AnonymousUser

Logout

पश्चिम नवलपरासी–२ मा राप्रपाका प्रधान विजयी

पश्चिम नवलपरासी–२ मा कांग्रेसका देवेन्द्रराज कँडेललाई पराजित गर्दै राप्रपाका ध्रुवबहादुर प्रधान विजयी भएका छन्।

कास्की–३ (२) बाट कांग्रेसका बराल विजयी 

कास्की–३ को प्रदेशसभा (२) मा एमालेका राजिव पहारीलाई पराजित गर्दै कांग्रेसका प्रकाश बराल निर्वाचित भएका छन्।

पाँचथरबाट एमालेका नेम्बाङ विजयी, कांग्रेस सहमहामन्त्री आङदेम्बे ४७ मतले पराजित

पाँचथरबाट कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बेलाई ४७ मतले पराजित गर्दै एमालेका वसन्तकुमार नेम्बाङ निर्वाचित भएका छन्।

कास्की–३ बाट एमालेका दामोदर पौडेल विजयी

कास्की–३ मा माओवादीका रामजीप्रसाद बराललाई पराजित गर्दै एमालेका दामाेदर पाैडेल विजयी भएका छन्।

बारा–१ एमालेका मैनाली विजयी, कांग्रेस सहमहामन्त्री चौधरी पराजित 

बारा क्षेत्र नम्बर १ बाट कांग्रेस सहमहामन्त्री उमाकान्त चाैधरीलाई पराजित गर्दै एमालेका अच्युत मैनाली विजयी भएका छन्।

दाङ–१ बाट एकीकृत समाजवादीका मेटमणि विजयी

दाङ–१ बाट एमालेकी शान्ता चाैधरीलाई हराउँदै एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित भएका छन्।

धनुषा-२ बाट कांग्रेसका रामकृष्ण यादव निर्वाचित

धनुषा–२ मा एमालेका उमाशंकर अरगरियालाई पराजित गर्दै कांग्रेसका रामकृष्ण यादव निर्वाचित भएका छन्।

सुर्खेत–१ बाट नेपाली कांग्रे‍सका पूर्णबहादुर खड्का निर्वाचित

सुर्खेत-१ बाट नेपाली कांग्रेसका पूर्णबहादुर खड्का ११ हजार ६१९ मतान्तरले विजयी भएका छन्।

कैलाली-१ बाट नागरिक उन्मुक्ति पार्टीकी श्रेष्ठ निर्वाचित

लोकतान्त्रिक वामगठबन्धका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई पराजित गर्दै श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्।

चितवन-१ बाट रास्वपाका ढकाल निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल चितवन-१ बाट ३४ हजार एक सय ८९ मत प्राप्त गरी निर्वाचित भएका छन्।

नवलपरासी पूर्व–१ बाट शशांक विजयी

नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट कांग्रेस उम्मेदवार शशांक कोइराला निर्वाचित भएका छन्।

पर्वतबाट एमालेका पदम गिरी विजयी

पर्वतबाट प्रतिनिधिसभा सदस्यमा एमालेका पदम गिरी विजयी भएका छन्।

रौतहट-१ बाट माधव नेपाल विजयी

एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका उनले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतको अन्तरले पराजित गरेका हुन्।

भक्तपुर–१ बाट प्रेम सुवाल निर्वाचित

भक्तपुर क्षेत्र नम्बर १ बाट नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल निर्वाचित भएका छन्।

दाङ–२ बाट रेखा विजयी, एमाले महासचिव शंकर पराजित

दाङ क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा विजयी भएकी छन्।

तनहुँ–१ बाट रामचन्द्र पौडेल निर्वाचित

कांग्रेस नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नम्बर १ बाट विजयी भएका छन्।

म्याग्दीबाट कांग्रेसका खम्बिर गर्बुजा विजयी 

म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका खम्बिर गर्बुजा विजयी भएका छन्।

तोसिमा कार्की ललितपुर-३ बाट फराकिलो मतान्तरसहित विजयी

ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की फराकिलाे मतान्तरसहित विजयी भएकी छन्। 

कास्की– २ मा एमालेकी विद्या भट्टराई विजयी 

कास्की क्षेत्र नम्बर २ मा नेकपा एमालेकी विद्या भट्टराई विजयी भएकी छन्।

ताप्लेजुङ प्रदेससभा (२) मा कांग्रेसका हाङ्गाम विजयी

ताप्लेजुङको प्रदेशसभा निर्वाचन क्षेत्र (२) मा नेपाली कांग्रेसका खगेनसिं हाङ्गाम विजयी भएका छन्।