AnonymousUser

Logout

काठमाडौँ-१०ः राजन केसीको शुरूआती अग्रता, पछ्याउँदै रास्वपा

एमालेका हिमेश केसीले भने ६७२ मत प्राप्त गरेका छन्। 

सप्तरी-२ः सीके राउतको अग्रता कायमै, उपेन्द यादव दोस्रोमा

यादवलाई प्रतिपक्षी गठबन्धनको समर्थन रहेको छ भने ठाकुरलाई सत्ता गठबन्धनको समर्थन छ। 

झापा-३ः राजेन्द्र लिङ्देनले लिए अग्रता

२०७४ को निर्वाचनमा यस क्षेत्रबाट लिङ्देन विजयी भएका थिए। 

कैलाली १ मा रञ्जिताको अग्रता

कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले अग्रता लिएकी छन्।

काठमाडौँ-४ः गगन र राजनबीच कडा प्रतिस्पर्धा

प्रारम्भिक चरणमा गनिएका १५११ मतमध्ये थापाले ६६८ मत प्राप्त गरेका छन् भने भट्टराईले ६३३ मतका साथ उनलाई टक्कर दिइरहेका छन्। 

हेलिकप्टर नपाइएपछि मुगुमा मतपेटिका बोकेर सदरमुकाम पुर्‍याइँदै

मतपेटिका बोकेर सदरमुकाम पुर्‍याउन कम्तीमा तीन दिन लाग्ने जिल्ला निर्वाचन कार्यालय प्रमुख विष्णुप्रसाद न्यौपानेले बताए।

काठमाडौँ–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठको शुरूआती अग्रता

नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले तीन सय ७ मत प्राप्त गरेका छन्।

भक्तपुर २ मा मतगणना रोकियो

बोडेस्थित कृषि तालिम केन्द्रमा मतगणनाका क्रममा सदर र बदर मतका विषयमा विवाद हुँदा मतगणना रोकिएको छ।

मुस्ताङबाट कांग्रेसका गौचन विजयी

उनले नेकपा एमालेका प्रेम तुलाचनलाई पराजित गरेका हुन्। 

सप्तरी २ मा सिके राउतको अग्रता, उपेन्द्र तेस्रो नम्बरमा

सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले ६२९ मतसहित अग्रता लिएका छन्।

काठमाडौँ-१ मा प्रकाशमान सिंहको प्रारम्भिक अग्रता

सिंहले ७ सय ५४ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउँदै राप्रपाका रवीन्द्र मिश्रको ६ सय ८० मत पाएका छन्।

काठमाडौं ६ मा स्वतन्त्र पार्टीका खनालको शुरूआती अग्रता

 काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा एकसय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।

काठमाडौँका दशवटै निर्वाचन क्षेत्रको मतगणना शुरू

काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराईले दशवटै क्षेत्रको मतगणना शुरू भएको जानकारी दिए।

भक्तपुर– १ प्रदेशसभा (क)* प्रारम्भिक चरणमा सत्तागठबन्धन अगाडि

भक्तपुर-१ को प्रदेशसभातर्फ पहिलो चरणको मत परिणाम सार्वजनिक भएको छ। 

बाँके–३ मा एमालेको प्रारम्भिक अग्रता

बाँके–३ मा दुई हजार १७५ मत गणना हुँदा नेकपा एमालेका किस्मतकुमार कक्षपतिले ९८४ मत पाएका छन्।

हेलिकप्टर अभावले डोल्पामा मतगणना शुरू हुन कम्तीमा २ दिन लाग्ने

काठमाडौँ- मतपेटिका संकलनका लागि हेलिकोप्टर अभाव भएपछि डोल्पामा मतगणना शुरू हुन कम्तीमा २ दिन लाग्ने भएको छ।  मतपेटिका संकलनका लागि डोल्पाको निर्वाचन कार्यालयले नेपाली सेनाको हेलिकोप्टर प्रयोग गर्ने तयारी गरेको छ। तर, नेपाली सेनाको हेलिकोप्टर हुम्ला र मुगु…

रुकुम पश्चिममा भोलि मात्रै मतगणना शुरू हुने

मुख्य निर्वाचन कार्यालयमा सबैतिरबाट मतपेटिका आएपछि सर्वदलीय बैठक बस्नेछ। बैठकले मतगणनाको समय निश्चित गर्नेछ।

रूकुम पश्चिममा भोली मात्रै मतगणना शुरू हुने 

आठबिश नगरपालिकाका १, २, ३, ४ र ५ वडाका मतपेटीका सोमबार रातीसम्म मात्रै आइपुग्ने भएकाले मतगणना शुरू हुन समय लाग्ने मुख्य निर्वाचन कार्यालयले जनाएकाे छ।

डडेलधुरामा अझै शुरू हुन सकेन मतगणना

मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत रहेको डडेलधुरा जिल्ला अदालतमा मतगणना हुनेछ।

सुर्खेतमा मतगणनाकाे तयारी

मतपेटिका जम्मा भइसकेकाले सर्वदलीय बैठक बसेर गणना शुरू गरिने निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले बताएका छन्।