ने आधिकारिक कागजातका आधारमा मतदान गर्न पाइने

निर्वाचन आयोगले परिचय खुल्ने अन्य आधिकारिक कागजातका आधारमा मतदान गर्न पाउने निर्णय गरेको छ।

काठमाडौँ–२ : चर्चामा तीन महिला उम्मेदवार

परम्परागत रूपमा जित्दै आएको काठमाडौँ–२ बाट एमालेले मणिराम फुयाँललाई उम्मेदवार बनाउँदा उनलाई टक्कर दिने तीन महिला उम्मेदवार ओनसरी घर्ती, कुन्तीदेवी पोखरेल र सोविता गौतमले पनि चर्चा बटुलिरहेका छन्।

नवलपरासी पश्चिम–१ : खेतखेतमा अर्बपति चौधरी, टोल भेलामा त्रिपाठी

पहिलोपटक प्रत्यक्ष निर्वाचन लड्न नवलपरासी पश्चिम–१ पुगेका अर्बपति विनोद चौधरी किसानको खेतसम्म पुगेर आश्वासन बाँडिरहँदा हृदयेश त्रिपाठीसँग मतदाता पुरानो वाचा भुलेको गुनासो गरिरहेका छन्। 

नागरिकता विधेयक अड्किँदा ५ लाख बढी नागरिक मताधिकारबाट वञ्चित

जन्मसिद्ध नागरिकता लिएका नागरिकका सन्तान नागरिकताविहीन रहेकाले उमेर पुगे पनि मतदान गर्न पाउने छैनन्। 

निर्वाचनका सुरक्षा चुनौतीमा चनाखो बन्न आइजीपीको निर्देशन

प्रहरी महानिरीक्षक सिंहले निर्वाचनसम्बन्धी केन्द्रको रणनीति, केन्द्रबाट भएको परिपत्र र निर्देशनलाई बुथ कमान्डर तहसम्म पुर्‍याई निर्वाचन सुरक्षामा कुनै द्विविधा हुन नदिन निर्देशन दिएका छन्।

चुनावमा मात्रै नेता पुग्ने गंगटे उपत्यका   

गङ्गटे गाउँमा चुनावताका बाध्य भएर आउने उम्मेदवार हारे पनि जिते पनि फर्किएर नआउने स्थानीय उषा मगरले बताइन्। 

आयोगसँग कलाकारको गुनासो- निर्वाचन केन्द्र अशक्तमैत्री भएनन्

आयोगले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कलाकारहरूले मतदाता शिक्षाको प्रभावकारिता, आचारसंहिता कार्यान्वयन लगायतका विषयमा चासो राखेका थिए।

बागलुङको निसेलढोर : उम्मेदवार अझै भोट माग्न पुगेका छैनन्

निसेलढोरमा ६० घरपरिवारका एक सय ५० जना मात्रै छन्।  मतदाता कम भएकाले नेताहरू भोट माग्न नआएको स्थानीय गोरख घर्तीमगरले जानकारी दिए।

जसपा नेता इस्तियाकलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले जसपा नेता मोहम्मद इस्तियाक राईलाई आचारसंहिता उल्लंघन गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको छ।

चुनाव प्रचारमा टोपी प्रयोग गरेको भन्दै प्रचण्ड, नारायणकाजी र रविलाई स्पष्टीकरण

निर्वाचन आयोगले चुनाव प्रचारप्रसारमा नेपाली टोपी तथा बालबालिकाको प्रयोगलगायत विषयमा उम्मेदवारहरूसँग स्पष्टीकरण माग गरेको छ।