दोलखाबाट प्रतिनिधिसभा सदस्यमा एमालेका बालकृष्ण शिवाकाेटीलाई पराजित गर्दै माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन्।
दोलखामा ८५ हजार तीन सय ८८ खसेकोमा हालसम्म ५६ हजार तीन सय २१ मत गणना भएका छन्।
दोलखा प्रदेशसभा क्षेत्र नम्बर २ मा कांग्रेसका बर्मा लामालाई पराजित गर्दै एमालेका भरतबहादुर केसी विजयी भएका छन्।
एमाले सूदुरपश्चिम सहइञ्चार्ज कर्णबहादुर थापालाई पराजित गर्दै बाजुराबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे निर्वाचित भएका छन्।
दोलखाकाे प्रतिनिधिसभा सदस्यमा एमालेका बालकृष्ण शिवाकाेटीले हजार मतकाे अग्रता लिएका छन्।
बाजुरामा प्रतिनिधससभातर्फ कांग्रेस उम्मेदवार बद्री पाण्डेले नौ हजार ९५९ मतसहित अग्रता कायम राखेका छन्।
दाेलाखामा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिएका छन्। उनलाई एमालेका बालकृष्ण शिवाकाेटीले पछ्याइरहे्का छन्।
स्याङ्जा क्षेत्र नम्बर २ मा कांग्रेसका धनराज गुरुङले निरन्तर अग्रता लिइरहेका छन्। एमालेका पद्माकुमारी अर्याल शुरूदेखिनै पछि परेकी छन्।
प्रतिनिधिसभा समानुपातिकतर्फ खसेकाे एक कराेड नाै लाखमध्ये एक करोड दुई लाख ५८ हजार मतगणना भएको छ ।
दोलखाका १० मतदान केन्द्रमा दिउँसाे १२: ४५ बजेसम्म ३५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताएका छन्।
सुनसरी क्षेत्र नम्बर ४ बाट एमालेका जगदीश कुसियैतलाई ११२ मतान्तरले पराजित गर्दै कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन्।
स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले एमाले उम्मेदवार पद्मा अर्याललाई ६५४ मतले पछाडि पारेका छन्।
सुनसरी क्षेत्र नम्बर ४ मा नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीलाई ८२ मतले पछि पारेका छन्।
२ दिनसम्म स्थगित भई मंगलबारदेखि पुनः मतगणना शुरू भएको सुनसरी-४ मा कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तीन सय २८ मतको अग्रता कायम राखेका छन्।
प्रदेशसभाको समानुपातिकतर्फ राप्रपाले उल्लेख्य मत ल्याएको छ। जारी मतगणनामा राप्रपा २ प्रदेशमा तेस्रो स्थानमा पुगेका छ।
सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकतर्फ तीन लाख मत कटाएको छ।
कांग्रेस उम्मेदवार महेन्द्र यादवलाई हराउदै धनुषा क्षेत्र नम्बर ४ बाट एमालेका रघुवीर महासेठ विजयी भएका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ ९३ लाख आठ हजार १६४ (खसेको मतको ८४.८२ प्रतिशत) मतगणना भइसकेको छ।
बिहान १०ः४५ सम्मको मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले २५ लाख ३४ हजार ३२३ मत पाएको छ।
धनुषा–४ मा कांग्रेसका महेन्द्र यादव एमालेका रघुवीर महासेठभन्दा यादव ५४७ मतले अगाडि छन्।