AnonymousUser

Logout

‘एनसेलले खरिद–बिक्री सम्झौता दिएकै छैन, यस्तो पनि करदाता हुन्छ?’

“आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक एनसेलले कर तिर्नुपर्दैन भनेर ढुक्कै थिए। सर्वसाधारणको दबाबसँगै कर प्रशासनमै कतिपयले लाग्छ भन्ने व्याख्या गरेपछि एनसेलविरुद्ध कर निर्धारण गर्न बाध्य भए।”

'भ्रष्टाचार गर्नकै लागि ठूला–ठूला आयोजना बनाइँदा रहेछन्'

हामी आइसकेपछि वायुसेवा निगममा चार अर्ब नाफा भयो। हामीले ऋण तिर्‍यौँ र जहाज किन्ने अवस्था आयो। 'ई-टिकेटिङ' शुरू गर्‍यौँ। १५/२० दिनमा ५०/६० लाखको मात्र टिकट बिक्ने ठाउँमा करोडौँको टिकट बिक्न थाल्यो।

'देश र राज्य कमजोर हुँदै जाँदा स्थानीय र क्षेत्रीय तहमा मान्छेले पहिचान खोज्न थाले'

पहिचान धनीलाई पनि चाहिन्छ, गरिबलाई पनि चाहिन्छ। पहिचानका लागि मान्छेहरू बेचैन हुन्छन् र ती पृथकतावादी आन्दोलनसम्म पुग्न सक्छन्।

'भावनाको हिसाबमा देश हाम्रो अजेन्डामा छ, तर त्यो भावना भोटमा रूपान्तरण भएको छैन'

प्रचण्डपथमा सम्पूर्ण राजनीति हिँड्दा मध्यदक्षिणपन्थ (सेन्टर राइट) को स्पेस पूर्ण रूपमा खाली हुन गयो, जबकि कुनै समाज र राजनीति सन्तुलित हुन मध्यवामपन्थसँगै मध्यदक्षिणपन्थ पनि चाहिन्छ।

प्रकाश स्नेहीलाई प्रश्न– रुकुम हत्याकाण्डको आँखाबाट नेपाली समाज कस्तो देखिन्छ?

पहिला प्रहरीले मुचुल्का नै फरक लेख्यो। जसले शव निकालेका थिए, उनीहरूको कुरा नै राखेन। डाक्टरहरूले पोष्टमार्टम रिपोर्टमाथि नै चलखेल गरे। घटनामा प्रत्यक्ष रूपमा नेताहरूकै संलग्नता रह्यो।

'लोकप्रियतावादी आन्दोलनहरूले समस्याको समाधान गर्न सकेका छैनन्'

सामाजिक अपेक्षाहरू तीव्र रूपले बढेका छन्। त्यस्ता अपेक्षाको सम्बोधन गर्ने सवालमा लोकतान्त्रिक प्रतिष्ठानहरूको दायरा सीमित छ। त्यही दरारका बीच 'दुष्ट'हरू जन्मिरहेका छन्।

गिरिशचन्द्र लाललाई प्रश्न– लाल आयोगको प्रतिवेदनमा सार्वजनिक नै गर्न नहुने के कुरा लेख्नु भो?

लाल भन्छन्, 'सरकारले किन सार्वजनिक गरेन, उसैलाई थाहा होला। तर, आयोगको प्रतिवेदन सार्वजनिक भयो भने अहिले देखिएको चासो र उत्सुकता समाधान हुन्छ।'

गृहमन्त्रीलाई प्रश्न– शरणार्थी प्रकरणमा आरजु देउवा र मञ्जु खाँणविरूद्ध पक्राउ पुर्जी जारी हुन्छ?

घटनामा मुछिएका भनिएका अन्य व्यक्तिलाई पक्राउ गर्न थप प्रमाण जुटाउने प्रयास भइरहेको छ। बिनाप्रमाण हामीले कसैलाई पनि पक्राउ गर्न मिल्दैन।

'नेपालमा क्षयरोगले वर्षमा १७ हजारको ज्यान लिने गरेको छ'

गत वर्ष केबल ३७ हजार ८ सय ६१ बिरामी पत्ता लागे। भन्नुको मतलब उनीहरू उपचारको दायरामा आए। अझै पनि करिब ३२ हजार क्षयरोगका बिरामी उपचारको दायरामा आएका छैनन्।

संघीयताको अभ्यास सन्तोषजनक छ : मुख्यमन्त्री कार्की

संघीयताको अहिलेसम्मको अभ्यासलाई सन्तोषजनक नै मान्नपर्छ। तर संघीयताको पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन। त्यसैले अपेक्षितरूपमा काम हुन सकेका छैनन्।

