सुनसरी–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै जनता समाजवादी पार्टीका अशोककुमार राई निर्वाचित भएका छन्।
प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ। जसमध्ये दुईमा कांग्रेस, दुईमा एमाले र एक ठाउँमा जसपाका उम्मेदवार अगाडि छन्।
अद्यावधिक विवरणअनुसार देशभरका मतगणनास्थलमा समानुपातिकतर्फका ८७ लाखभन्दा बढी मत गनिएका छन्। समानुपातिकमा एमाले पहिलो तथा कांग्रेस र माओवादी क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।
सुनसरी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई जनता समाजवादी पार्टीका अशोककुमार राईले चार मतले पछि पारेका छन्।
रामेछापमा एमालेका कौशलप्रसाद ढुङ्गेललाई पराजित गर्दै कांग्रेसका कान्छाराम तामाङ विजयी भएका छन्।
धनुषा–१ बाट माओवादी केन्द्रका मातृका यादवलाई हराउँदै जसपाका दीपक कार्की विजयी भएका छन्।
महोत्तरी–१ मा माओवादी उम्मेदवार गिरिराजमणि पोखरेललाई पराजित गर्दै एमाले उम्मेदवार लक्ष्मी महतो निर्वाचित भएका छन्।
इलाम–२ बाट कांग्रेसका डम्बरबहादुर खड्कालाई पराजित गर्दै एमालेका सुवासचन्द्र नेम्वाङ विजयी भएका छन्।
निर्वाचन आयोगको तथ्यांक अनुसार बिहान ११ बजेसम्म एमालेले १८ लाख ४५ हजार ९६२ मत प्राप्त गरेको छ।
मुगुबाट एमालेका राजबहादुर कार्कीलाई पराजित गर्दै नेपाली कांग्रेसका ऐनबहादुर शाही प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।
एमालेका नारायणप्रसाद खतिवडालाई पराजित गर्दै नुवाकोट–२ बाट कांग्रेसका अजुर्ननरसिंह केसी निर्वाचित भएका छन्।
सिरहा क्षेत्र नम्बर २ बाट कांग्रेसकी चित्रलेखा यादवलाई पराजित गर्दै जनता समाजवादी पार्टीका राजकिशोर यादव निर्वाचित भएका छन्।
सप्तरी–४ मा जसपाका बालकिशाेर यादवलाई पराजित गर्दै कांग्रेसका तेजुलाल चौधरी विजयी भएका छन्।
तेह्रथुमबाट निर्वाचित सीता गुरुङ कांग्रेसमा प्रत्यक्षतर्फ चुनाव जित्ने एक्लो महिला सांसद बनेकी छन्। सीताबाहेक कांग्रेसबाट प्रत्यक्षमा टिकट पाएका सबै महिला नेता पराजित भए।
हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा एमालेका दल रावललाई पराजित गर्दै माओवादीका कार्चेन लामा निर्वाचित भएका छन्।
निर्वाचित मनबहादुर गुरुङले २५ हजार सात सय आठ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी किशोरदत्त बरालले २३ हजार एक सय ८९ मत प्राप्त गरे।
अद्यावधिक मतपरिणामअनुसार समानुपातिकतर्फ नेकपा एमाले अग्रस्थानमा छ भने नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।
गुल्मी–१ बाट चुनाव लडेका एमाले उपमहासचिव प्रदिप ज्ञवाली कांग्रेसका चन्द्र भण्डारीसँग पराजित भएका छन्।
काभ्रेपलाञ्चोक–२ मा कांग्रेसका शिवप्रसाद हुमागाईंलाई पराजित गर्दै एमालेका गोकुल बाँस्कोटा विजयी भएका छन्।
धनुषा–३ मा लोसपाका अनिलकुमार झालाई पराजित गर्दै एमाले उम्मेदवार जूलीकुमारी महतो विजयी भएकी छन्।