कुनै समय खुम्बु क्षेत्रका हरेक युवा सगरमाथा आरोहण र ट्रेकिङ गाइडको लागि तयार हुन्थे। हाल शेर्पा युवाहरूको यस पेसाप्रति आकर्षण घट्दो क्रममा छ।
किसानले उत्पादन गरेको खुर्सानी स्थानीय बजारसँगै धरान, इटहरी, विराटनगर, काठमाडौँलगायत शहरमा पुग्ने गरेको छ। उत्पादन भएको खुर्सानी किसानको बगानबाट नै ठेकेदारले खरिद गरेर लैजाने गरेका छन्।
बराहक्षेत्र नगरपालिका–९ का अजित भुजेलले १२ वटा टनेलमा च्याउखेती गर्दै आएका छन्। ती टनेलबाट सिजनमा ६०० किलोसम्म च्याउ उत्पादन हुने गरेको छ।
वैदेशिक रोजगारीको सिलसिलामा करिब ११ वर्ष मलेसिया र दुबईमा बिताएका बोमबहादुर गाउँ फर्केर गाईपालनमा लागेका हुन्।
न्यून ज्यालामा दैनिक मजदुरी गर्ने उनीहरूलाई सरकारको सामाजिक सुरक्षा कोष जस्ता कल्याणकारी कोषले समेट्न सकेका छैनन्।
सीमा क्षेत्र नजिकै भएकाले मिलमा कुटानी–पिसानीका लागि भारतीय गाउँ टाटरगञ्जका नागरिक पनि आउने गरेका छन्। नेपाली र भारतीयको गरी दैनिक १० क्विन्टल गल्ला कुटानी–पिसानीको हुने गरेको छ।
जब मीनाले तरकारीखेती गरेर आम्दानी लिन थालिन्, त्यसपछि अरूले उनकै सिको गर्न थाले। महिलाहरूले पनि केही न केही पेसा/व्यवसाय गरे श्रीमान्को कमाइमा निर्भर हुनु नपर्ने उनी बताउँछिन्।
मेवा मुख्यगरी वीरगन्जमा खपत हुने गरेको छ। वीरगन्जका व्यापारीले आफूले उत्पादन गरेको मेवा सबैजसो खरिद गरेर लैजाने गरेको महतोले सुनाए।
सरोकारवालाले पर्यटन क्षेत्रमा डिजिटल सीप, वित्तीय पहुँच र संस्थागत समर्थनसहित महिलाको सशक्त सहभागिता आवश्यक रहेको धारणा राखेका छन्।
कुनै समय घरभान्सामा बिताउने वा परिवार चलाउन तरकारी पसल गर्ने महिला आज उद्यमी भएका छन्। बाध्यतामा सरकारी जागिर छाडेका पनि उद्यमकै कारण चिनिएका छन्। उकालोले खोजेका त्यस्ता तीन महिलाको कथाः
‘आलुको बोटलाई टमाटर भन्ने मान्छेहरू विचौलिया भएका छन्। उनीहरूले नै तरकारीको मूल्य तोकिरहेका छन्। जसका कारण किसानले उत्पादनमा घाटा खाइरहनुपरेको छ।’
कफी खेतीलाई प्रोत्साहन गर्न पालिकाले ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ २० को नोट’ अभियान नै चलाएको छ।
धनगढी–३ बोराडाँडीका सुरेश विश्वकर्माले वार्षिक १ लाख ५० हजार रुपैयाँ तिर्ने गरी जमिन भाडामा लिएर नर्सरी व्यवसाय गर्दै आएका छन्। हालसम्म ५० लाख रुपैयाँ लगानी भएको छ।
करिब २० लाख रुपैयाँ लगानीमा सञ्चालन गरिएको पोखरेलको मट्का चियाको ‘चेन’ पनि विस्तार हुँदैछ। छिट्टै कतार र काठमाडौँका विभिन्न स्थानमा शाखा विस्तार गर्ने योजना उनले सुनाए।
गाउँमा खस्रो कपडा भनेर प्रयोगमा आउन छाडेको ऊनका कपडा अहिले विदेशमा पुग्ने गरेको छ। भेडाको ऊनबाट बन्ने काम्लो, बख्खु, घुमलगायत कपडाले घामपानी छेक्ने, वर्षौं टिक्ने र न्यानो हुने स्थानीय बताउँछन्।
सुरक्षा, कर्पोरेट, प्राज्ञिक, उड्डयन, कलाका साथै विभिन्न निकायका प्रमुख तथा बौद्धिक वृत्तमा पुरुष अनुहार नै बढी देखिन्छ। तर पछिल्लो समय महिलाहरू पनि यी क्षेत्रको नेतृत्व कुशलतापूर्वक सम्हालिरहेका छन्।
रोजगारीका सिलसिलामा सात वर्ष कतारमा बिताएका घोराहीका लोकेन्द्र रोकामगरले दशैँ, तिहारलगायत पर्वका साथै विभिन्न कार्यमा फूलको माग देखेपछि यसको खेती गर्न थालेको बताएका छन्।
कोरोनाकालमा हरेक क्षेत्रका व्यक्तिले रोजीरोटी गुमाइरहेका बेला निकालेको ‘जुक्ति’ले मुक्ति विष्ट अहिले स्ट्रबेरीको स्थापित व्यवसायी बनेका छन्।
नगरपालिकाले आयोजना गरेको लघुउद्यम कार्यक्रममा सहभागी भएर दुनाटपरी बनाउने सीप सिकेका उनले नौ महिना पहिला उद्योग शुरू गरेका थिए।
चन्द्रनगर–५, मोहनपुरका विकिन्द्र सिंह विगत १५ वर्षदेखि एउटा खुट्टाको सहारामा साइकलमा पाउरोटी बेच्दै आएका छन्। करिब ५०/६० किलोग्राम पाउरोटी राखेर हरेक दिन गाउँका पसल तथा घरघरसम्म पुर्याउँछन्।