AnonymousUser

Logout

डडेलधुराबाट शेरबहादुर देउवाको सातौँ जित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट सातौंपटक निर्वाचित भएका छन्। देउवा २५ हजार ५३४ मतसहित विजयी भएका हुन्।

ललितपुर–१ बाट कांग्रेसका उदयशमशेर राणा निर्वाचित

ललितपुर क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन्।

सीके राउतले अग्रता लिइरहेको सप्तरी-२ मा मतगणना रोकियो

जसपाका नेता/कार्यकर्ताहरूले मतगणना केन्द्रअगाडि धर्नासमेत शुरू गरेका छन्।

काठमाडौँ-३ बाट कांग्रेसका चालिसे निर्वाचित

नेकपा एमालेका उम्मेदवार कृष्ण राईलाई ३ हजार ९६२ मतान्तरले पराजित गर्दै चालिसे निर्वाचित भएका छन्।

बझाङमा एमालेका महरको अग्रता

महरले २१० मत प्राप्त गरेका छन्।

मधेशकेन्द्रित दलका प्रमुख नेता मतगणनामा पछाडि

जारी मतगणनामा मधेशकेन्द्री दलका शीर्ष नेताहरू पछाडि देखिएका छन्।

प्रतिनिधिसभाका ६ स्थानको परिणाम सार्वजनिक

प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ हालसम्म कैलाली-३, काठमाडौँ-१, ४, मुस्ताङ, मनाङ र ललितपुर-२ को परिणाम सार्वजनिक भएको छ।

राप्रपाले काठमाडौँ– २ बाट प्रदेशसभामा खाता खोल्यो

काठमाडौँ क्षेत्र नम्बर २ (१) मा राप्रपाका सुनिल केसी विजयी भएका छन्।

कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीका चौधरी विजयी

सत्ता गठबन्धनका उम्मेदवार कृष्णकुमार चौधरीलाई फराकिलो मतान्तरले पराजित गर्दै उन्मुक्ति पार्टीका चौधरी निर्वाचित भएका हुन्।

रुपन्देही–३ मा पछि परे खाँण

रुपन्देही क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँण पछि परेका छन्।

सुदूरपश्चिमका ५ क्षेत्रमा कांग्रेस तथा एमाले र नागरिक उन्मुक्ति ३ क्षेत्रमा अगाडि

नागरिक उन्मुक्ति पार्टीले कैलाली १, २ र ३ मा अग्रता लिएको छ। भने नेपाली कांग्रेसले डडेलधुरा, दार्चुला, कञ्चनपुर २ र ३ तथा अछाम २ मा अग्रता लिइरहेको छ।

कर्णालीका ८ निर्वाचन क्षेत्रमा को-को अघि?

कर्णालीमा मतगणना जारी रहेका सुर्खेत–१, २, दैलेख–१, २, जाजरकोट, जुम्ला र सल्यान हुन्।

चित्रबहादुर केसीलाई झिनो अग्रता, पछ्याउँदै एमाले

बागलुङ–१ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केसीले तीन हजार ३४९ मत प्राप्त गरेका छन्।

कैलालीका ३ क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीको अग्रता

निर्वाचन क्षेत्र-१ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रञ्जिता श्रेष्ठले अहिलेसम्मको गणनामा ५ हजार ४९० मत प्राप्त गरेकी छन्। गठबन्धनका उम्मेदवार रामजनम चौधरीले ३ हजार ५९३ मत प्राप्त गरेका छन्।

काठमाडौं–४ मा गगन थापाको 'ह्याट्रिक' जित 

एमालेका राजन भट्टराईलाई छ हजार ८४९ मतान्तरले पराजित गर्दै थापा काठमाडौँ–४ बाट तेस्रो पटक निर्वाचित भएका हुन्।

नवलपरासी पश्चिममा घण्टीको अग्रता, विनोद चौधरी पछ्याउँदै

स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले तीन हजार ९५८ प्राप्त गर्दै कांग्रेसका विनाेद चौधरीलाई पछि पारेका हुन्।

गगन थापाको जित निश्चित

अब काठमाडौँ महानगर ३० नं वडाको चार हजार ८८१ मत गन्न बाँकी छ। तर, गगनकाे मतान्तर पाँच हजार ९९१ भएकाले जित निश्चित भएको हो।

काठमाडौँ– ३ (१) मा कांग्रेसका छिरिङ निर्वाचित

मंगलबार बिहान सम्पन्न मतगणनामा छिरिङले राप्रपाका चुण्डी लामालाई दुई हजार २८२ मतान्तरले पछि पारे।

प्रकाशमान सिंह चौथोपटक निर्वाचित

काठमाडौँ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका प्रकाशमान सिंह चाैथाेपटक विजयी भएका छन्।

रुपन्देही-४ मा लोसपाको शुरूआती अग्रता

अहिलेसम्म गणना भएको एक हजार ८०० मतमध्ये शुक्लले ९९४ मत प्राप्त गरेका छन्।