'नायकहरूले आफूलाई जबाफदेही बनाए भने न्यायको छिनोफानो हुन्छ'

'सम्पूर्ण जनताको पीडा मर्का हाम्रो पनि पीडा मर्का हो, हिजो जे भयो, त्यसका लागि हामी पनि जिम्मेवार छौँ' भनेर विनम्रतापूर्वक जनतासमक्ष माफी माग्नुपर्छ।

कांग्रेस नेताहरूले रिट दर्ता नगर्न दबाब दिए, धम्की आयो, प्रहरी पछि लगाइयो: ज्ञानेन्द्रराज आरण [भिडियो अन्तर्वार्ता]

'नेताहरूले रिट दर्ता नगर्न दबाब दिइरहेकै थिए, प्रहरीले निरन्तर मेरो निगरानी गरिरहेको र लोकेसन ‘ट्रेस’ गरेको थाहा पाएपछि सचेत हुनुपर्‍यो। मोबाइलसमेत 'स्विचअफ' गरेर बस्नुपर्‍यो।'

‘द्वन्द्वपीडितलाई सबभन्दा ठूलो पीडा पार्टी र नेताहरूले दिएका छन्’

 ‘नेताहरूले द्वन्द्वपीडितलाई मान्छे नै ठानेनन्। सर्वोच्चको पछिल्लो आदेशले हामीलाई थोरै आशा दिएको छ, यसले पीडितको न्यायका निम्ति दबाब दिएको छ।’

'पदयात्रामा गाइड अनिवार्य हुनु राम्रो हो, तर यसबारे गलत सूचना फैलनू भएन'

कुनै ट्रेकिङ कम्पनीमार्फत अनुमतिका साथै पर्यटक गाइड लिएर मात्र विदेशी नागरिक पैदल यात्रामा जान पाउनेछन्। यो केबल पैदल यात्रा (ट्रेकिङ) को हकमा भएको निर्णय हो।

संविधान र लोकतन्त्रको रक्षा नै मेरो पहिलो कर्तव्य : रामचन्द्र पौडेल

मैले जनताले अपेक्षा गरेअनुसारको आचरण र संविधानको परिपालन गर्न सकेँ भने शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउनेछन्।

म राष्ट्रपति भएर सडकमा निस्कँदा जनताले जाम भोग्नुपर्दैन : सुवासचन्द्र नेम्वाङ

अघिल्ला अप्ठ्यारालाई अनुभवका रूपमा ग्रहण गर्दै जनभावना बुझेर साँच्चिकै जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ।

कांग्रेस नेताहरू हिजो बालुवाटारमा भोट माग्न आउनुभयो, निर्णय केही भएको छैनः शक्ति बस्नेत

सात दलीय गठबन्धन बन्यो, सरकारमा चार दल मात्रै थिए। फेरि, रास्वपा बाहिरियो। परिस्थितिमा आएको यो परिवर्तनमा व्यापक छलफल अघि बढेको हो। यसकारण नै राष्ट्रिय सहमतिको विषय अघि बढेको हो।

सरकारकै नीतिले चुरे क्षेत्रको विनाश भएपछि आन्दोलन थालेका हौँः सुनील यादव

मापदण्डविपरीतका क्रसर उद्योग बन्द गराउनुपर्छ। वन ऐनविपरीत स्थानीय तहले लगाउँदै आएको गिट्टी-बालुवाको ठेक्का बन्द गर्नुपर्छ। खुला चरीचरण रोक्नुपर्छ। नदीको कटान पनि रोक्ने काम भएको छैन।

गगन थापासँग अन्तर्वार्ता : कांग्रेसको उम्मेदवार राष्ट्रपति बनाउन पुरानो गठबन्धन ब्युँताउन खोजेको साँचो हो

राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई माओवादीले सहयोग गर्छ भन्नेमा हामी विश्वस्त छौँ। त्यसैअनुसार हामीले संवाद अघि बढाएका छौँ। कांग्रेसले पुस १० गते अघिकै गठबन्धनलाई ब्युँताउन खोजेको साँचो हो।

प्रधानमन्त्री भइसक्नु भएका माधव नेपाल राष्ट्रपति बन्न मिल्दैनः सुवास नेम्वाङ

प्रधानमन्त्री भइसकेको व्यक्ति राष्ट्रपति हुँदैन। माधव कमरेडको कुरा सुन्दा पनि उहाँ राष्ट्रपतिको उम्मेदवार बन्न तयार भएजस्तो मलाई लाग्दैन।