जन्मसिद्ध नागरिकता लिएका नागरिकका सन्तान नागरिकताविहीन रहेकाले उमेर पुगे पनि मतदान गर्न पाउने छैनन्।
काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ५ लाख नागरिक मताधिकारबाट वञ्चित हुने भएका छन्। राजनीतिक दलको दाउपेचका कारण नागरिकता विधेयक टुंगोमा नपुग्दा ५ लाख बढी नागरिक नागरिकताविहीन छन्। तिनै नागरिक अहिले मतदान प्रक्रियाबाट वञ्चित हुने भएका हुन्।
निर्वाचन आयोगका अनुसार मंसिर ४ गतेको निर्वाचनमा मतदानका लागि योग्य मतदाताको संख्या १ करोड ७९ लाख ८८ हजार ५ सय ७० रहोको छ। जसमा महिला ८८ लाख ४७ हजार ५ सय ७९ जना, पुरुष ९१ लाख ४० हजार ८ सय ६ जना र अन्य १ सय ८५ जना रहेका छन्।
गृह मन्त्रालयका अनुसार २०६३ सालमा आएको नागरिकतासम्बन्धी ऐनअनुसार १ लाख ९० हजार ७२६ जनाले जन्मको आधारमा नागरिकता लिएका थिए। तिनै जन्मसिद्ध नागरिकता लिएका नागरिकका सन्तान अहिले नागरिकताविहीन भएकाले उमेर पुगे पनि मतदान गर्न पाउने छैनन्।
नेपालको संविधानअनुसार १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले मतदानको अधिकार पाउँछन्। तर, उनीहरूको साथमा नागरिकता र मतदाता नामावलीमा नाम उल्लेख हुनुपर्ने हुन्छ।
नागरिकताका विषयमा आवाज उठाउँदै आएका अधिवक्ता सविन श्रेष्ठका अनुसार संसद्ले पारित गरेर पठाएको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नभएका कारण कानुनबमोजिम योग्यता पुगेका नागरिकले बालिग मताधिकार उपभोग गर्न नपाउने भएका हुन्।
"संविधानमा स्पष्टरूपमा जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउने व्यवस्था छ। यो व्यवस्था यथाशीघ्र कार्यान्वयन गरेर जन्मसिद्धका सन्तानहरू, जसको आमा पनि नेपाली र बुबा पनि नेपाली हो, जन्मेको पनि नेपालमा नै हो, उनीहरूलाई धेरै लामो समयसम्म नागरिकताविहीन बनाएर राख्नु भनेको दुर्भाग्यपूर्ण अवस्था हो। त्यसले गर्दा नागरिकता प्रदान गर्ने व्यवस्था यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
