AnonymousUser

Logout

ललितपुर– ३ : एमालेलाई प्रारम्भिक अग्रता

ललितपुर क्षेत्र नम्बर ३ मा एमालेका अमृत खड्काले ५१६ मतसहित ग्रता लिएका छन्।

ललितपुर–२ मा एमालेको अग्रता कायमै

ललितपुर क्षेत्र नम्बर २ मा एमालेका प्रेमबहादुर महर्जनले एक हजार ३१७ ल्याएका छन्।

भक्तपुर– २ : कांग्रेसका दुर्लभ थापाको अग्रता 

भक्तपुर क्षेत्र नम्बर २ काे जारी मतणनामा कांग्रेसका दुर्लभ थापा एमालेका महेश बस्नेतभन्दा छ सय मतले अगाडी छन्।

धनुषा-३ मा एमालेकी जुली महतोलाई शुरूआती अग्रता

धनुषा- क्षेत्र नं. ३ को मतगणना प्रारम्भ भएको छ। प्रारम्भिक परिणाममा एमाले उम्म्दवार जुली महतोले अग्रता लिएकी छन्। 

झापा–२ मा मतगणना शुरू

झापा क्षेत्र नम्बर २ मा मतगणना शुरू भएको छ। अर्जुनधारा नगरपालिका–११ मा खसेकाे मत गन्न थालिएकाे हाे।

ललितपुर– २ : एमालेको शुरूवाती अग्रता

ललितपुर क्षेत्र नम्बर २ मा ५०० मतको गणना सकिदा एमाले उम्मेदवार प्रेमबहादुर महर्जनले १ सय १६ मत पाएर अग्रता बनाएका छन्।

काठमाडौं–७ मा मतगणना जारी

काठमाडौं क्षेत्र न ७ काे मतगणना बालाजुस्थित जुडो हलमा भइरहेको छ।

कास्की–२ : प्रतिनिधिसभामा स्वतन्त्र पार्टीको अग्रता

कास्की– २ मा ५४१ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले ३८९ मत पाएर अग्रता लिएका छन्।

मुस्ताङमा प्रतिनिधिसभाको मतगणना जारी, कांग्रेसको अग्रता

मुस्ताङमा एक हजार मत गणना हुँदा नेपाली कांग्रेसका योगेश थकालीले ५३७ मत पाएर अग्रता लिएका छन्।