रासायनिक मलको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने, माटो बिग्रिने र सागसब्जीमा पनि रोग निम्तिने जानकारी पाएपछि जैविक खेतीमा लागेको किसानले बताएका छन्।
मखमली फूलको माला बनाएर बेच्ने गरिएको भए पनि सयपत्री फूल मालाका साथै गुच्छा र खुला रूपमा पनि बेच्ने गरिन्छ।
बहुमूल्य जडीबुटीको प्रचुर सम्भावनायुक्त क्षेत्र कर्णालीमा आफ्नै बुताले जडीबुटी उत्पादन, प्रशोधन र प्याकेजिङ गरी विभिन्न देशमा निर्यात गरिरहेका राजेन्द्र यो विषय सरकारको प्राथमिकतामै नपर्दा खिन्न छन्।
संखुवासभाकी फुपु पोङ्सुवा शेर्पा जडीबुटी बिक्री गर्न धनकुटा, बर्दिबास, लालबन्दी, सिन्धुली, रामेछाप हुँदै काठमाडौँ र पोखरासम्म पुग्थिन्। अहिले इटहरी–६ मा पसल शुरू गरेकी छन्।
अर्घाखाँचीका पीताम्बर भुसालले अर्कै सिराबाट नचिताएको देश–दुनियाँ देखे। त्योभन्दा बढी उनी संसारकै राम्रा मान्छे र दुनियाँकै मीठो खानपिनको जगत्मा रम्न–रमाउन पाए।
कुम्हालहरूले दीपावली र छठका बेला बर्सेनि लाखौँका माटाका भाँडाकुँडा र दियो बिक्री गर्ने गरेका थिए। अहिले बिक्रीमा कमी आएको जलेश्वर नगरपालिका–१ का मंगल पण्डितले बताए।
शोकमा गरेको संकल्पबाट स्थापित व्यापारको कमाइले गीताका छोराहरूमध्ये एक जना क्यानडा र अर्को अस्ट्रेलियामा उच्च शिक्षा लिँदै छन्। छोरी काठमाडौँमा कम्प्युटर इन्जिनियरिङ पढ्दै छिन्।
सात वर्षअघि ४० हजार रुपैयाँ लगानी गरेर १० घारबाट मौरीपालन व्यवसायलाई थालेकी थिइन्। अहिले वर्षमा करिब २० लाखको मह बिक्री हुन्छ। खर्च कटाएर १४ नाफा हुने उनले बताइन्।
मुकुन्दले हाल दैनिक आठदेखि १० ‘क्रेट’ गोलभेँडा बजार लैजाने गरेका छन्। प्रतिकिलो ५० रुपैयाँका दरले गोलभेँडा बजारमा बिक्री हुँदा दैनिक आठदेखि १० हजारसम्म कमाइ हुने उनको भनाइ छ।
युशुमा नेपाली थाङ्का, बौद्ध धर्मका पूजा सामग्री, कार्पेट, भाँडा–वर्तन, धूप, लामाका कपडा, बख्खु, मूर्ति आदिको कारोबार मात्रै वार्षिक १० करोड रुपैयाँसम्मको हुने गरेको छ।
हुम्लाको कनका सुन्दरी गाउँपालिका-८ सिञ्जाका काफ्ले झण्डै डेढ दशकदेखि रामपुर र यसका आसपासमा कपडाको व्यापार गरिरहेका छन्।
बाजामध्ये सबैभन्दा बढी बिक्री हुने मादलसमेत अचेल बिक्री हुन छाडेको छ। स्थानीय रविलाल बादीले डिजेलगायत आधुनिक बाजाका कारण मादल व्यवसायमा संकट आएको बताए।
युवाहरू पुरानो पेसाभन्दा अरू नै व्यवसाय गर्न र विदेश जान मन पराउन थालेपछि परम्परागत आरन पेसा लोप हुने अवस्थामा पुगेको छ।
बिहानै जिपमा यात्रु र भारीसहित सन्दकपुरको जमुनास्थित सिस्नेबाट इलाम सदरमुकाम जानु र दिउँसो बिब्ल्याँटे हुँदै जमुना फर्किनु छेकीको दिनचर्या हो।
काठमाडौँको स्वयम्भू क्षेत्रमा पनि यसरी नै फोटो खिचेर जीविका चलाउनेहरू भेटिन्छन्। घरखर्चको जोहो गर्ने माध्यम बनेको छ उनीहरूका लागि फोटोग्राफी।
सन्तोषले उत्पादन गरेको तरकारी प्युठानका बिजुवार, बाग्दुला, क्वाडी, र खलंगाका पसलमा पुग्ने गरेको छ। व्यवसायीसँग प्रत्यक्ष कारोबार गर्ने हुँदा बजारको अभाव छैन।
‘गन्धर्व समुदायमा बुढापाकाले आफ्ना सन्ततिलाई पेसा छोडे पनि घरको मूल धुरी खाँबोमा सारंगी राख्न भने नछोड्नु है भन्ने गरेका छन्।’
हरियो अकबरे प्रतिकिलो २५० रुपैयाँमा बारीबाटै बिक्री हुने गरेको छ। इलाम बजारसहित झापाको दमक र सुनसरीको इटहरीसम्मका व्यापारीले बारीमै आएर लैजाने गरेका छन्।
बजारको मागसँगै प्रशस्तमात्रामा घाँस र पानीको व्यवस्था भएकाले दूध उत्पादनलाई प्राथमिकता दिएको रविले बताए। दूध प्रतिलिटर ७० रुपैयाँमा बिक्री हुने गर्छ।
बेतबाँसका विभिन्न सामग्री बेचेर मासिक ७० हजार रुपैयाँ बराबरको कारोबार हुने गरेको, जसमध्ये ३५ देखि ४० प्रतिशत जति फाइदा हुने ललिताको भनाइ छ।