बाँसखर्कका २३९ मध्ये २०० घरपरिवारले सुन्तला खेती गरेका छन्। एउटा परिवारले वार्षिक कम्तीमा ५ लाख रुपैयाँको सुन्तला बेच्छन्।
विश्रामपुर गाउँपालिका–५ मा आयोजना हुन लागेको श्री श्री १००८ महाशिवरात्री महामहोत्सव महायज्ञमा पण्डित नेतृत्वको टोलीले एक हजार ११ वटा मूर्ति बनाउने जिम्मेवारी पाएको छ।
झापाका १५ वटै स्थानीय तहमा करिब २३ हजार ९८८ जना अपांगता भएका व्यक्ति छन्। अपांगता भएकाले उत्पादन गरेका वस्तुले बजार पाउन निकै प्रतिस्पर्धा गर्नुपर्ने समस्या छ।
आफूले भेडीगोठ धाने पनि नयाँ पुस्ताले भेडीगोठप्रति बेवास्ता गर्दा भेडीगोठ लोप हुन लागेको ५२ वर्षीय दुरजङ गुरुङको भनाइ छ। नयाँ पुस्तालाई प्रोत्साहन गर्दै भेडीगोठ जोगाउनुपर्नेमा उनको जोड छ।
गाउँमा गाईभैँसी पाल्नेहरू घट्दै गएको, प्लास्टिकका ठेकी तथा विद्युतीय मदानीको प्रयोग गर्ने प्रचलनले काठको ठेकी र मदानी बनाउने सीप र पेसा संकटमा पर्न थालेको छ।
विदेशको भोगाइपछि आफ्नो ठाउँमा उद्यमशील बन्ने सोचका साथ व्यवसायमा जोडिएको युवाहरू बताउँछन्।
लालबन्दी नगरपालिका–९ का ४२ वर्षीय विनोदले चिया बेचेरै नाम र दाम कमाएका छन्। उनको चिया पसल लालबन्दीमा ‘भान्जाको चिया पसल’ नामले परिचित छ।
बढ्दो महँगी र घट्दो आम्दानीले आकाश कुलुङजस्ता धेरै युवाको गुजारा कठिन अवस्थामा धकेलेको छ। तर यही आम्दानीलाई मुख्य स्रोत मान्दै भारी बोक्नुपर्ने बाध्यता यहाँका युवामा छ।
दिक्तेल रुपाकोट मझुवागढी–१३ की विरस तामाङले मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डको नुनथलाडाँडामा २०५४ सालदेखि चिया पसल सञ्चालन गरिरहेकी छन्।
सुनसरीको इनरुवा–२ का रवीन्द्र यादवले स्थानीय तथा ग्रामीण क्षेत्रका किसानबाट दूध संकलन गरी बिक्री गर्नुका साथै बचेको दूधबाट दही, पनिर र खुवासमेत बनाउने गरेका छन्।
केही वर्ष अघिसम्म घर–घरमा नभई नहुने मैनबत्ती लोडसेडिङ हटेसँगै हराउन थाल्यो। अहिले सामान्य मैनबत्तीको बिक्री ठप्पप्रायः छ, त्यसको ठाउँ बजारमा सुगन्धित क्यान्डलले लिँदै छन्।
बास्कुना, सुर्केमेला र थामडाडाका ४० घरधुरीले आठ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरेका छन्। लटरम्म फलेका सुन्तलाले गाउँ नै रंगिएको छ।
आमा शक्ति महिला लघुउद्यमी समूहले सामान बेचेको नाफासमेत लगानी गरेर अहिले आठ लाख रुपैयाँ बराबरको पुँजी विस्तार गरेको छ।
कुनै बेला प्रतिकिलो ६०० रुपैयाँभन्दा माथि कारोबार भएको किवी हाल बिक्नसमेत समस्या भइरहेको किसानहरूको भनाइ छ। उनीहरूले किवीका बोट उखेलेर अलैँची लगाउने तयारी गरेका छन्।
वालिङ नगरपालिका–६ लालुपातेका रेसम रेग्मीले अघिल्लो कात्तिकदेखि गत कात्तिकसम्ममा सागसब्जी बिक्रीबाट २० लाख र बेर्ना बिक्रीबाट ६ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन्।
प्रताप राना जिल्लामा उत्कृष्ट कृषकका रूपमा सम्मानितसमेत भइसकेका छन्। शुरूआतमा पाँच बिघा जग्गामा केराखेती गरेका उनले हाल १७ बिघामा विस्तार गरेका छन्।
तरकारी बेच्न वरपर ठूलो बजार छैन। डौंसुर, बिन्द्रासैनी, जम्बुकाँधलगायत स्थानीय बजारका खुद्रा पसलमा डोकोमा तरकारी बोकेर पुर्याउँछन्।
गाँजा, अल्लोजस्ता रेसादार वनस्पतिबाट उत्पादित झोला, जुत्ता, कोटजस्ता सामग्री विदेशीले मात्र किन्थे। तर नेपालीले पनि प्रयोग गर्न थालेपछि दौरासुरुवाल, टिसर्ट, ट्राउजरलगायत सामग्री पनि उत्पादन हुन्छन्।
शहरी क्षेत्रमा चियादानी, चियावाला, मट्का चिया, चियाघर, दाह्री भाइको चियालगायत विभिन्न नामका पसल खुलेका छन्। चिया मात्रै बेच्ने गरी खुलेका यस्ता पसल चिया पारखीका लागि भेटघाटको केन्द्र बनिरहेका छन्।
बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले एक बिघा जमिनमा भुइँकटहरको खेती गरेका छन्। नेपाल प्रहरीबाट सेवा निवृत्त उनी विदेश जाने सोच त्यागेर गाउँमै कृषिमा सक्रिय भएका हुन्।